प्रदेश २

धनुषामा एक पुरुषको शव फेला access_timeअसोज ३१, २०७८

धनुषामा एक पुरुषको शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा पहिचान खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो । धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जनाएको छ । आइतबार विहा...

दुर्घटनामा परेर सप्तरीमा तीनको मृत्यु access_timeअसोज ३०, २०७८

सप्तरीमा आज भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका–४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा दुई र शम्भुनाथ नगरपालिका–८ मिलन चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएक...

भाइरल ज्वरोका बिरामी बढ्दै, शय्याको समेत अभाव access_timeअसोज ३०, २०७८

बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत बिभिन्न रोगका  बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाइएको छ । केही दिनयता उपचारक...

माइक्रोबस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु access_timeअसोज २७, २०७८

राजविराज–हनुमानगर सडक खण्ड अन्र्तगत सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ खाँडो नजिक आज माइक्रोबस र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । राजविराजबाट विराटनगर जादै गरेको ना १ ज ७४१८ नम्बरको माइक्रोबसले विपरित दिशाबाट आइरहेको स २ प ३...

चाडबाड आयो, गाउँघर सङ्क्रमणको जोखिममा access_timeअसोज २७, २०७८

चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएको हो । कोरोना महामारीको जोखिम कायमै रहेको समयमा पनि मानिसहरु दसैँ पर्व मनाउनका लागि आवश्यक सामग्रीहरु ...

मनोरञ्जनको नाउँमा अर्धनग्न नाच गराउने जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी access_timeअसोज २७, २०७८

रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले गाउँ गाउँमा मेलाको आयोजना गरेर मनोरञ्जनको नाउँमा अर्धनग्न नाच गराउने जनप्रतिनिधिलाई पनि कारबाहीको दायरामा ल्याउन पछि नपर्ने चेतावनी दिएका छन् । चाडपर्वमा गरिएको सुरक्षा योजनाबारे जानकारी दिँदै घिमिरेले रौतहट लगायत...

मिथिलामा हराउँदै दशहारा पर्वको लोक परम्परा access_timeअसोज २७, २०७८

बडादसैँ पर्वमा घटस्थापनाकै दिनदेखि बस्ती/बस्तीमा बज्ने ‘ढोल’ अब मिथिलामा हराएको छ । नवरात्र अवधिमै मिथिलानी (मिथिलाका नारी) ले दुष्टात्मा भगाउन खेल्ने ‘झिझिया’ नृत्य देखिन छाडेका छन् । मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने...

गृह जिल्लाका कार्यकर्ता रिझाउँदै निधि access_timeअसोज २४, २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षी उपसभापति विमलेन्द्र निधिले गृहजिल्ला धनुषामा कार्यकर्ता रिझाउने प्रयास थालेका छन् । दशैँ, तिहार तथा छठको अवसर पारेर धनुषाको चारवटै निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित कार्यक्रम अनुसार उनले कार्यकर्तालाई रिझाउने प्रयास थ...

प्रदेश २: जसपा प्रदेश अध्यक्षमा फेरि पनि विजयकुमार यादव access_timeअसोज २४, २०७८

सत्तारुढ जसपा नेपालको जारी मधेश प्रदेश समिति समायोजन बैठकबाट अध्यक्षमा फेरि पनि विजयकुमार यादवलाई चयन गरिएको छ । शनिबारबाट जारी बैठकबाट प्रदेश २ सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री यादवलाई नै मधेश प्रदेश समितिको अध्यक्षमा चयन गरिएको हो । ...

प्रदेश २ : जसपामा असन्तुष्टि, केही नेताले पार्टी छाडे access_timeअसोज २४, २०७८

 शनिबार बेलुकी जनकपुरधाम आएका अध्यक्ष उपेन्द्र यादवले आइतबार प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीचको संगठन समायोजन गर्दैछन् । अध्यक्ष यादव संगठन समायोजनका कार्यक्रममा सरिक हुँदै गर्दा जसपाका मधेस प्रदेश समितिका मुख्यसचिव शम्भु झाले सामाजिक सञ्जाल मा...

रौतहटमा करेन्ट लागेर किशोरीको मृत्यु access_timeअसोज २३, २०७८

रौतहटमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । रौतहटको फतुवा विजयपुर–७ का रामेश्वर यादवकी १४ वर्षीय छोरी रुवीकुमारीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । घाँस लिन गएकी रुवीकुमारीलाई क्रसर उद्योगभित्रको धारामा पानी खान जाँदा करेन्ट लागेको थिय...

प्रदेश २ : तत्कालीन प्रदेश प्रमुखले फिर्ता पठाएका दुईवटा विधेयक बिना संशोधन पारित access_timeअसोज २२, २०७८

प्रदेश २ प्रदेशसभाको बैठकबाट दुई वटा विधेयक पारित भएको छ । तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा (अहिराज)ले सुझावसहित संशोधनका लागि फिर्ता गरेका दुवै विधेयक विना संशोधन सातौं अधिवेशनको तेस्रो बैठकबाट पारित भएको हो । प्रदेश पदक र स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बने...

राजदेवी मन्दिरभित्र किन दिइँदैन महिलालाई प्रवेश ? access_timeअसोज २१, २०७८

प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित राम मन्दिरको उत्तरतर्फ रहेको राजदेवीको मन्दिरमा दसैँभर महिलालाई प्रवेश गर्न दिइँदैन । राजर्षी जनककी कुलदेवी अर्थात् राजदेवी मन्दिर जनकपुरधामका शक्तिपीठमध्येकै प्रमुख हो । महिलालाई भित्र छिर्न नदिए पनि ठुलो संख्यामा महिला यो मन्द...

विश्वासको मत पाएपछि मुख्यमन्त्री राउतले गरे जानकी मन्दिरको दर्शन access_timeअसोज २१, २०७८

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार जानकी मन्दिरको दर्शन गरेका छन् । प्रदेशसभामा दुई तिहाइ मत प्राप्त गरेको केही दिनपछि उनले जानकी मन्दिरका पुजारी महन्त रामपतेश्वर दास वैष्णवसँग दर्शन भेट गरेका हुन् ।  विश्वासको मत प्राप्त गरेपछि राउतले जानकी मन्दिरमा ...

मिथिलाञ्चलमा यसरी मनाइन्छ विजय दशमी access_timeअसोज २१, २०७८

हिन्दु धर्मावलम्बीहरूको विजय दशमी (दुर्गा पूजा) बिहीबारदेखि विधिवत् रूपमा सुरु भएको छ ।​ मिथिलाञ्चलमा नवरात्री अर्थात् दुर्गा पूजाको विशेष महत्त्व छ । मिथिलाञ्चलमा असोज शुक्ल प्रतिपदाका दिन घर, गाउँ तथा शक्ति पीठहरूमा घटस्थापना गरेर नवरात्री पूजाको आरम्भ हुन्छ । बि...

दसैँमा जनकपुरधामस्थित शक्तिपीठ सिँगारियो (फोटोफिचर) access_timeअसोज २१, २०७८

दसैँको अवसरमा जनकपुरधामका विभिन्न शक्तिपीठलाई दुलही झैँ सजाइएको छ । जनकपुरधामको विद्यापति चोक, राम चोक, रामानन्द चोक र ब्रह्मर्षि चोकलगायतका चोकमा दुर्गाको प्रतिमा स्थापना गरी भव्य पंडाल बनाएर नवरात्रिभरि विशेष पूजा गर्ने चलन छ । राजा जनककी कुलदेवी राजदेवी मन्दिर...

वीरगञ्जमा महिला उद्यमी राष्ट्रिय सम्मेलन access_timeअसोज २१, २०७८

मुलुककै आर्थिक राजधानी भनेर चिनिने वीरगञ्जमा आगामी कात्तिक ५ गते पहिलोपटक नेपाली महिला उद्यमी राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ)को आयोजनामा उद्यमशीलतामा नेपाली महिलाको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलोपटक यहाँ ...

जनमत पार्टीद्वारा अख्तियारको कार्यालय घेराउ access_timeअसोज २०, २०७८

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय घेराउ गरेको छ । निर्धारित कार्यक्रमअनुसार महोत्तरीको बर्दिवासस्थित अख्तियारको कार्यालय घेराउ गरिएको सो पार्टीले जनाएको छ । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनिय...

मुख्यमन्त्रीलाई  प्रमुख प्रतिपक्षको सुझाव : प्रदेशको गरिमा बचाउन मार्ग प्रशस्त गर्नुस् access_timeअसोज २०, २०७८

प्रदेश २ को प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ । बुधबारको बैठकमा लोसपा प्रदेश २ संसदीय दलको नेता जितेन्द्र सोनलले मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापापछि प्रदेशको सुशासनमाथि प्रश्न उठेको भन्...

रौतहटको सीमा नाका खुल्यो access_timeअसोज २०, २०७८

विगत करिब डेढ वर्षदेखि बन्द रहेको भारतसँग जोडिएको रौतहटको सीमा नाका आजदेखि खुला भएको छ । नेपाल सरकारले सबै नाका खोल्ने निर्णय गरे पनि एसएसबीको अवरोधका कारण बन्द रहेको रौतहटको सीमा नाका आजदेखि पूर्ण रुपमा खुला भएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव याद...

प्रदेश २ सरकारलाई बदनाम गर्ने षड्यन्त्र : मुख्यमन्त्री राउत access_timeअसोज २०, २०७८

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक चलखेल भइरहेको बताएका छन् । उनले आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षभन्दा बढी समय भइसकेको भन्दै यसबीचमा धेरै चुनौती पार गर्दै यहाँसम्म आइपुगेको बताए । प्रदेशसभाको सातौं अधिवेशनको ...

सप्तरीमा एक युवती मृत फेला access_timeअसोज २०, २०७८

सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनि मन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृतावस्थामा भेटिएका छन्  ।  रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको २० वर्षीया छोरी चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परे...

सिके राउतको पार्टीले प्रदेश २ को अख्तियार घेराउ गर्ने access_timeअसोज २०, २०७८

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालय घेराउ गर्ने भएको छ । प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि त्यसको कारवाही प्रकृया चाँडै अगाडि बढाउन दबाव दिन सो घेराउ कार्यक्रम आयोजना गरिएको जनम...

विश्वास मत लिने मुख्यमन्त्री राउतको तयारी, संसद अवरुद्ध पार्ने एमाले र लोसपाको चेतावनी access_timeअसोज २०, २०७८

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाइएको छ । सत्तापक्षले विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रतिपक्षले संसद अवरोध गर्ने तयारी गरेको छ ।   मुख्यमन्त्री राउतले संव...

बलि प्रथाको विरोधमा प्रदर्शन access_timeअसोज १९, २०७८

दसैँ नजिकिँदै गर्दा जनकपुरधाममा बलि प्रथाको विरोधमा प्रदर्शन भएको छ । दसैँ लगायतका विभिन्न चाडपर्वमा हुने पशु बलि रोक्न दबाब दिँदै ब्रम्हा कविर उपासक समाज धनुषाले मंगलबार जनकपुरधाममा प्रदर्शन गरेको हो । संयोजक शिवकुमार महतोका अनुसार ब्रम्हा कविर उपासक समाज धनुषाले ...

Page 1 of 215