केन्द्रीय संस्करण

मदन ढुङ्गाना

बजारमा म्याद गुज्रेको सिमेन्टको बिगबिगी, सरकारी अनुगमन शून्य access_timeजेठ १८, २०७७

नेपालमा लकडाउन सुरु भएको ६९ दिन पुगिसक्यो । लकडाउन सुरु भएपछि अधिकांश सिमेन्ट उद्योगले आफ्ना सामानहरुको उत्पादन पनि सुरु गरेका छैनन् । केही उद्योगहरुले स्थानीय स्तरमा सिमेन्ट उत्पादन गरेको भएपनि त्यो सिमेन्ट मुख्यतः जिल्लाभित्रै व्यापार गरेको छ । यसका बावजुद काठमाडौँमा...

अर्थविद् भन्छन्, ‘आर्थिक वृद्धिदर शून्यमा झर्न सक्छ’ access_timeजेठ १६, २०७७

सरकारले यस वर्षको आर्थिक वृद्धि २ दशमलब ३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेपनि अर्थविद् भने आर्थिक वृद्धिदर शून्यमै झर्न सक्ने बताउँछन् । अर्थविद् डा. चन्द्रमणि अधिकारी सरकारले प्रक्षेपण गरेको २ दशमलब ३ प्रतिशतको लक्ष्य भेट्न मुस्किल हुने बताउँछन् । उनले भने, ‘सरकारले...

पत्रकारको डायरी : ‘सरकार तिमीलाई दुख्दैन हो ?’ access_timeजेठ १५, २०७७

मिति  : जेठ १४ गते बुधबार समय  : अपरान्ह २ बजेर ३७ मिनेट स्थान  : सामाखुशी, काठमाडौं । आकाश धुम्म नै थियो । टाउकोमा उनीको टोपी, मुखमा कपडाको एउटा मास्क, टिसर्ट, हाफ पाइन्ट (कट्टु) र गोडामा चप्पल लगाएका एक व्यक्ति सामाखुशीबाट गल्कोपाखातर्फ आफ्नो ...

पीसीआर परीक्षण छाडेर सरकारले किन किनिरहेछ एन्टीबडी जाँच्ने र्‍यापिड टेस्ट कीट ? access_timeजेठ १३, २०७७

स्वास्थ्य सेवा विभागले गत शुक्रबार अर्थात् जेठ ९ गते एक लाख २१ हजार थान र्‍यापिड डायग्नोष्टिक कीट किन्नका लागि नयाँ सम्झौता गर्‍यो । बिट्स म्यानेज्मेन्ट नामक कम्पनीसँग गरिएको सम्झौता अनुसार सम्झौता भएको मितिले ढिलोमा पनि १४ दिन भित्र कीट उपलब्ध गराइसक्नेछ । सरकार...

महोत्तरी गोलीकाण्ड : प्रहरी भन्छ, ‘गोली नचलाएको भए हामी नै मारिन्थ्यौँ’ access_timeजेठ १२, २०७७

महोत्तरीमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले चलाएको गोली लागि आइतबार राति एकजनाको मृत्यु भएको छ । महोत्तरी प्रहरीका प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार स्थानीयले प्रहरीमाथि नै आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाइएको थियो ।...

गाविस सचिवको कमाई २६ करोड : जहाँ गयो, त्यहीँ घर जग्गा ! access_timeजेठ ७, २०७७

गाविस सचिव अर्थात् खरिदार पदबाट सेवा सुरु गरी अधिकृत पदबाट अवकाश लिएका व्यक्तिले आफ्नो जीवनकालका कति कमाई गर्लान् ? उत्तर सहज छ, त्यस्तै हदै कमाए चार वा पाँच करोड । तर स्याङ्जाबाट गाविस सचिवमा जागिर सुरु गरेका एक व्यक्तिले आफ्नो जागिरे अवधिमा २६ करोड कमाई गरे । तर...

क्वारेन्टाइनको दुर्दशा : होटललाई क्वारेन्टाइन किन नबनाउने ? access_timeजेठ ७, २०७७

गत सोमबार अहिलेसम्मकै रेकर्ड एकै दिन ८० जना नयाँ कोरोना संक्रमित थपिए । यसमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका मात्रै ५९ जना थिए । नैनापुरमा संक्रमण देखिएका सबै क्वारेन्टाइनमा रहेकाहरु थिए । यसअघि, यो गाउँपालिकामा क्वारेन्टाइनमा रहेका ९ जनामा संक्रमण पुष्टि भएको थि...

तराईमा किन फैलँदै छ कोरोना ? access_timeजेठ ५, २०७७

जेठ ५ गते बिहान १० बजेसम्मको अपडेट हेर्ने हो भने देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ४ जना पुगेको छ । यो केन्द्रीय तथ्याङ्क हो । तर कोरोना सङ्क्रमणलाई क्षेत्रगत रूपले हेर्ने हो भने तराई र मधेसका जिल्ला यसबाट बढी प्रभावित भएका छन् । अझ मुख्यतः भारतसँग सीमा जोडिएका जि...

‘मदन भण्डारीलाई खतरा छ’ भन्ने सूचना उत्तर कोरियाली राजदूतले दिएका थिए access_timeजेठ ३, २०७७

आज जेठ ३ गते । २०५० साल आजकै दिन तत्कालीन समयका लोकप्रिय वामपन्थी नेता मदन भण्डारीको जीप दुर्घटनामा मृत्यु भएको दिन । चितवनको दासढुङ्गा भन्ने स्थानमा भएको जीप दुर्घटनामा चालक अमर लामा बाँचेका थिए भने मदन भण्डारी र जीवराज आश्रितले ज्यान गुमाएका थिए ।  जीप दु...

कोरोनाको त्रासबीच दैनिक तीन सय बिरामीलाई सेवा दिँदै भक्तपुर क्यान्सर अस्पताल, सरकारको सहयोग शून्य access_timeजेठ २, २०७७

बिरामीमा ज्वरोको मात्रा एक सय एक डिग्री फरेनहाइटकै हाराहारीमा छ । कतिपय बिरामीमा त्यो भन्दा बढी समेत ज्वरो आएको छ । तर पनि भक्तपुर क्यान्सर अस्पतालका डाक्टर र नर्सहरु बिरामीलाई सेवा दिइरहेका छन् । तस्विरमा देखिएकी एक स्वास्थ्यकर्मी क्यान्सर रोगीको अल्ट्रासाउण्ड गराइरह...

निजी अस्पतालका शेयर होल्डरलाई मानव अङ्ग प्रत्यारोपण केन्द्रको ‘जिम्मा’ access_timeबैशाख ३०, २०७७

मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशक नियुक्त भएका डाक्टर प्रेमराज ज्ञवाली निजी अस्पतालका ठूला शेयर होल्डर भएको खुलासा भएको छ । सरकारले केही दिनअघि मात्रै मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशकमा नियुक्त गरेका टिचिङ अस्पतालका ट्रान्सप्लान्ट सर्जन डा. प्रेम...

लिपुलेकमा मोटर बाटो :  नेपालको अर्बौंको व्यापारमा खतराको घण्टी access_timeबैशाख २९, २०७७

शुक्रबार भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने बाटोको उद्घाटन गरे । बाटोको उद्घाटन भएलगत्तै नेपालमा त्यसको विरोध सुरु भएको छ । भारतले निर्माण गरेको यो बाटोले नेपालको पर्यटनक्षेत्र र आर्थिक उपार्जनमा पनि ठूलो महत्त्व राख्दछ...

पीसीआर टेष्ट किट सकिनै लाग्दा पनि सेनाले किन ल्याउन सकेन स्वास्थ्य उपकरण ? access_timeबैशाख २५, २०७७

स्वास्थ्य सेवा विभागले ओम्नी ग्रुपसँग स्वास्थ्य उपकरण खरिद गर्ने सम्झौता गरेपछि महङ्गोमा स्वास्थ्य सामग्री खरिद गर्न लागेको भनेर चौतर्फी बिरोध भयो । त्यसलगत्तै चैत २० गते स्वास्थ्य सेवा विभागले ओम्नी ग्रुपसँग गरेको सम्झौता रद्द गर्यो । स्वास्थ्य सेवा विभागले सम्झौता रद्द गर्नुपर्न...

नेपाली वायुसेवामा दैनिक ६ करोडको क्षति access_timeबैशाख २३, २०७७

दैनिक ६ करोडको हाराहारीमा कारोबार हुने वायुसेवा कम्पनीहरु लकडाउनको कारण चरम आर्थिक संकटतर्फ धकेलिन थालेका छन् । गत चैत ११ अर्थात् मार्च २४ बाट सुरु भएको लकडाउनका कारण नेपाली वायुसेवा कम्पनीहरुले करिब ४३ दिनको अवधिमा २ अर्ब ५० करोडभन्दा बढी क्षति बेहोरेका छन् । ...

धादिङमा ११ रुपैयाँमा किनेको काउली काठमाडौँमा ६० रुपैयाँमा बिक्री ! access_timeबैशाख २१, २०७७

शनिवार धादिङको थाक्रे गाउँपालिकामा पर्ने धार्केमा गायत्री मिजार बिक्रीका लागि आफूले उत्पादन गरेको काउली बैगुन जोख्दै थिइन् । गायत्रीले आफ्नै बारी र खेत भाडामा लिएर धार्केमा तरकारी खेती गर्दै आएकी छन् । यसवर्ष उनले ४ हजार थान काउलीको बिरुवा लगाइन् । काउली पनि राम्रै फल...

विकास बजेटको कटौतीले धेरैको रोजगारी गुम्ने access_timeबैशाख १९, २०७७

अन्तर्राष्ट्रिय श्रम संगठनले गरेको प्रक्षेपणअनुसार कोभिड–१९ का कारण यसवर्ष विश्वभर एक अर्ब ५० करोड मानिसहरु प्रभावित हुन सक्नेछन् । उनीहरु मध्ये अधिकांशले आफ्नो रोजगारी गुमाउन सक्नेछन् भने कतिपयको सेवा तथा सुविधामा कटौती हुनेछ । कोभिड १९ का कारण विश्वभरका उद्योग...

लकडाउन खुलेलगत्तै विदेशबाट १० लाख युवा नेपाल फर्कने आँकलन access_timeबैशाख १८, २०७७

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को कारण विदेशबाट रोजगारी गुमाएर करिब १० लाख युवाहरु स्वदेश फर्कने सरोकारवालाले आँकलन गरेका छन् ।  बिहीबार श्रम रोजगार पत्रकार समूहले आयोजना गरेको अनलाइन पत्रकार भेटघाट कार्यक्रममा उद्योगी, ट्र...

द्वन्द्वकालीन मुद्दाको बयान दिन अदालत जालान् त नेताहरु ? access_timeबैशाख १७, २०७७

द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनालाई माफी दिन नसकिने भन्दै सर्वोच्चले आफ्नो पुरानो फैसलालाई सदर गरेपछि यो मुद्दाले फेरि चर्चा पाएको छ ।  सरकारको तर्फबाट दायर गरिएको पुनरावलोकनको रिट खारेज गर्दै सर्वोच्चले आफ्नो पुरानै फैसलालाई वैशाख १४ गते आइतबार सदर गरे...

भाइरोलोजिष्ट भन्छन्, ‘नेपालमा स्थानीयभन्दा सीमापारबाट आउने संक्रमणको खतरा बढी’ access_timeबैशाख १७, २०७७

चैत ११ गतेबाट सुरु भएको लकडाउन अब वैशाख २५ गतेसम्म लम्बिसकेको छ । अन्य कुरा यथावत रहेमा वा नयाँ संक्रमणको अवस्था नदेखिएमा वैशाख २५ गतेपछि देशका केही भूभागहरुमा लकडाउन खुकुलो हुन पनि सक्नेछ । यद्यपि नयाँ बिरामी भेटिएको अवस्थामा लकडाउन त्यति सजिलै खुल्ने सम्भावना प...

अनलाइन कक्षा चलाउने त्रिविको तयारी : सम्भव कति ? access_timeबैशाख १६, २०७७

त्रिभुवन विश्वविद्यालयले आइतबार अनलाइन कक्षा सञ्चालनसम्बन्धी निर्देशिका २०७७ जारी ग¥यो । विश्वविद्यालयहरुमा लामो समयदेखि पठनपाठन हुन नसकेको र लकडाउनको समय अझै थपिने संकेत पाएपछि विश्वविद्यालयले आइतबार निर्देशिकाको परिपत्र गर्दै आगामी सातादेखि नै अनलाइनका माध्इमबाट...

के प्रधानमन्त्री ओलीले संसद् विघटन गर्न सक्लान् ? access_timeबैशाख १४, २०७७

आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कुनै छलफल नै नगरी दुई अध्यादेश ल्याएपछि साेही पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली विवादमा तानिए । प्रधानमन्त्री ओलीकै मन्त्रिपरिषदमा रहेका केही मन्त्रीहरुले उक्त कदमलाई गलत भन्दै फिर्ता लिनुपर्ने माग गर...

संवैधानिक परिषद् ऐन संशोधन : आयोगहरुलाई राजनीतिक भर्तीकेन्द्र बनाउने मेसो access_timeबैशाख ११, २०७७

सरकारले वैशाख ८ गते अप्रत्यासित रुपमा दुईवटा अध्यादेश जारी गर्यो । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट केही घण्टामै ती अध्यादेश स्वीकृत हुनका साथै उतिखेरै राजपत्रमा प्रकाशितसमेत गरियो । सरकारले ल्याएको अध्यादेशमध्ये एक थियो, संवैधानिक परिषद्सम्बन्ध...

हामी कहिलेसम्म लकडाउन धान्न सक्छौँ ? access_timeबैशाख ८, २०७७

कोरोनाभाइरसको संक्रमण फैलन नदिन नेपालमा लकडाउन सुरु भएको एक महिना पुग्न लाग्यो । कम्तीमा पनि अझै अर्को एकसाता लकडाउनमै बस्नुपर्नै अवस्था छ । तर भारतमा कोरोना संक्रमितहरुको सङ्ख्यामा वृद्धि भइरहेको र नेपालमा पनि संक्रमितहरुको सङ्ख्यामा वृद्धि भइरहेको अवस्थामा लकडाउन अझै...

जसको कोरोनाले होइन, लकडाउनले लियो ज्यान : दोषी को ? access_timeबैशाख ७, २०७७

विश्वब्यापीरुपमा महामारी बनेको कोरोनाभाइरस अर्थात् कोभिड–१९ बाट आफ्नो नागरिकको ज्यानको सुरक्षा गर्नका लागि सरकारले देशभर लकडाउन लागू गरेको छ । तर, लकडाउन कै कारण एक नागरिकले यतिबेला ज्यान गुमाउनु परेको छ । ज्वालामुखी गाउँपालिका–५, बाँझाघरको होमबहा...

स्वास्थ्य उपकरण खरिदका लागि चीन सरकार र नेपाली सेनाबीच आजै सम्झौता हुनसक्ने, औषधी ल्याउन भारतसँग सम्झौता access_timeबैशाख ५, २०७७

नेपाली सेनाले जिटुजी प्रक्रियामार्फत् स्वास्थ्य उपकरण खरिद गर्नका लागि सम्झौताको पत्र चीन सरकारलाई पठाएको छ । बिहीबार नेपाली सेनाले रक्षा र परराष्ट्र मन्त्रालय हुँदै चीनलाई सहमति पत्र र सम्झौताको पत्र पठाएको हो । नेपाली सेनाले पठाएको सम्झौताको पत्र चिनिया पक्षलाई चित्त ब...

Page 1 of 13