केन्द्रीय संस्करण

एजेन्सी

मलेसियामा महाथिरको राजीनामा स्वीकृत, अन्तरिम प्रधानमन्त्री नियुक्त access_timeफागुन १२, २०७६

एजेन्सी । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिएको राजीनामा स्वीकृत भएको छ । मलेसियाका राजाले उनको राजीनामा सोमबार नै स्वीकृत गर्नुभएको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन् । सरकारका मुख्य सचिव मोहम्मद जुकि अलीले महाथिरको राजीनामा राजाबाट स्वीकृत भइसकेक...

ट्रम्पलाई नयाँ दिल्लीमा स्वागत access_timeफागुन १२, २०७६

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको अहमदावादको कार्यक्रम, आग्रास्थित ताजमहलको अवलोकन भ्रमणपछि सोमबार साँझ नयाँ दिल्ली आइपुगेका छन् । नयाँ दिल्लीमा उनलाई संघीय मन्त्री हरदीप सिंह पूरीले दिल्लीस्थित विमानस्थलमा उनको स्वागत गरेका थिए । अमेरिकी राष्ट्रपति ...

‘कोभिड १९ का कारण इरानमा ५० व्यक्तिको मृत्यु हल्लामात्रै’ access_timeफागुन १२, २०७६

एजेन्सी । नोभेल कोरोना भाइरस (कोभिड—१९) का कारण  इरानमा मृत्यु हुनेको संख्या ५० पुगेको हल्ला भने गलत भएको इरानी सरकारले दावी गरेको छ । असत्य हल्लाको पछि लागेर त्रसित नहुन, तर थप सङ्क्रमण फैलिन नदिनका लागि उच्च सतर्कता भने अप्नाउन सरकारी अधिकारीहरुको आग्र...

ट्रम्प र मोदीद्वारा अहमदावादमा ऐतिहासिक सम्बोधनः  इन्डो–प्यासिफिक रणनीतिबारे बोले ट्रम्प access_timeफागुन १२, २०७६

एजेन्सी । भारतको अहमदावादस्थित एक विशाल कार्यक्रमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एक विशाल सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका छन् । अहमदावादस्थित सरदार पटेल स्टेडियम (रंगशाला) मा आयोजित ‘नमस्ते ट्रम्प’ शीर्षकक...

ट्रम्प र मेलानियाको ताजमहल सफर, ८ तस्बिरमा हेरौं access_timeफागुन १२, २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले सोमबार ताज महलको भ्रमण गरेका छन् । उनीहरूलाई उक्त अवसरमा सत्रौँ शताब्दीमा निर्मित विश्व प्रसिद्ध  भारतीय पर्यटकीय स्मारकबारेमा जानकारी गराइएको छ । अहमदाबादबाट आग्रा पुगेका अमेरिकी उच्च पदाधिकारीले मुगल ...

एक दिन पनि टिकेन ऊहानको ‘लकडाउन’ खुकुलो पार्ने निर्णय access_timeफागुन १२, २०७६

चीनको ऊहान महानगरका अधिकारी यसअघिको कोरोना भाइरस संक्रमणपछिको सहरमा कायम ‘लकडाउन’लाई खुकुलो बनाउने निर्णयबाट पछि हटेका छन् । स्थानीय प्रशासनले सामाजिक संजाल बोइवोबाट यसको जानकारी दिएको हो ।  उसले यसअघिको घोषणा ‘अमान्य’ भएको ले...

कोरोना सङ्क्रमणबाट इटालीमा ४ जनाको मृत्यु access_timeफागुन १२, २०७६

रोम । इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै सङ्क्रमणबाट मृत्यु भएको हो ।  इटालीको लोम्बार्डीमै यसअघि अरु तीन जनाको कोर...

चीनको कोरोनाभाइरस प्रकोपले भारतको अर्बौं डलरको औषधी उद्योगलाई झट्का access_timeफागुन १२, २०७६

एजेन्सी । जेनेरिक औषधी निर्माण र तिनको निर्यातमा भारत विश्वमै अग्रणी देश हो । सन् २०१९मा भारतले २०१ देशमा जेनेरिक औषधी निर्यात गर्यो । त्यसमार्फत उसले अर्बौं डलर कमाइ गरेको छ ।   तर कमैलाई जानकारी भएको तथ्य के हो भने भारतले औषधी निर्माणका लागि प्रयोग हुने कच्...

दक्षिण कोरियामा कोरोना फैलिने क्रम तीव्र, ७ जनाको मृत्यु, इरानमा मर्नेको संख्या १२ पुग्यो (अपडेट) access_timeफागुन १२, २०७६

सोल । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूको लागि आह्वान गरेका छन् । तर पनि यस भाइरसबाट सङ्क्रमितको सङ्ख्या बढेको सोमबार प्राप्त समाचारमा जनाइएको छ ।   केहीदिनदेखि सङ्क्रमितहरुको सङ्ख्या बढ्...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा access_timeफागुन १२, २०७६

अहमदाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका छन् ।  राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न...

बाँदर खेद्न लङ्गुरदेखि गाई–कुकुरको व्यवस्थापनसम्मः आगरामा डोनल्ड ट्रम्पको सुरक्षाका लागि के के गरियो ? access_timeफागुन १२, २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आगरामा दुई घण्टा मात्रै बसेपनि उनको आगमनको तयारीमा पूरा शहर पछिल्लो थुप्रै दिनदेखि दिनरात जुटिरहेको  छ । जहाँबाट ट्रम्प यात्रा गर्छन्, ती सबै बाटोहरु धोइ पखाली गरेर चम्काइएको छ । सुरक्षाको उच्च स्तरीय प्रबन्धका लागि मुख्यमन्त्रीदेखि अ...

महाथिरद्वारा मलेसियाको प्रधानमन्त्री पदबाट राजीनामा access_timeफागुन १२, २०७६

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार राजीनामाको घोषणा गर्दै नयाँ सरकार गठनको प्रक्रिया खुला गरेका छन् । दुई लाइनको वक्तव्य जारी गर्दै उनले स्थानीय समयअनुसार दिँउसो १ बजे देशका राजालाई आफ्नो राजीनामाबारे जानकारी दिएको बताएका हुन् । महाथिरको पार्टी &ls...

आमा ! म तिमीलाई हरेक दिन याद गर्छु : जाहन्वी कपूर access_timeफागुन १२, २०७६

एजेन्सी : बलिउड अभिनेत्री श्रीदेवीको २४ फेब्रअरीमा पर्ने पुण्यतिथिमा छोरी जाहन्वीले आमाको यादमा भावुक हुँदै सामाजिक सञ्जालमा तस्बिर शेयर गरेकी छिन् ।  सन् २०१८ मा एक विवाह समारोहमा सहभागी हुन युएई गएकी श्रीदेवीको होटलको बाथटबमा डुबेर मृत्यु भएको थियो । उ...

ट्रम्पको सुरक्षामा खटाइए पाँच लङ्गुर access_timeफागुन १२, २०७६

अमेरिकी राष्ट्रपतिका लागि भारतमा उच्च सुरक्षाको बन्दोबस्त गरेपछि सुरक्षा निकाय आगरामा हुने बाँदर आतंकका कारण चिन्तित छन् । यसकारण सुरक्षा निकायले ट्रम्पको कार्केड चल्ने रुटमा पाँचवटा लङ्गुर (लामो पुच्छर भएको बाँदर) तैनाथ गरेको छ । त्यहाँ थुप्रै बाँदर भएकोले उनीहरुसँग...

‘थप्पड’को शुटिङपछि तापसीलाई वास्तविक जीवनमा फर्किन लाग्यो ३० दिन access_timeफागुन १२, २०७६

एजेन्सी : बलिउडकी चर्चित अभिनेत्री तापसी पन्नुका हरेक फिल्महरुले चर्चा पाउने गर्छन् । उनले अभिनय गरेका प्रत्येक फिल्मले समाजका कुनै न कुनै प्रथाको विरोध गरेको छ। पछिल्लो समय उनी ‘थप्पड’ का कारण चर्चामा छिन् ।  श्रीमान र श्रीमतीबीचको कथाबस्तुमा आधारित ...

२६ वर्षकी युवतीको ५६ वर्षे बोससँग अफेयर, पाइन् सजाय access_timeफागुन १२, २०७६

एक प्रमुख बैंककी ट्रेनीले बोससँगको अफेयर समाप्त भएपछि उनलाई बर्बाद गर्ने धम्की दिइन् र ८९ पटक मेसेज पठाइन् । २६ वर्षकी एमिली साल्ट एसएचबीसी बैंकमा ६ महिनादेखि इन्टर्नको रुपमा काम गरिरहेकी थिइन्, त्यति नै बेला ५६ वर्षका म्यानेजरसँग उनको अफेयर सुरु भयो । इंगल्याण्डको ग्...

चिनियाँ साथीलाई ‘कोरोना भाइरस’ भनेर आक्रमण गर्न खोज्नेमाथि जाइलाग्दा लण्डनमा भारतीय युवतीलाई मुक्का access_timeफागुन १२, २०७६

चिनियाँ युवतीलाई कोरोना भाइरस बोकेको भनेर आरोप लगाउनेविरुद्ध जाइलाग्न खोज्दा एक भारतीय युवतीमाथि निर्घात कुटपिट भएको छ । प्रशिक्षार्थी वकिल (ट्रेनी लयर) मिरा सोलान्की आफ्नो २९ औं जन्मदिन मनाउन लण्डनको बर्मिङ्घमस्थित एना रोचा बार र ग्यालरीमा पुगेकी थिइन् । केही के...

न्युजिल्यान्डसँग भारतको लज्जास्पद हार access_timeफागुन १२, २०७६

न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतले लज्जास्पद हार खेपेको छ । वेलिङटनमा सोमबार भएको टेस्टको चौथो दिन भारत घरेलु टोलीसँग १० विकेटले पराजित भएको हो । यससँगै न्युजिल्यान्डले टेस्ट क्रिकेटमा एक सयौं जित पनि निकाल्न सफल भएको छ । भारत दोस्रो इनिङमा एक सय ९१ रनमा ...

राति सुत्नुअघि एक गिलास मनतातो दूध access_timeफागुन १२, २०७६

एजेन्सी : बिहान होस् वा बेलुका जुनसुकै समयमा पनि दूध पिउन सकिन्छ । तर राति सुत्नुभन्दा अगाडि दूध पिउनु स्वास्थ्यको लागि रामबाण हो । रातिको सयममा दूध पिउँदा दूधमा पाइने सबै तत्वहरु शरीरले सजिल्यै ग्रहण गर्न सक्छ । डाक्टरहरु पनि राति दूध पिउनु उत्तम रहेको बताउँछन् ।&nbs...

एउटा सानो देशकी मोडल मेलानिया, कसरी बनिन् सुपरपावर अमेरिकाकी फर्स्ट लेडी access_timeफागुन १२, २०७६

एउटा सानो देशकी मोडल सुपरपावर अमेरिकाको फर्स्ट लेडी बन्नेसम्मको मेलानियाको यात्रा निकै रोचकपूर्ण छ । मानिसहरु डोनल्ड ट्रम्पबारे धेरै कुरा सुन्छन् तर मेलानियाबारे निकै कमलाई जानकारी छ ।  मेलानिया डोनल्ड ट्रम्पकी तेस्रो श्रीमती हुन् । मेलानियको तस्बिर सोसल मिडियाम...

एथ्लेटिको म्याड्रिड तेस्रो स्थानमा access_timeफागुन १२, २०७६

एथ्लेटिको म्याड्रिड स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एथ्लेटिको म्याड्रिडले भिल्लारियललाई ३–१ गोलले हरायो । घरेलु मैदानमा एथ्लेटिकोलाई जिताउन एन्जल कोरेरा, कोकी र जोओ फेलिक्सले गोल गरे । भिल्लारियलका पाको अल्कासेरले सा...

गलत उमेर बताउँदा ट्रोल भइन् नायिका स्वरा भास्करः भनिन्, ‘म सन् २०१० मा १५ वर्षकी थिएँ’ access_timeफागुन १२, २०७६

डिबेट शोमा पुगेकी नायिका स्वरा भास्कर एक पटक पुनः आफ्नो बयानका कारण ट्रोल भइरहेकी छिन् । एनआरसी र सिएएको विषयमा चलिरहेको डिबेटमा स्वराले एक प्रश्नको जवाफमा भनिन्, ‘म सन् २०१० मा १५ वर्षकी थिएँ ।’ उनको यो बयानपछि सोसल मिडियामा उनलाई लगातार ट्रोल गरिँ...

युनाइटेड र आर्सनल विजयी access_timeफागुन १२, २०७६

म्यानचेस्टर युनाइटेड र आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । आइतबार राति भएको खेलमा युनाइटेडले बाटफोर्डलाई ३–० गोलले हरायो । अर्को खेलमा आर्सनलले एभर्टनलाई ३–२ गोलले स्तब्ध बनायो । घरेलु मैदानमा युनाइटेडलाई जिताउन ब्रुनो फर्नान्डेज, ए...

पीएसजीको कठिन जितसँगै नेयमारलाई रातोकार्ड access_timeफागुन १२, २०७६

ब्राजिलियन स्टार नेयमारले रातो कार्ड पाएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले बोर्डोमाथि कठिन जित निकालेको छ । फ्रेन्च लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले बोर्डोलाई ४–३ गोलले हरायो । सात गोलको थ्रीलरमा घरेलु मैदानमा पीएसजीलाई जिताउन मार्कुन्योसले...

स्टेजको आतिसबाजीले गायकको कपाल नै बल्यो, तर पनि गाउन छोडेनन्ः भिडियो भाइरल access_timeफागुन १२, २०७६

अमेरिकाको डेट्राइट रक सिटीमा एक कार्यक्रमको क्रममा स्टेजमा प्रस्तुती दिइरहँदा आतिसबाजीका कारण एक गायकको कपालमा आगो लागेको छ । तर उनले गाउन भने छोडेनन् । स्टेजमा भएका मानिसहरु यो देखेर अचम्मित भए । यो घटना भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । घटना सोमबारको ह...

Page 1 of 543