धर्म-संस्कृति/रितिथिति
हिन्दु धर्मवलम्वीहरूले विभिन्न मठ मन्दिरमा पूजाआजा गरी शुक्रबार भगवान श्रीकृष्णको जन्मोत्सव मनाइरहँदा पश्चिमा थारु समुदायले भने अष्टिम्की पर्व मनाइरहेका छन् । सुर्खेतदेखि पश्चिम कञ्चनपुर जिल्लासम्म बासोबास गर्दैआएका थारु समुदायले अष्टिम्की पर्व हर्षोल्लासपूर्वक मनाइरहेका हुन् । ...
पाटन दरबार परिसरमा आउँदो शनिबार मनाइने भीमसेन खट जात्राको तयारी सुरु भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन उक्त खटजात्रा हुने भएसँगै सोको तयारी अघि बढेको हो । आज दिनभरिमा पित्तलको खट बनाएर शनिबार हुने जात्राका लागि तयारी भइरहेको भीमसेन जात्रा सञ्चालक स...
कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन्। उनले ओल्केस्वरुप माइत लैजान आफ्नो बारीमा रहेका तरकारी कर्कलो, चिचिन्डा, भिन्डी, भान्टालगायतका तरकारीको पोको पारिन् । बिहानै माइत हिँडेकी उनले मा...
मध्यपुरथिमि नगरपालिकामा तीन दिन चार रातसम्म सञ्चालन भएको नीलबाराही र भैल प्यांख अर्थात् भैरव नाच सम्पन्न भएको छ । विभिन्न देवी–देवताका मुखुण्डो धारण गरी धार्मिक, सांस्कृतिक, ऐतिहासिक नीलबाराही, लायकू भैरव नाच आज बिहानबाट सम्पन्न भएको छ भने महाकाली नाच भने यही ...
सौरमासअनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनले आज गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । केही भक्तजनले शिवको विशेष पूजा आराधना गरी साउने सोमबारको व्रत समापन गर्ने गरेका छन् । धेरैजसो भक्तजनले भने साउन महिना...
पैँतालीस वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयवासीको पहलमा सुरु भएको मल्लकालीन तान्त्रिक लाय्कू भैल : अर्थात् भैरव नाच यस वर्ष आज राति ८ बजेदेखि सुरु भएको छ । मध्यपुरथिमिको लाय्कू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गणमा प्रदर्शन गरिएको भैरव नाच आज...
बोलबमका कारण खोटाङको त्रि–धार्मिकस्थल हलेसी चलायमान बनेको छ । साउनभर लाग्ने बोलबम मेलाको अवसरमा धार्मिक तथा पर्यटकीयस्थल हलेसी आन्तरिक तथा बाह्य दर्शनार्थीले व्यस्त बनेको हो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा साउन सुरु भएसँगै जल चढाउन...
श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ ९यज्ञोपवीत–जनै० धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई ‘श्रावणी’ स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लख...
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्वका बारेमा विभिन्न टीका–टिप्पणी भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समितिले विज्ञप्ति प्रकाशित गरी साउन २७ गते शुक्रबार नै ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउनुपर्ने जनाएको...
गुठी संस्थान जनकपुरधामले रामरोशन दास वैष्णव नै जानकी मन्दिरको उत्तराधिकारी महन्त रहेको प्रस्ट पारेको छ । सो मन्दिरको महन्तका उत्तराधिकारी सम्बन्धमा देखिएको विवादका बीच गुठी संस्थानले यस्तो प्रष्टीकरण दिएको हो । गुठी संस्थान जनकपुरधामका प्रमुख बैकुण्ठ रेग्मीले गुठी संस्थ...
राष्ट्रपति विद्यादेवी भण्डारी साउनको सोमबारका अवसरमा आज साँझ पशुपतिनाथ मन्दिर गएर दर्शन गरी बेलुकीको आरतीमा सहभागी भएकी छन् । मूल मन्दिरभित्र प्रवेश गरी राष्ट्रपति भण्डारीले गणेश, वासुकीनाथ, नवग्रहलगायत देवीदेवताको दर्शनसहित पशुपतिनाथ दर्शन विधिअनुसार दर्शन गरेको पशुपत...
साउनको टन्टलापुर घाममा घण्टौँ लाममा बसेका भक्तजनको धोको पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर पूजा, आराधना एवं दर्शन गर्नमा केन्द्रित छ । साउनको चौंथो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड छ । विगतका तीन वटा सोमबारभन्दा आज धेरै भक्तजन पशुप...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आज गुँला पर्वमा सहभागी भइ स्वयम्भू महाचैत्य परिक्रमा गरेका छन् । एक महिना मनाइने यो पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ स्वयम्भू महाचैत्यको परिक्रमा गरिन्छ । यसैक्रममा आज बिहान मन्त्री श्रेष्ठले स्वयम्भू भगवानको...
साउनको तेस्रो सोमबार आज भक्तपुरका प्रसिद्ध शिवालयमा बिहानैदेखि साँझसम्म दर्शनार्थीको भीड लागेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा बिहानदेखि साँझसम्म दर्शनार्थीको भीड लागेको थियो । डोलेश्वर महादेव मन्दिर संरक्षण एवं ...
साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा विगतका दुई सोमबारभन्दा बढी भक्तजनको भीड लागेको छ । साउनको तेस्रो सोमबार आज बिहान ३ः १५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण ...
सुदूरपश्चिमकै प्रसिद्ध बडिमालिका मन्दिरका लागि डोटीबाट फूलप्रसाद सहितको एक सरकारी डोल (पेटारो) पठाइएको छ । जनैपूर्णिमा अर्थात् यही साउन २७ गतेका दिन लाग्ने मेलाका लागि फूलप्रसादसहितको उक्त सरकारी डोल जिल्ला प्रशासन कार्यालयबाट पठाइएको हो । सिलगढीमा रहेको भै...
म्याग्दी सदरमुकाम बेनीमा तीन सय वर्ष पहिलेको ऐतिहासिक धरोहर मानिएको बर्खेनाच सुरु भएको छ । विसं १७६० को दशकमा बेनीमा बस्ती बसेपछि भक्तपुरबाट नेवार समुदायका मानिसहरु यहाँ बसाइसराइँ गरी आएका थिए । त्यतिबेलादेखि नै बेनीमा बर्खे नाच देखाउने परम्परा बसेको हो ।...
पाँच वर्षपछि यसपटक भक्तपुरका स्थानीय साकोलान टोलका मानन्धर समुदायले गुँला ङक धलं धार्मिक कार्यक्रम आयोजना गर्ने भएका छन् । भक्तपुर नगरपालिका-९ साकोलानस्थित साकोलान टोलका मानन्धर समुदायले सवा लाख चैत्य बनाउने धार्मिक कार्य (गुँला ङक धलं) लाई पुनर्जीवन दिने भएका हुन् ।&n...
साउनको दोस्रो सोमबार बोलबम मेलाका लागि तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाट धाममा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड बढेको हो । साउनको पहिलो सोमबार २० हजार भक्तजनले देवघाट...
साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहान पानी परेका बेला कम भक्तजन जम्मा भएकामा पानी रोकिएसँगै पशुपति क्षेत्रमा सङ्ख्या बढ्न थालेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले ज...
कैलालीका थारु समुदायले गाउँघरमा सामूहिकरुपमा हर्धौवा पर्व मनाइरहेका छन् । खेतीपातीको काम सकेको खुशीयालीका रुपमा हर्धौवा पर्व मनाउने चलन छ । रोपाइँ सकेको खुशाीयालीस्वरुप मनाइने पर्व हर्धौवा थारु समुदायका विभिन्न गाउँमा मनाउन थालिएको हो । हर्धौवा पर्वमा थारु ...
यहाँका प्रसिद्ध शिवालयमा एक महिने साउने मेला सुरु भएको छ । साउनको पहिलो सोमबार आज बिहानैदेखि यहाँका प्रसिद्ध शिवालयमा दर्शनार्थीको घुइँचो लागको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा आइतबारदेखि नै एक महिने साउने मेला...
असार महिनामा धान रोप्दा लागेको हिलो पखाली छाला रोग नलागोस् भन्ने कामनाले आज साँझ घरघरमा लुतो फालिएको छ । नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्ष...
साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ । यो महिना भगवान् शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि भगवान् खुसी हुने धार्मिक विश्वास छ । पशुपति क्षेत्रमा चहलपहल बढेसँगै देवादिदेव महादेवलाई शुद्ध जल अर्पण गर्ने बोलबम यात्रीको पन...
सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ...