केन्द्रीय संस्करण
स्वास्थ्य

रोगभन्दा चोटपटकबाट मृत्यु हुनेको अवस्था भयावह

नेपालको आकस्मिक र ट्रमा सेवा एकदमै कमजोर

person explore access_timeअसोज १६, २०७६ chat_bubble_outline0

काठमाडौँ । धेरै लामो समयको तथ्याङ्क हामीले खोज्नै पर्दैन । सोमबार (असोज ६) नवलपरासीको दुई स्थानमा सडक दुर्घटनामा ६ जनाको मृत्यु भयो । ३९ जना घाइते भए । कावासोती नारायणगढ खण्डको खरकट्टा जङ्गलमा कार र ट्रक ठोक्किँदा कारमा रहेका सबै ५ को मृत्यु भयो । मृत्यु हुनेमा २९ देखि ३५ वर्षका युवाहरू थिए । दुर्घटनामा परेको कारको अवस्था हेर्नेलाई नै शरीर नै सिरिङ्ग हुन्छ । दुर्घटना निकै डरलाग्दो र भयावह थियो । 

नेपालमा दैनिक ६ देखि ७ जनाले विभिन्न दुर्घटनाबाट अकालमा ज्यान गुमाउँदै आइरहेका छन् । यस्ता दुर्घटना, चोटपकटबाट कम्तीमा पनि वर्षमा २५ सयभन्दा धेरैले ज्यान गुमाउँदै आएका छन् । दुर्घटना हुनेमध्येमा धेरैजसो युवा उमेरका व्यक्ति छन् । जसबाट परिवार, समाज र देशले नै ठूलो आशा गरिरहेको व्यक्तिहरूकै मृत्यु भइरहेको छ । यस्तो ऊर्जाशील समयमा मृत्यु हुनु भनेको सबैका लागि घाटाको विषय हो । जुन नेपालले भोग्दै आइरहेको छ । 

विश्वमा चोटपटक तथा दुर्घटना समस्या १०औँ नम्बरमा पर्ने गरेका छन् । विश्वको तथ्याङ्क हेर्ने हो भने वर्षमा १२ लाख ५० हजार नागरिकले विभिन्न चोटपटक र दुर्घटनाबाट अकालमा ज्यान गुमाउँदै आएका छन् । कम विकसित देशमा ९० प्रतिशत युवाको मृत्युको प्रमुख कारक सडक दुर्घटना रहेको छ । दुर्घटनामा हुनेमा पनि सबैभन्दा धेरै १५ देखि २९ वर्ष उमेर समूहका युवाहरूको सङ्ख्या धेरै रहेको छ ।  

ट्रमामा मुख्यतया ३ किसिमको चोट लाग्न सक्छ
हाडजोर्नी विशेषज्ञ डा. सन्तोष पौडेलका अनुसार कुनै पनि ट्रमा (चोटपटक) को घटना हुन्छ भने त्यहाँ मुख्यतः ३ किसिमका चोट लाग्ने गरेको देखिन्छ । टाउको, छाती, मुटु अथवा ठूलठूला रगतको धमनीहरू च्यातिने चोट, जसले दुर्घटना हुनेबित्तिकै मृत्युको मुखमा पुर्याउँछ ।  यस्ता चोटपकट लागेका व्यक्तिको दुर्घटना भएको केही सेकेन्डमै मृत्यु हुन सक्छ । कुनै पनि अवस्थामा बिरामीलाई बचाउँन सकिँदैन । 

कुनै चोटपकटले केही मिनेटदेखि घण्टासम्म मृत्यु हुन सक्छ । यस्ता घटनामा स्वास्थ्यकर्मीको भूमिका हुन्छ । पहिलो चोटपकटबाट बचाउन नसके पनि केही मिनेटदेखि केही घण्टा र केही दिनदेखि केही हप्तासम्म मृत्यु हुने बिरामीलाई भने बचाउँन सकिन्छ । 

विकसित देशहरूमा चोटपटक (ट्रमा) को उपचारको सिस्टम विकास गरेका छन् । यस्तो समस्या भएको समयमा सिस्टमले काम गरिन्छ । विकसित राष्ट्रको सिस्टमभित्र एम्बुलेन्स सेवा जहाँ दुर्घटना भएको केही समयमा पुग्न सक्छ, तालिम प्राप्त स्वास्थ्यकर्मी, दुर्घटना भएपछि एम्बुलेन्सबाट नजिकको स्वास्थ्य संस्थामा लैजाने र त्यहाँ उपचार भएपछि मात्रै असम्भव भएको खण्डमा अन्यत्र लैजाने सिस्टम छ । 

तर नेपालको सन्दर्भमा के छ भने एकै पटक ठूला अस्पताल लैजाने चलन छ । जसले गर्दा धेरै नागरिकले  बाटैमा ज्यान गुमाउनुपर्ने बाध्यता छ । अहिले नेपालमा रोगभन्दा चोटपटकबाट मृत्यु हुनेको अवस्था भयावह छ ।  

 ट्रमा र इमर्जेन्सी उपचारबारे स्वास्थ्यकर्मीलाई नै थाहा छैन 
 ट्रमा र इमर्जेन्सी समयमा कसरी सेवा प्रदान गर्ने भन्ने बारेमा नेपालका स्वास्थ्यकर्मीलाई नै जानकारी छैन । अझैसम्म पनि इमर्जेन्सी र ट्रमाको उपचारबारे खासै जानकारी नहुँदा ट्रमाको कारण धेरैले ज्यान गुमाउनु परेको छ । 

राष्ट्रिय ट्रमा सेन्टर स्थापना गर्दा देशैभर इमर्जेन्सी र ट्रमाको बारेमा जानकारी गराउने भन्ने उद्देश्य थियो । तर स्थापना भएको अहिलेसम्म नेपाल सरकारको सहयोगमा अभियान तथा तालिम सञ्चाल भएको पाइँदैन । तरहाडजोर्नी विशेषज्ञ डा. पौडेल आफैले पनि अन्य गैरसरकारी संस्थाको सहकार्यमा दुई जिल्लामा तालिमको लागि गएको बताउँछन् ।  

उनले अहिलेसम्म नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सिन्धुपाल्चोक र काभ्रेमा ट्रमा र इमर्जेन्सी सेवाको बारेमा स्वास्थ्यकर्मीलाई जानकारी गराएको थिए । तालिम दिने क्रममा  इर्मेजेन्सी अथवा एक्कासि मान्छेको मुटु नचलेको समयमा के गर्ने भन्ने बारेमा आफूहरूलाई जानकारी नभएको स्वास्थ्यकर्मीहरूकै आएको भएको डा. पौडेल अनुभव सुनाए । दुई जिल्लामा ३ दिनको तालिममा एक हजार जना स्वास्थ्यकर्मीलाई तालिम दिएको उनले सम्झँदै यस्तो तालिम नेपाल सरकारले नै दिन आवश्यक भएको बताए । स्वास्थ्यकर्मीलाई समय अनुसारको सडक दुर्घटनापछि गरिने उपचारको बारेमा तालिम दिने सक्ने हो भने धेरैको अकालमा हुने मृत्युलाई रोक्न सकिने स्वास्थ्य विज्ञहरू बताउँछन् ।  

तर अहिलेसम्म नेपालले इर्मेजेन्सी र ट्रमा कियरलाई प्राथमिकताको साथ हेरिएको पाइँदैन । अन्य रोगका बारेमा सरकारले चासो दिए पनि इमर्जेन्सी र चोटपटकको सवालमा भने खासै प्राथमिकतामा परेको देखिँदैन ।

उद्देश्यअनुसार चलेन ट्रमा 
भारत सरकारले इमर्जेन्सी तथा ट्रमा कियरका लागि ट्रमा सेन्टरको स्थापना गरिदियो । तर अहिले सो ट्रमा सेन्टरले अस्पतालको रूपमा मात्रै काम गरिरहेको छ । यस सेन्टरले ट्रमा र इमर्जेन्सीको विषयमा तालिम सञ्चालन गर्ने, राष्ट्रिय रूपमा के हुनुपर्छ भन्ने विषयमा खाका बनाउने अन्य स्थानमा पनि सञ्चाल गर्ने, उद्देश्य थियो  । त्योअनुसार सेन्टर जान नसकेको हाडजोर्नी विशेषज्ञ डा सन्तोष पौडेल बताउँछन् । 

विस्तारै सडक निर्माणले तीव्रतासँगै अत्यधिक मात्रामा सवारी साधन प्रयोग गर्ने सङ्ख्या पनि बढ्दै गइरहेको छ । कामको प्रकृतिले गर्दा विभिन्न कलकारखाना, उद्योगहरूमा पनि विभिन्न किसिमको दुर्घटना हुँदै आएका छन् । यी सबै कारणले गर्दा नेपालमा चोपटकबाट घाइते हुनेको सङ्ख्या बढ्दो छ । संरसारमा चोटपकटबाट हुने मृत्यु १० नम्बरभित्र नै पर्ने गरेको छ ।  

यसरी नै चोटपटकको घटना बढ्दै जाने हो भने चोपटकबाट हुने मृत्यु अबको एक दशमा पहिलो नम्बरमा पर्ने सक्ने प्रक्षेपण पनि गरिएको छ । काठमाडौँमा ट्रमा सेन्टरले काम गरे पनि भरतपुर अथवा नवलपरासीमा दुर्घटना भएको व्यक्ति दुर्घटना हुँदा कस्तो खालको उपचार पाउने र त्यो दुर्घटनाबाट तत्काल नै मृत्यु हुन नदिन कस्ता खालका उपाए अपनाउने बारे त्यहाँका स्वास्थ्यकर्मीले त्यो खालको उपचार गर्नुपर्ने हुन्छ । स्वास्थ्यकर्मी पनि तालिम प्राप्त हुनुप¥यो भने स्वास्थ्य संस्था पनि सक्षम हुनुपर्यो । इमर्जेन्सी र ट्रमामा यस्तो खालको सञ्जाल हुनुपर्छ भन्ने राष्ट्रिय ट्रमा सेन्टरको मनसाय हो ।   

उपचारमा एक रूपता हुनुपर्छ 
कुनै पनि रोगको उपचार होस् या ट्रमासम्बन्धी समस्या नै किन नहोस् । प्राथमिक स्वास्थ्य केन्द्रदेखि जिल्ला अस्पताल हुँदै अञ्चल अस्पतालमा पनि ट्रमाको उपचारको बारेमा जानकारी गराउनु आवश्यक छ । यस्ता विभिन्न स्वास्थ्य संस्थाका कर्मचारीलाई दुर्घटना भएको खण्डमा पहिलो चरणको उपचार गर्ने र सम्भव नहुँदा मात्रै अन्य ठाउँमा लाने बारेमा नागरिकलाई पनि बुझाउनुपर्ने राष्ट्रिय चिकित्सक महासङ्घका अध्यक्ष तथा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. सन्तोष पौडेल बताउँछन् । तर दुर्घटनापछि कुनै पनि स्वास्थ्य संस्थामा नलगी ठूलै अस्पतालमा लादा धेरैले बाटैमा ज्यान गुमाउँदै आइरहेका छन् । जुन नेपाली समाजले धेरै भोग्दै आइरहेको कुरा हो भने सबै स्वास्थ्यकर्मीसँग दुर्घटनापछि मृत्यु हुन नदिन अपनाउने उपाएबारे पनि खासै जानकारी छैन ।

दुर्घटनापछि केही मिनेट, केही घण्टामा मृत्यु हुने हुँदा त्यो महत्त्वपूर्ण समयलाई सबैले महत्त्वका साथ हेर्नुपर्ने देखिन्छ । डा. पौडेल भन्छन्, ‘ट्रमा अथवा चोटपटक लाग्दा कुन बिरामीलाई के उपचार गर्ने भन्ने सवालमा भने एक रूपता हुनुपर्छ ।’

जस्तै; एउटा खुट्टा भाचेर आएको बिरामीको उपचार यो गर्नुपर्छ भन्ने कुरा सोलुसुम्बुको स्वास्थ्यकर्मी र म काठमाडौँ ट्रमा सेन्टरमा बस्ने विशेषज्ञ चिकित्सकले पनि त्यही उपचार गर्नुपर्यो डा. पौडेल भन्छन् ।

उपचार पद्धति एउटै हुने हो भने नागरिकलाई पनि यस्तो उपचार जसले पनि गर्न मिल्छ है भन्ने खालको जानकारी दिनुपर्ने र यो  सवालमा राष्ट्रिय ट्रमा सेन्टरले भूमिका निर्वाह गर्नुपर्ने विज्ञहरूको भनाइ छ । 

चोट पटक अथवा हार्टअट्याक भएको बिरामीलाई पहिलो उपचार के गर्ने भन्ने विषयमा धेरै कुरा जानकारी नभए पनि ‘एसप्रिन’ नामको औषधि खुवाउने हो भने घटना हुनबाट जोगाउन सकिन्छ भन्ने बारेमा जानकारी हुनुपर्ने जसले हार्टअट्याकले ठूलो समस्या निम्त्याउन पाउँदैन । त्यसपछि के गर्ने भन्ने विषयमा सोच्नुपर्ने र यसरी उपचारको मेकानिजमको विकास गर्नुपर्ने डा. पौडेल बताउँछन् । 

दैनिक ६ देखि ७ जनाको मृत्यु
नेपालमा दैनिक दुर्घटनाबाट ६ देखि ७ जनाको मृत्यु भइरहेको छ । दैनिक ७ जनाको मृत्यु हुँदा वर्षमा २ हजार ५ सय ५५ जना दैनिक ६ जनाको हिसाब गर्ने हो भने पनि २ हजार १ सय ९० जनाले ज्यान गुमाउँदै आएका छन् । ज्याम गुमाउनेमध्ये सबैभन्दा धेरै युवा उमेरको व्यक्ति रहेका छन् । तर यस्तो महत्त्वपूर्ण विषयमा सरकारको ध्यान गएको देखिँदैन । 

नेपालमा संरचना, स्वास्थ्य संस्था र सम्बन्धित विषयको विज्ञ चिकित्सकहरू पनि छन् । तालिम सञ्चालन गर्ने हो भने सहयोग गर्ने संस्थाहरू पनि पाइन्छन् तर पनि सरकारले यो कामलाई प्राथमिकता दिएको पाइँदैन । आधिकारी रूपमा सरकारबाट नै चासो नदिँदा यस्तो समस्या भएको सम्बन्धित चिकित्सकहरूले बताउँदै आइरहेका छन् । 

ट्रमा सेन्टर जस्तो संस्थाले नेतृत्व लिएर तालिम लिने हो भने सहज हुने बताउँदै आइरहेका छन् । एम्बुलेन्सभित्र स्वास्थ्यकर्मी, उपचार सामग्री अनिवार्य राख्न सकेको खण्डमा इमर्जेन्सी र ट्रमाबाट अकालमा ज्यान गुमाउनेको सङ्ख्यामा कमी आउने देखिन्छ । हाडजोर्नीसम्बन्धी किताब, तालिमको सवालमा सरकारले काम गर्न सक्ने छ । 

घटना घट्दा घाइतेको निःशुल्क उपचार गर्ने भनेर भन्नेभन्दा पनि सरकारले ती समस्या कस्ता हुन् र कसरी पहिचान गर्ने, घटना घट्ने स्तरसम्म कसरी समस्या समाधान गर्ने भन्ने विषयमा नीति नै कमजोर भएको देखिन्छ । स्वास्थ्य नीति २०७१ र त्यसपछि बनेका स्वास्थ्य नीतिले योसम्बन्धी केही कुराहरू समेट्न खोजे पनि कार्यान्वयन गर्ने तहसम्म गएर यो बारेमा चिन्तन गरेको देखिँदैन । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...