मुख्य समाचार
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ । यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षविहीन भएको थि...
सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म खुल्छन् । तर, केही अघिसम्म वैदेशिक रोजगार विभागलाई १०–५ को तालिकाले छोएको थिएन । कामको चाप हुँदा विभागका कर्मचारीहरू कहिले बिहानैदेखि, कहिले राति अबेरसम्म पनि बसेर काम गर्दथे । तर, ५ बजेभन्दा पछाडि किन ...
सत्ता गठबन्धनले सिट बाँडफाँट कार्यदललाई त्यसबारे साझा धारणा तय गर्न र कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँट कार्यदललाई नै त्यसबारे साझा धारणा तय ग...
आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनको तयारी गरिरहेको निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलका निवेदन अध्ययन गरिरहेको छ । आगामी निर्वाचन प्रयोजनका लागि आयोगमा ८४ दल दर्ता भएका छन् । ती दलहरुले दर्ताका लागि बुझाएको आवश्यक कागजातमाथि...
नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन भन्दै बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले ...
निहारिका राजपुत प्रकरणका आरोपित युवक शिवराज श्रेष्ठलाई मंगलबार साँझ धनुषा प्रहरीले पक्राउ गर्यो । प्रहरीले श्रेष्ठलाई पक्राउ गर्नुको कारण खुलाएको छैन, यद्यपि प्रहरीमाथि अभद्र व्यवहार गरेपछि सोही कसुरमा पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । श्रेष्ठले क...
सरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि प्रतिनिधि र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । बिहीबार अधिवक्ता मनिराम उपाध्याय लगायत पाँच जनाले संघीय सरकार, प्रतिनिधिसभा, सभामुख र सात वटै प्रदेश सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदा...
जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठकले आगामी संघीय तथा प्रदेशको चुनावमा केन्द्रीत हुन कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिएको छ । शुक्रबार सम्पन्न बैठकले सो निर्देशन दिएको हो । बालकुमारीस्थित एक पार्टी प्यालेसमा भदौ १ गतेदेखि सुरु भएको बैठकमा जसपा ...
निर्वाचनको मिति घोषणा भएसँगै विभिन्न दलमा उम्मेदवारका आकांक्षीहरु आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् । सबैजसो दलमा उम्मेदवारका आकांक्षीहरु आफ्नो निर्वाचन केन्द्र गतिविधिमा केन्द्रित हुन थालेका छन् भने उम्मेदवारका लागि दाबी गर्न थालेका हुन् । २०७४ मा नेकपा माओवादी केन्द्र...
निर्वाचन आयोगले एक नम्बर प्रदेश र गण्डकी प्रदेश सरकारलाई निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रमबारे अघि नबढाउन स्पष्टीकरणसहित निर्देशन दिएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचन गर्नेगरी मिति तोकी सकेको अवस्था...
नेपाली काँग्रेस नेता प्रदीप गिरिको अवस्था नाजुक बन्दै गएको छ । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको छ । काँग्रेस नेता विमलेन्द्र निधिले गिरिको अवस्था गम्भीर रहेको भन्दै ईश्वरीय चमत्कारको लागि प्रार्थना गरेका छन् । उनलाई भेटेपछि ट्वीटरमा न...
नेपालमा पहिलो पटक परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गरिएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले यसको उद्घाटन गरेकी हुन् । ह्युमन मिल्क बैंकमा दुध धेरै आएर दुहेर फाल्नुपर्ने अवस्था सिर्जना भएका महिलाले दान गरेको दुध ...
नागरिकता विधेयकमा ध्रुवीकृत भएका प्रमुख राजनीतिक दलहरुले यो विषयलाई मंसिरमा हुने आम निर्वाचनमा ‘चर्को’ चुनावी मुद्दा बनाउने भएका छन् । त्यसको संकेत बिहीबारको प्रतिनिधिसभा बैठकमै सांसदहरु पक्ष र विपक्षमा उत्रिएबाट प्रस्ट देखिएको हो । नागरिकता विधेयकमा सं...
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्ज...
भक्तपुरमा सर्वसाधारणले कृष्ण जन्माष्टमीको अवसरमा दिप यात्रा गरेका छन् । भाद्र कृष्ण अष्टमीको अवसरमा शुक्रबार उनीहरुले हात र टाउकोमा बलेको दियो राखेर खाली खुट्टा नगर परिक्रमा गरेका हुन्। नेवाः समुदायको सांस्कृतिक पोशाक लगाएर उनी...
पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९४५ जनामा परीक्षण गर्दा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४८७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु संख्या भन...
एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले गठबन्धन विरुद्ध एमाले एक्लै लड्न बताएका छन् । गृहनगर दमकमा शुक्रबार स्वतन्त्र मजदूर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले जतिसुकै गठबन्धन बने पनि जनताले विश्वास नगर्ने दाबी गरे । नेताहरुको गठबन्धनलाई आ...
निर्वाचन मिति नजिकिएसँगै विभिन्न पार्टीका नेता कार्यकर्ताबीच टिकट हत्याउन रस्साकस्सी सुरु भएको छ । त्यसका लागि प्रमुख पार्टीका शीर्ष नेताहरु रिझाउन उम्मेदवारका आकांक्षीहरूले भए भरको शक्ति परिचालन गर्न थालेका छन् । सत्ता गठबन्धन एकातिर र नेकपा एमाले अर्कोतिर भएर चुनावी ...
पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीको सहभागिता लगभग ‘क्लोज’ भइसकेको छ तर कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई ल्याउन अझै प्रयास गरिरहेका छन् । बिहीबारमात्र लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित सो पार्टीका अन्य शी...
जनता समाजवादी पार्टी नेपालको तीन दिनदेखि जारी राजनीतिक समितिको बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका विभिन्न प्रस्तावमाथि छलफल भइरहेको छ । अध्यक्ष यादवले विभिन्न विभागको गठन, प्रदेश तथा राष्ट्रिय समितिको इन्चार्ज, सहइन्चार्ज, आसन्न निर्वाचनका लागि उम्मेदवार च...
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिने तयारी गरिरहेको नेकपा एमालेले कुन दलसँग कहाँ कसरी तालमेल गर्ने भन्ने छिनोफानो गर्न बाँकी नै छ । यद्यपि, पार्टीभित्र उम्मेदवारका आकांक्षीहरु भने आ–आफ्नो निर्वाचन क्षेत्रमा चुनावको माहोल...
राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार तथा प्रसूति स्त्री रोग अस्पतालले अमृत कोषको स्थापना गर्नु मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा एक ऐतिहासिक थालनी भएको बताएकी छन् । परोपकार तथा प्रसूति स्त्री रोग अस्पतालको ६३ औँ वार्षिकोत्सव तथा अमृत कोष स्थापनाको उद्घाटन गर्दै राष्ट्रपति भ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको परिवर्तन र समाजवादी क्रान्तिलाई विजय गराउन एक ढिक्का भएर लाग्न निर्देशन दिएका छन् । माओवादी निकट योङ कम्युनिस्ट लिग‘ वाइसिएल’ को दोस्रो राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्ड...
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानुनविद्हरुसँग छलफल गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहीवार संसदमा छलफल चलिरहेका बेला राष्ट्रपतिले शीतल निवासमा संविधानविद्, कानुनविद् र सम्बन्धित सरो...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै कर्मचारीले आत्मसम्मानका साथ काम गर्ने वातावरण पाउनुपर्ने बताएका छन् । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै प्रचण्डले आफ्...