केन्द्रीय संस्करण

‘भैरवनाथ गणमा हत्या गरेकाहरुको सत्यतथ्य पत्ता लगाउन सरकारले भाँजो हाल्यो’

person explore access_timeभदौ २५, २०७६ chat_bubble_outline1
file photo

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सशष्त्र द्वन्द्वकालीन घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार आफैंले नचाहेको दावी गरेका छन् । आयोगका अध्यक्ष शर्माले सो घटनाको अनुसन्धानका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन गर्न गठित आयोगका पदाधिकारी राजनीतिक दलहरुको मिलेमतोमा सिफारिस गर्नका लागि समिति गठन काम समेत सरकारबाट भएको भन्दै असन्तुष्टि जनाए ।

बुधबार काठमाडौंमा आयोजित ‘मानव अधिकारका लागि दक्षिण एसिया’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले द्धन्द्धकालीन घटनाको उत्खनन् गर्ने मानवअधिकार आयोगको प्रयासलाई समेत सरकारले अवरुद्ध पारेको स्मरण गराए ।

भैरवनाथ गणमा नेपाली सेनाले हत्या गरेकाहरुको सत्यतथ्य पत्ता लगाउने काममा मानव अधिकार आयोग लागेपनि त्यसमा सरकारले भाँजो हालेको उनको दावी छ । आयोगका अध्यक्ष शर्माले सरकारले संविधान र कानुनलाई समेत तजविजीमा राखेर मानव अधिकार हनन्को घटनालाई संरक्षण गर्ने काम गरिरहेको पनि बताए ।

 

कमेन्ट

  1. Sept. 11, 2019, 9:48 p.m. Lok
    राष्ट्रीय मानव अधिकार राष्ट्र राष्ट्रीयता र मानवाधिकारको लागी लडीरहेको छ भन्ने जन विश्वास छैन र मानवअधिकारको लागी सिन्को सम्म भाँचेको छैन । मात्र कमाउ अधिकार रक्षार्थ लाटा सोझा पीडित समुदायलाई हतियार बनाएर बिरोधको लागि बिरोध गर्ने गराउन उत्प्रेरकको काम गरेको छ । दलै पिच्छेका मानवाधिकार संग संगठन जव सम्म जिवीत रहन्छन् तवसम्म तव सम्म पीडित जनसमुदायले न न्याय पाउँछ न निर्धक्क भै बिगत बिर्सिएर भावी जीवन र पुस्ताको लागि केही अवसर खोज्न फ़ुर्सत पाउँछन् ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...