पत्रपत्रिकाबाट

'उम्मेदवारीसँगै सम्पत्ति विवरण अनिवार्य access_timeभदौ ४, २०७९

निर्वाचन आयोगले आगामी निर्वाचनमा उम्मेदवारी दर्तासँगै अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ। आयोगले निर्वाचन आचारसंहिताको मस्यौदामा यस प्रकारको नयाँ व्यवस्था राखेको हो। आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्ट...

रतिरागमा मर्छन् गैँडा access_timeभदौ ४, २०७९

गत वर्षको कात्तिक ११ गते सौराहा नजिकै २८ वर्षको पोथी गैँडा मृत अवस्थामा भेटियो। खाग, खुर सुरक्षित भेटिएको यो गैँडाको शरीरभरि चोटैचोट थिए। गैँडाको पोस्टमार्टम गरेका निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठ भालेको आक्रमणमा परेर पोथी गैँडा मरेको बताउँछन्।  डा. ...

ट्राफिक प्रहरीको विद्यार्थी लक्षित कार्यक्रम access_timeभदौ ४, २०७९

उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । कार्यालयले झन्डै साता दिनदेखि निरन्तर सडकमा हिँड्ने विद्यार्थीलाई लक्षित गर्दै ट्राफिक चेकजाँचलाई बढाएको...

पूर्वतयारी सकियो एमसीसीको झण्डै ६ बर्ष access_timeभदौ ३, २०७९

मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालले एमसीसी अन्तर्गतका परियोजना निर्माणका लागि २०२३ अगस्टबाट सार्वजनिक टेन्डरमा जाने बताएको छ। पूर्वतयारीका कामहरु सम्पन्न भएपछि निर्माण कार्यमा कुनै अवरोध नभई निर्धारित समयमै परियोजना सक्ने गरी काम गर्ने एमसीएले जनाएको छ। परियो...

देउवालाई ठाकुरको प्रश्न : गठबन्धनमा ल्याउने कि नल्याउने ? access_timeभदौ ३, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी लोसपालाई सत्तारुढ ५ दलीय चुनावी गठबन्धनमा ल्याउने कि नल्याउने भनी अबिलम्ब प्रष्ट जवाफ दिन ताकेता गरेका छन्। देउवालाई भेट्न बिहीबार विहान ठाक...

पानी र बिजुली साटासाट access_timeभदौ ३, २०७९

नेपाल र भारत सीमा क्षेत्रमा एकअर्का देशबाट बिजुली र पानी साटासाट गरेर १२ वर्षदेखि सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा तैनाथ छन् । सीमा क्षेत्रको सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मीले नेपालबाट बिजुली र भारतबाट पानी ल्याएर आआफ्नो क्षेत्रमा सुरक्षा प्रदान गरिरहेका छन् । हालसम्म उक्त क्...

उत्पत्तिको प्रमाणपत्र लिने एक वर्षमै दोब्बर access_timeभदौ २, २०७९

निर्यात हुने वस्तुको उत्पादन प्रमाणीकरणका लागि जारी हुने उत्पत्तिको प्रमाणपत्र लिने उद्योगको संख्या दोब्बरले वृद्धि भएको छ। भारततर्फ वस्तु निकासीका लागि गत आर्थिक वर्षमा कुल १०५ उद्योगले उत्पत्तिको प्रमाणपत्र (सीओ) लिएका थिए, जुन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो। अघिल्लो ...

भदौ १५ मा नमुना र २० गते समानुपातिकतर्फको मतपत्र छपाइ access_timeभदौ २, २०७९

जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले यही भदौ १५ गतेबाट नमुना र २० गतेबाट सामानुपातिकतर्फको मतपत्र छपाइगर्ने भएको छ। मंगलबार दल दर्ता सकिएलगत्ते केन्द्रले मतपत्र छपाई गर्न गृहकार्य शुरू गरेको हो। केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले शुरुमा नमुना मतपत्र छाप्ने र त्यसपछि...

सिंहदरबार र कारागारमा पनि मतदान केन्द्र access_timeभदौ २, २०७९

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा कैदीहरूलाई समेत मतदानको अवसर दिने भएको छ। यसका लागि गृहकार्य भइरहेको आयोगले जनाएको छ। आयोगका अनुसार कर्मचारी, सुरक्षाकर्मी त...

दबाबमा महाभियोग छानबिन समिति access_timeभदौ २, २०७९

महाभियोग सिफारिस समितिले  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग छानबिन थालेको छ । समितिमा सत्तापक्ष र  प्रतिपक्ष दुवै का सांसदहरूले  छानबिन प्रक्रियालाई चाँडो  निष्कर्षमा पु¥याउन जोड दिएका छन् । बुधबार पहिलो बैठक   बसेको ...

प्लास्टिक झोला बोके १ लाखसम्म जरिवाना access_timeभदौ २, २०७९

सरकारले बुधबारबाट ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लग...

नागरिकता विधेयक आजै पारित गर्ने तयारी access_timeभदौ २, २०७९

 राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेकाे नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको छ। सत्ता गठबन्धनको निर्णयअनुसार गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा संसद्ले विधेयक पारित तयारी गरेको हो। विधेयक पारितको सम्भावित कार्यसूची बु...

अर्थतन्त्रका अधिकांश सूचक बिग्रँदो अवस्थामा access_timeभदौ १, २०७९

गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका अधिकांश सूचकांक बिग्रँदो अवस्थामा पुगेका छन् । आर्थिक वर्ष २०७८/७९ मा चालू खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँ ले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अ...

मतदाता शिक्षामा डिजिटल रणनीति फेल, फेरि घरदैलोमै access_timeभदौ १, २०७९

नेपालमा ८७ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको र त्यसमध्ये ६४.८ प्रतिशत हिस्सा मोबाइल इन्टरनेटले ओगटेको नेपाल दूरसञ्चार प्राधिकरणको आँकडा छ। यस हिसाबले मोबाइल इन्टरनेटमार्फत ठूलो जनसंख्यामा निर्वाचन प्रचारप्रसार सामग्री पुर्याउन कठिन नहुनुपर्ने हो। सायद, यही सो...

नागरिकता विधेयक ‘फास्ट ट्र्याक’मा अघि बढ्ने access_timeभदौ १, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइएको विधेयक फास्ट ट्र्याकमा अघि बढ्ने भएको छ । राष्ट्रपतिबाट विधेयक फिर्तासम्बन्धी जानकारी प्रतिनिधि सभामा मङ्गलबार पेस भइसकेको छ ।  सत्ता गठबन्धनले समेत फिर्ता पठाइएको विधेयकको प्रक्रिया तत्...

चालु आर्थिक वर्षमा ५.८४ प्रतिशत आर्थिक बृद्धि ​हुने राष्ट्र बैकको प्रक्षेपण access_timeभदौ १, २०७९

नेपाल राष्ट्र बैकले चालु आर्थिक बर्षमा ५ दशमलव ८४ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ । राष्ट्र बैकले जारी गरेको देशको वर्तमान आर्थिक तथा बित्तिय स्थितीको बारेमा जानकारी दिदैं बार्षिक मुद्रास्फीति दर ६ दशमलव ३२ प्रतिशत रहेको उल्लेख गरेको छ । बैकले जारी गरेको मुलु...

प्राइभेट फर्मलाई पनि नवीकरणमा कम्पनीसरह जरिवाना छुट access_timeसाउन ३१, २०७९

सरकारले प्राइभेट फर्महरूलाई पनि कम्पनीसरह नवीकरणमा छुट सुविधा उपलब्ध गराउने भएको छ। सरकारको निर्णयअनुसार अब वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता भएका फर्महरूले यसअघि नवीकरण गर्न छुटेको भए पुस मसान्तभित्र कारोबार विवरण, लेखापरीक्षण प्रतिवेदनसहित पाँच प्रति...

बालकोटतिर साना दलको लर्को access_timeसाउन ३१, २०७९

सत्तारुढ गठबन्धनमा नजोडिएका साना दलका नेताहरू आसन्न निर्वाचनमा गठबन्धनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट धाउन थालेका छन्। अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली एक वर्षअघि सत्ताबाट बाहिरिएर बालुवाटारबाट बालकोट सरेलगत्तै यहाँ बाक्लै...

सर्वोच्चमा रोकिएका दर्जनौं ‘हाइप्रोफाइल’ मुद्दा सुनुवाइको बाटो खुल्यो access_timeसाउन ३१, २०७९

सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दामा आय गणना विवादका कारण रोकिएको मुद्दा अब सुनुवाइ हुने भएको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको ‘भ्रष्टाचार मुद्दामा आय गणना गलत गरेको’ भन्दै परेको पुनरावलोकन निवेदनमा फैसला भएसँगै ‘हाइप्रोफा...

निर्वाचन खर्च दस अर्बको अनुमान access_timeसाउन ३१, २०७९

 निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा करिब १० अर्ब रुपियाँ खर्च हुने अनुमान गरेको छ। आयोगले निर्वाचन खर्च व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग अझै बजेट माग गरेको छैन। यद्यपि आयोग पदाधिकारीको बैठकले आर्थिक कार्यविधि पारित गरेर सहमतिका ...

नागरिकता विधेयक फास्ट ट्रयाकबाट पुन: राष्ट्रपतिसमक्ष पठाइने access_timeसाउन ३१, २०७९

राष्ट्रपतिको कार्यालयबाट सन्देशसहित संसद्मा फिर्ता भएको नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट राष्ट्रपतिसमक्ष पठाउने तयारी गरिएको छ ।  गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन वाञ्छनीय भएको भन्दै विधेयक फिर्ता भए पनि सत्तारुढ दलले बहुमतको बलमा यसलाई जस्...

कार्यकर्ता भर्ना गर्न मन्त्रालयमा ५२२ अस्थायी अधिकृत थपिँदै access_timeसाउन ३०, २०७९

सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी स्वीकृत गरेको छ। तर, ती दरबन्दी आवश्यकताभन्दा पनि कार्यकर्ता भर्ना गर्ने मनसायले नै खडा गरेको सरकारको निर्णयलाई नजिकबाट नियाल्नेहरू बताउँछन्। ‘यो गलत प्रवृत्ति हो। हामीले यसमा ‘अब्जेक्सन’ गरेका थ...

एसपी जोगाउन हवल्दारलाई जेल access_timeसाउन ३०, २०७९

सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ। दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुले त्यहाँका गणपति त्रिभुवन विष्टले रासनमा गरेको अनियमितताबारे सञ्चारकर्मीलाई सूचना चुहाएपछि एसप...

नेपालबाटै हेरिन्छ विदेशीको ग्रहदशा access_timeसाउन ३०, २०७९

सनातन धर्मप्रति आस्था राख्ने सयौं विदेशीले ग्रह शान्तिदेखि ग्रहदशा कटाउन नेपाली ब्राहमणको हातबाट ग्रहशान्ति, जप, रुद्री पाठ गर्ने गरेका छन्। महर्षि ऋषिको नाममा स्थापना भएको महर्षि वैद्धिक फाउन्डेसनले पछिल्लो ५ वर्षको अन्तरालमा सयौं विदेशीले आत्मशान्ति र आपल्ले आँटेको काम पूरा...

४१  प्रतिशतमा पुग्यो बीमा access_timeसाउन ३०, २०७९

पछिल्लो समय नेपालमा बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशतभन्दा धेरै भएका छ । एक वर्षको अवधिमा बीमाको दायरा झन्डै १४ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तसम्ममा बीमाको पहुँच (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमासहित) ४१.२० प्रतिशत पुगेको हो ।  आव ...

Page 1 of 831