केन्द्रीय संस्करण
बालकथा

‘वंशीलालको स्कुल’

person explore access_timeभदौ ३१, २०७६ chat_bubble_outline1

बाावु,तिमी कहिले पढ्छौ खै ?हिजो स्कुलबाट आएर भाँडा माझिरहेका थियौ । अस्ति गोठमा गोबर सोहोरिरहेका थियौ । आज करेसाबारीमा गोलभेँडाका बेर्ना सारिरा’छौ । आमाले गर्ने काम तिमी किन गर्छौ ?हात धोएर आऊ । बसेर पढ ।” हर्कलालले कक्षा ५मा पढ्ने छोरा वंशीलालसँग भन्यो ।

वंशीलालले मुसकुराउँदै बाबातिर हेर्‍यो र सार्ने क्रममा अर्को बेर्ना हातमा लियो । वंशी,सुनेनौ ?गोलभेँडा रोपेर पाठ पढिन्छ त ?हर्कलालले आवाज अलि बढायो । (यस पटक काठमाडौ गएर आएपछि उसले श्रीमती र छोरालाई तिमी भन्न थालेको छ । उसले तिमी भन्दा वंशीलाई हाँसो उठ्छ । चमेली त अझ खितितिती नै हाँस्छिन् ।)

स्कुलमा सरले आज करेसाबारीमा तरकारी रोप्नू भन्नुभाछ क्या बाबा,यो पनि हाम्रो होमवर्क नै हो ।” वंशीले भन्यो ।

“हँ ?, तरकारी रोप्ने पनि होमवर्क ?!” हर्कलालले आश्चर्य पोख्यो । उ आँगनमा उभिएर बारीमा छोरालाई हेरिरहेको थियो । चमेली आँगनछेउकै गोठमा गाइका गर्धनबाट किर्ना टिप्दै फाल्दै थिई । वातावरण पहेँलो घामको आभामा नुहाउँदै छ कि जस्तो देखिन्थ्यो ।

हँ ?,तरकारी रोप्ने पनि होमवर्क ?!”हर्कलालले आश्चर्य पोख्यो । उ आँगनमा उभिएर बारीमा छोरालाई हेरिरहेको थियो । चमेली आँगनछेउकै गोठमा गाइका गर्धनबाट किर्ना टिप्दै फाल्दै थिई । वातावरण पहेँलो घामको आभामा नुहाउँदै छ कि जस्तो देखिन्थ्यो । आँप बडहर  कटर र कन्तरका रुखमा थरी थरीका चराहरु चहार्दै र चिर्विराउँदै थिए । गौंथलीका जोडी  चुच्चोमा चारा लिएर आए र ढोकैमाथि दलिनमा टाँसिएको आफ्नो गुँडमा पसे ।

गोलभेँडाका बेर्ना सार्दै बंशीले भन्यो,हाम्रो विद्यालयमा यस वर्षबाट विद्यार्थीलाई पढ्न मात्र हैन काम गर्न पनि सिकाउने रे । विद्यालय मुनिको रिट्ठे पाटो छ निहो,त्यसमा अव हामीले खेती सिक्ने ।

खेती पनि सिक्नु पर्छ र ?हामीले सिकेनौं । खेती गर्छौं त ! हर्कलालले भन्यो ।

नयाँ किसिमले खेती गर्न सिकाउने रे । अग्र्यानिक खेती गर्न सिकाउने रे । वंशीलालले बाबातिर हेरेर भन्यो,हाम्रो स्कूलमा नि बाबा,खाना पकाउन पनि सिकाउँछ । भाँडा माझ्न,कपडा धुन सबै सिकाउँछ । अव अर्को वर्षबाट बिजुलीको काम पनि सिकाउने रे ।

अनि किताप पढ्नेचाहिँ कहिले त ?

किताप पनि पढ्ने काम पनि पढ्ने क्या बाबा,हाम्रा हेडसरले भन्नुभा छ अव हामीले ज्ञान मात्र बटुलेर हुँदैन,काम गर्न पनि जान्नुपर्छ ।

एः अव म तिम्रो स्कूलमा गएर हेडसरसँगै कुरा गर्नुपर्ने भयो । पढ्ने बेलामा काम गराउने कुरा मलाई चित्त बुझेन ।

गोठमागाइभैंसीलाई घाँस दिँदै चमेलीले भनिन्,मलाई त मज्जा लाग्याछ । अअलिकति भने पनि काम सघाउने निस्क्यो । म त हेडसरलाई भेटेँ भने धन्यवाद भन्छु ।

हर्कलालले आँखा तर्दै चमेलीतिर हेर्‍यो र भन्यो,हामीलाई त यस्ता भाँडा माझ्ने,लुगा धुने,खुर्सानी सार्ने काम हाम्रा बाआमाले कहिल्यै सिकाएनन् ।

यही त गल्ती गर्नुभएछ । चमेली खितितिती हाँसिन् । उता गोलभेँडा सारिसहेको वंशीलाल पनि हाँस्यो । हर्कलाल केही नबोली पिढी उक्ल्यो र फलैँचामा बस्यो ।

भोलिपल्ट स्कुल नलाग्दै हर्कलाल स्कुल पुगिसकेको थियो । उ आज हेडसरसँग कस्सिएर कुरा गर्ने मुडमा थियो ।

हर्कललाले कुरा थाल्नुअघि नै हेडसर राजुमानले भने, “हाम्रो मुलुक किसानीको मुलुक । हामी किसान । अहिले हामीलाई विदेशीले बीउ मल र विषादि पठाइदिएन भने हाम्रो खेतबारी बाँझै हुन्छ । खराब बीउ पठाइदियो भने खेती खलास हुन्छ !”

हामी त सक्किएछौं नि हर्कलाल दाइ !” अफिसमा आफ्ना अगाडि मेचमा बसेका हर्कललाले कुरा थाल्नुअघि नै हेडसर राजुमानले भने, “हाम्रो मुलुक किसानीको मुलुक । हामी किसान । अहिले हामीलाई विदेशीले बीउ मल र विषादि पठाइदिएन भने हाम्रो खेतबारी बाँझै हुन्छ । खराब बीउ पठाइदियो भने खेती खलास हुन्छ !”

हैन,मैले त हेडसरको कुरै बुझिनँ !”

हर्कलाल दाइ,तपाइँ धानको बीउ कृषिपसलबाट किन्नुहुन्छ । गहूँ मकै दाल तरकारीका बीउ बीजन सवै पसलबाटै किन्नुहुन्छ । आफुलाई चाहिने बीउबीजन आफ्नै खेतीबाट किन बनाउनुहुन्न ?”

हर्कललाल अवाक् भएर हेडसरको अनुहार हेरिरह्यो ।

तपाइँ अव आफ्ना बाउबाजेले बनाएजसरी आफ्नो खोतीबाट बीउ बनाउनै सक्नुहुन्न । तपाइँले बनाएको बीउ उम्रँदैन !”

हैन,हेडसरले के भन्न खोज्नु भएको ?”हर्कललाले जिज्ञासा राख्यो  ।

रासायनिक मलले हाम्रो माटो मर्दैछ । त्यो तपाइँलाई पनि थाहा छ । खेतीमा प्रयोग गरेका विषादिले हामी रोगाएर मर्दैछौं । त्यो पनि थाहा छ ।  विकासे बीउबाट फलेको कुनै कुरा बीउ बन्दैन । त्यो पनि थाहा छ । उनीहरु बीउ बनाउँदा यसरी किन बनाउँछन् त्यो हामीलाई थाहै छैन । कुरा यस्तो छ ।”

हाम्रो भाग्य भविष्य सवै अरुले खोस्यो !” हर्कलालका आँखामा आँखा जुधाएर हेडसरले भने, “अव हामीले आफ्नो भाग्य भविष्य आफ्नै हातमा लिनुपर्छ । त्यसैका लागि हामीले यस वर्षबाट विद्यालयमा खेतीपाती पनि सिकाउने योजना बनाएकाछौं । हामी हाम्रा विद्यार्थीलाई अग्र्यानिक मल ,हानिरहित विषादि बनाउन सिकाउँदैछौं । अग्र्यानिक खेती गर्न सिकाउँदैछौं । बीउबीजन उत्पादन गर्नर ब्याङ्किङ् गर्न पनि सिकाउँदै छौं ।

हर्कलाल ट्वाँ पर्‍यो । उसले यो पछिल्लो कुरा बुझेन । हेडसरले भने, “हर्कललादाइ,तपाइँकहाँ अहिले कान्छी भटमासको बीउ छ ?बयेर्नी,समुद्रफेनी,मालभोग,झिनुवाजस्ता पुराना धानको बीउ छ ?दन्तलहर मकैको बीउ छ ?”

छैन । त्यो त कुनै पनि छैन !” हर्कलालले भन्यो, “त्यो अव किन चहियो र ?विकासे बढी फल्छ ।”

हो,हामी त्यहीँनेर चुक्यौं । हर्कललादाइ,हामीले आफ्नै बीउबीजनलाई आफ्नै किसिमले विकास गरेर जोगाउन सकेनौं । त्यो मासियो । हाम्रो वेलाको धान चामलको बास्ना,स्वाद र शक्ति अहिलेको विकासेमा छ ?छैन नि । बढी फल्छ त जथाभावी रासायनिक मल राखेपछि बढी फलेको छ । अव  मलले माटो बिग्रिसकेपछि के फल्छ ?फल्दैफल्दैन !”

त्यो त हो सर,यसपाली हाम्रो गहिरी खेतमा धानफलेन । भटमास पनि सवै खुइलियो । गेडै लागेन । पारीघरे  काकाले भन्नुभयो तिम्रो खेतको माटो बिग्रेरै यस्तो भएको हो !”

“हो, अव माटो सपार्नु पर्‍यो । हाम्रो देशले वर्सेनी अर्बौंको विषादि आयात गर्छ । खर्बौंको रासायनिक मल आयात गर्छ । यसले हाम्रो माटो बिगारेको छ । हाम्रो स्वास्थ्य बिगारेको छ । अव हामीले आफनै परम्पराको प्रविधिलाई विकास गर्नुपर्‍यो । खेतीलाई अग्र्यानिक बनाउनुपर्‍यो । विषादिरहित बनाउनुपर्‍यो ।

हो,अव माटो सपार्नु पर्‍यो । हाम्रो देशले वर्सेनी अर्बौंको विषादि आयात गर्छ । खर्बौंको रासायनिक मल आयात गर्छ । यसले हाम्रो माटो बिगारेको छ । हाम्रो स्वास्थ्य बिगारेको छ । अव हामीले आफनै परम्पराको प्रविधिलाई विकास गर्नुपर्‍यो । खेतीलाई अग्र्यानिक बनाउनुपर्‍यो । विषादिरहित बनाउनुपर्‍यो । कतै बाँकी भेटियो भने हाम्रा पुराना धान मकै गेडागुडी र सागपातको बीउ खोज्नुपर्‍यो । त्यसैको विकास गर्नुपर्‍यो । पुरानोस्वाद,पुरानो बास्ना र तागतिलो पन फर्काउनुपर्‍यो । अर्काले बेच्ने बीउबीजन र मलमा भर पर्नु भएन । यसैका लागि हामीले विद्यालयतहबाटै पढाउन सिकाउन थालेको । हाम्रा विद्यार्थी पढाइमा पनि अब्बल हुन्छन् । काममा पनि अब्बल हुन्छन् । तपाइँलाई हाम्रो कुरा कस्तो लाग्यो ?”

हर्कलाल हर्षविभोर भयो ।“ ठीक छ माडसाप,यो गर्नैपर्ने काम हो । अनि मल र विषादिचाहिँ कसरी तैयार गर्ने नि ?”

मल अग्र्यानिक बनाउने । यसका लागि घर कुँडारमा राख्न सकिने छिटो छरितो किसिमको मसिनको विकास गर्ने । घर कुँडार र गोठबाट निस्केको फोहोर प्रयोग गर्ने । पहिलेको गोबरग्यास प्लान्टभन्दा यो राम्रो र सजिलो हुन्छ । मल बनाउँदा खाना पकाउने,बत्ती बाल्ने ग्यास पनि बन्छ !”

अनि विषादि ?”

त्यो पनि हाम्रो आफ्नै वनस्पतिबाट बनाउने । मान्छेको स्वास्थ्यलाई हानि नगर्ने कीटनाशक बनाउने हाम्रा परम्परागत प्रविधिहरुहरु छन् । त्यसैको विकास गर्ने । खेतीलाई पूरै अग्र्यानिक बनाउने । अनि पो हामी निरोगी बन्छौं । हाम्रा छोराछोरी निरोगी बन्छन् । हाम्रो देश निरोगी बन्छ !”

हो सर,यो काम त गर्नैपर्छ । बरु यसमा मद्दत पुर्‍याउन मैले चाहिँ के गर्नुपर्ला ?”हर्कलालले सोध्यो ।

हामी लुगा लाउँछौं । मैलो भए धुन जान्दैनौं । श्रीमतीले धोइदिनुपर्छ । हामीलाई खाना पकाउन, भाँडा माझ्न केही आउँदैन । एक दिन श्रीमती माइत गइन् र रात उतै बसिन् भने यता आफू निस्लाम । हैन त हर्कलालदाई ?”

तपाइँहामीले मिलेर गर्नुपर्ने काम धेरै छन् । त्यसका लागि हामी अभिभावकहरुको सम्मेलन गराउँदैछौं । अहिले तत्कालका लागि तपाइँले गर्ने काम भनेको वंशीलाललाई होमवर्क गर्न हौस्याउने । परिआए सघाउने । हेर्नुस् दाइ,”हेडसरले जोड दिँदै भने “अव हामीले हाम्रा सन्तानलाई आफ्नो काम आफैं गर्नसक्ने बनाएर हुर्काउनुपर्छ । हेर्नुस् न,हामीकहाँ बिजुली त आयो । घरमा बत्ती पनि बाल्यौं । भोलि सानातिना मसिन पनि चलाउन मन लाग्ला । फ्यूज गयो भने राख्न जान्दैनौं । अरुलाई गुहार्नुपर्छ । हामी लुगा लाउँछौं । मैलो भए धुन जान्दैनौं । श्रीमतीले धोइदिनुपर्छ । हामीलाई खाना पकाउन,भाँडा माझ्न केही आउँदैन । एक दिन श्रीमती माइत गइन् र रात उतै बसिन् भने यता आफू निस्लाम । हैन त हर्कलालदाई ?”हेडसर हाँसे ।

हर्कलाल पनि हाँस्यो ।

लौ त हर्कलाल दाइ,आज म अलि व्यस्त छु । बाँकी कुरा अव समय लिएरै गरौंला ।” हेडसर कर्सीबाट उठेर हात जोडे । नमस्कार गर्दै हर्कलाल पनि उठ्यो । बाहिर निस्कँदा विद्यालयभवनका अगाडि गरुगुरुआमा र साथीहरुसँगै वंशीलाल पनि फूलका बिरुवाहरु रोपिरहेको देखियो । हर्कलाल एक छिन उभिएर हेर्‍यो र बाटो लाग्यो । काममा व्यस्त वंशीलालले हर्कलाललाई देखेन ।

 

कमेन्ट

  1. Sept. 18, 2019, 12:32 a.m. Nayanraj
    रामरो
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...