केन्द्रीय संस्करण
संस्मरण

कम्युनिस्ट नेता पुष्पलालको ‘दसैँ’

person explore access_timeअसोज २२, २०७६ chat_bubble_outline0

अहिले दसैँको बेला छ । धेरै मानिसको जिज्ञासा के छ भने कम्युनिस्ट नेता पुष्पलाल प्रधानलगायतका कम्युनिस्ट नेताहरुले निर्वासनमा रहँदा र नेपालमा रहँदा दसैँलाई कसरी मनाउथे होलान् ? मैले पुष्पलालसँग लामो संगत गरेकाले पुष्पलालको दसैँ कस्तो हुन्थ्यो भन्ने स्मरण गर्दैछु । 

सागरनाथमा दसैँको रौनक

नेपालभित्र बस्दा अरूले जसरी दसैँ मनाउने हुन् पुष्पलाल र अन्य कम्युनिस्ट नेताले पनि त्यसैगरी मनाउने गर्दथे । तर, निर्वासनमा गइसकेपछि दसैँको खास रौनक हामीले पाएनौँ । प्रवासमा दसैँ आएजस्तो लाग्दैनथियो । दसैँको बेलामा खानेपिने, रमाइलो गर्ने र अफन्तहरूसँग भेटभाट, रमाइलो गर्नुपर्छ भन्ने जुन धारणा छ त्यो निर्वासन कालमा पुष्पलालमा थिएन ।

दसैँको बेलामा पनि उहाँ कहिले वनारसमा, कहिले बाहिरतिर र कहिले कतातिर हुनुहुन्थ्यो । पछिल्लो कालमा जब बीपी कोइराला पनि निर्वासित भएर वनारसको सागरनाथमा बस्न थाल्नुभयो, त्यसपछि चाहिँ सागरनाथमा दसैँको केही रौनक आउनथाल्यो । जाने, बस्ने भेटघाट गर्ने, आपसमा शुभकामना आदानप्रदान गर्ने कामहरू हुनथाल्यो ।  बीपी निर्वासित भइसकेपछि विशेषगरी सागरनाथमा साथीको खेतको घरमा बस्न थालेपछि दसैँ आयो कि जस्तो लाग्न थाल्थ्यो । तर बनारसमा बस्दा हामीले दसैँभन्दा रमाइलोसँग मनाउने गरेको पर्व थियो तिहार । तिहारमा भाइटिका नभए पनि देउसी र भैलो खेल्ने चलन थियो । त्यसबेला हामी विद्यार्थीहरू एउटा टिम बनाएर गीत, कविता लेखेर र बनाएर भैलो देउसीभैलो खेल्न नेपालीहरूको घरमा पुग्थ्यौँ । त्यसका लागि बीपी कोइराला बसेको ठाउँ सागरनाथमा पनि जान्थ्यौ । दसैँले खास नछोए पनि भारतीयहरूले पनि मान्ने गरेको हुनाले पनि हुनसक्छ । दीपावलीको जति रमाइलोपन दसैँमा हुँदैनथियो ।

जब बीपी कोइराला पनि निर्वासित भएर वनारसको सागरनाथमा बस्न थाल्नुभयो, त्यसपछि चाहिँ सागरनाथमा दसैँको केही रौनक आउनथाल्यो । जाने, बस्ने भेटघाट गर्ने, आपसमा शुभकामना आदानप्रदान गर्ने कामहरू हुनथाल्यो ।  बीपी निर्वासित भइसकेपछि विशेषगरी सागरनाथमा साथीको खेतको घरमा बस्न थालेपछि दसैँ आयो कि जस्तो लाग्न थाल्थ्यो ।


पुष्पलालको दसैँलाई हेर्ने दृष्टिकोण

पुष्पलालजीमा दसैँलाई हेर्ने परम्परागत दृष्टिकोण त छँदैथियो । तर पुष्पलालबाट दसैँ मनाउने काम चाहिँ भएन । वनारसमा बस्दा दसैँमा एक दिन भएपनि राम्रोसँग खानपिन गर्नुपर्छ भन्ने सोचाइ चाहिँ देखिन्थ्यो । तर दसैँमा देवी देवताका मन्दिरहरू जाने र पूजाआजा गर्ने काम हँुदैनथियो । वनारसमा द्वितीयम् ब्रह्मचारिणी, प्रथम शैलपुत्री चः भनेजस्तै सबै नवदुर्गाका नौवटा मन्दिरहरू छन् । ती मन्दिरहरूमा मानिसहरूको जमघट हुने, दर्शनार्थीहरूको भीडभाड हुन गर्छ । तर हामीहरू दसैँ मनाउने उद्देश्यले मन्दिरहरूमा जाने गर्दैनथियौँ ।

दसैँ चाडलाई लिएर पुष्पलालजीले कुनै नयाँ विचार वा धारणा बनाउनुभएको थिएन र त्यसवारे खासै छलफल पनि हुदैनथियो ।

दसैँलाई विभिन्न जातजातिहरूले विभिन्न किसिमले मनाउने चलन छ । नेपालमा दसैँमा खसीबोका काट्ने चलन छ तर बनारसमा त्यहाँका देवीदेवताका मन्दिरमा लगेर काट्ने चलन छैन । विभिन्न जातजातिहरुले विभिन्न ढङ्गले दसैँ मनाउँछन् भन्ने सोचाइ र बुझाइ पनि पुष्पलालमा थियो । तर दसैँकै बारेमा पुष्पलालको नयाँ सांस्कृतिक दृष्टिकोण, व्याख्या र विश्लेषण रहेको थाहा छैन ।


नेपालमा दसैँमा खसीबोका काट्ने चलन छ तर बनारसमा त्यहाँका देवीदेवताका मन्दिरमा लगेर काट्ने चलन छैन । विभिन्न जातजातिहरुले विभिन्न ढङ्गले दसैँ मनाउँछन् भन्ने सोचाइ र बुझाइ पनि पुष्पलालमा थियो । तर दसैँकै बारेमा पुष्पलालको नयाँ सांस्कृतिक दृष्टिकोण, व्याख्या र विश्लेषण रहेको थाहा छैन ।


एउटा कुरा के भने मातृसत्तात्मक समाजको यो एउटा प्रतीक हो । कुनै समयमा नेपालमा पनि अरू देशमा जस्तै मातृसत्तात्मक समाज थियो भन्ने कुराको यो एउटा सम्झना हो । त्यसैको परम्परा हो । यसैका आधारमा देवीहरूको पूजा गर्ने, चलन चलेको हो भन्ने व्याख्याविश्लेषण उहाँले गर्नुहुन्थ्यो । मातृसत्तात्मक समाज लेख्दा पनि उहाँले जीवित देवीका प्रसङ्ग लिएर आउनुभएको छ । तर यो भन्दाअघि दसैँको विशिष्ट योगदान अनि व्याख्या विश्लेषण गरेको पाइँदैन । मातृसत्तात्मक समाजको एउटा परम्परागत प्रतीक हो, सम्झना हो भन्ने रूपमा मात्रै लिएको हामीले पायौँ त्योभन्दा बढी पुष्पलालजीमा पाएनौँ ।

निर्वासित जीवनमा पर्वहरुको उत्साह कम

निर्वासित जीवन भएकाले पनि हुनसक्छ, त्यहाँ खासै नेपालमा जस्तो पर्वहरूमा उत्साह हुँदैनथियो । तर पर्वहरूमध्ये दीपावलीमा भने उत्साह पाइन्थ्यो । किनभने देउसीभैलो खेल्न सबै नेपालीकोमा जाने, खेलेको पैसाबाट नेपाली विद्यार्थीहरूको छात्रपरिषद्को कोष निर्माण गर्ने, पत्रपत्रिका छपाउन आर्थिक सङ्कलन गर्नेजस्ता कामहरू दीपावलीमा हुन्थे । तर दसैँमा बनारसमा बसेका नेपालीहरू (जो कासीवास बसेका हुन्छन्) उनीहरूमा पनि उत्साह देखिँदैनथियो ।

दुख भएपनि दसैँमा भिन्न खाना

दसैँमा भिन्न खाना भनेको माछामासु हुन्थ्यो । अरुबेलाभन्दा दसैँमा भएसम्म पुगेसम्म माछामासु थपिन्थ्यो । पुष्पलालजीमा गुलियो सुलियोमा त्यति ध्यान थिएन बरु माछामासुतिरै जोड गर्नुहुन्थ्यो ।


त्यतिबेला माछामासु खानलाई खर्चको जोहो गर्नुपथ्र्यो । कहिले साथीहरू जाँदा सहयोग गर्थे त्यसबेला भने राम्रै खाइन्थ्यो । साथीहरू गएनन् भने साधारण किसिमको खाना हुने भयो । त्यतिबेला पुष्पलालजीलाई खानपिनको दुःखदुःखै थियो ।


त्यतिबेला माछामासु खानलाई खर्चको जोहो गर्नुपथ्र्यो । कहिले साथीहरू जाँदा सहयोग गर्थे त्यसबेला भने राम्रै खाइन्थ्यो । साथीहरू गएनन् भने साधारण किसिमको खाना हुने भयो । त्यतिबेला पुष्पलालजीलाई खानपिनको दुःखदुःखै थियो । साथीहरुले संस्कृत विश्वविद्यालयको छात्रवासमा खान दिएको रोटी, दाल तरकरी ल्याइदिनुहुन्थ्यो । हामी कत्यो खान्थ्यौँ । त्यसरी पनि हामीले कति दिन, महिना र वर्ष वितायौ । कोही साथी, नातेदार र इस्टमित्र भइहरू काठमाडौँबाट पुग्यो भने त्योबेलामा माछामासु खानपिन हुन्थ्यो ।

साहानाले पठाएको पैसा थोरै हुन्थ्यो

साहानाजीले बेलाबेलामा पैसा पठाउने गर्नुहुन्थ्यो । तर त्यो पैसाको मात्रा थोरै हुन्थ्यो । उहाँहरूलाई पनि आर्थिक सङ्कट नै थियो । जस्तो म काठमाडौँ आउँदाखेरि खामभित्र हालेर २, ४, ५ सयसम्म मैले नै पनि लगिदिएको छु । त्योभन्दा बढी हुँदैनथियो ।

निर्वासनमा बस्दाको बसाइँ र खानपिन कष्टपूर्ण नै थियो ।

म बनारसमा पुष्पलालसँग धेरै समयसँगै बसँे । हाम्रो एउटै भान्सा थियो । उहाँसँग बसेको तीन चार वर्षपछि मेरो परिवार बनारस गए । परिवार आएपछि म बाहिर नेपाली निवास बाबु माधवप्रसादको घरमा बस्न थालेँ । त्याहाँ बस्दा माधवप्रसादका छोराछोरी सागर शर्मा र इला शर्मालाई होम ट्युसन गर्ने र बस्ने गथ्र्यौं ।

त्योबेलाका थुप्रै काम्रेरडहरूको जीवनपद्दति

बनारसमा हामी धेरै जना बस्ने भएपनि सामूहिक किसिमले चाडवाड मनाउने चलन थिएन । सवै एक ठाउ जम्मा भएर टीका, जमरा लगाउने चलन थिएन । नेपाल आउँदा दसैँ आएजस्तो लाग्थ्यो तर त्यहाँ त्यस्तो अनुभव हुँदैनथियो ।

बीपी आएपछि जमघट बढ्यो

बीपी सागरनाथ गएपछि भने जमघट बढ्न थाल्यो ।

जमघट भएपनि टीका हुँदैनथियो ।

दसैँ, तिहारका बारेमा सांस्कृतिक चिन्तन र सामान्य छलफलहरू नभएपनि अघिपछिका सांस्कृतिक प्रशिक्षणमा सामान्य छलफलहरु हुन्थे ।

तर विशेष गरेर दसैँको संस्कृतिका पक्षमा वा त्यसमा केन्द्रीत रहेर छलफलको आयोजना गर्ने चलन थिएन ।

समाज विकासक्रममा आफै रूपान्तरण

दसैँलाई रूपान्तरण गर्नुपर्छ भन्ने पुष्पलालमा थिएन । परम्परागत रूपमा मानिसहरूले जसरी मानिरहेका छन् । समाज विकासक्रमा यो आफै रूपान्तरण हुँदै जान्छ भन्ने नै रहेको बुझिन्थ्यो । हामीले जबर्जस्ती रूपान्तरण गरेर यो रूपान्तरण हुँदैन । बाहिरी सतहमा देखिएपनि त्यसको आन्तरिक जीवनमा रूपान्तरण हुनका लागि सांस्कृतिक रूपमै रूपान्तरण गर्न समाजमै त्यस किसिमको विकास हुँदैजानुपर्छ । समाज जसरी विकसित हुँदै जान्छ, सांस्कृतिक चिन्तनहरू पनि त्यसरी नै विकसित हुँदै जान्छन् भन्ने नै थियो । तर समाज भन्दा सांस्कृतिक चिन्तन अलि ढिलो र सुस्त गतिले रूपान्तरित हुन्छ भन्ने विषयहरूमा छलफल हुन्थे । रूपान्तरणका लागि मार्गदर्शन गर्नुपर्छ अथवा आफूले त्यो जीवनपद्धति अँगालेर एउटा नमुना बन्नुपर्छ भन्ने सोच खासै आएन ।


दसैँलाई रूपान्तरण गर्नुपर्छ भन्ने पुष्पलालमा थिएन । परम्परागत रूपमा मानिसहरूले जसरी मानिरहेका छन् । समाज विकासक्रमा यो आफै रूपान्तरण हुँदै जान्छ भन्ने नै रहेको बुझिन्थ्यो । हामीले जबर्जस्ती रूपान्तरण गरेर यो रूपान्तरण हुँदैन ।


बढी राजनीतिले नै खिचेकाले होला पुष्पलालजीले चाडपर्वको बारेमा त्यसबारे लेख्नुपनि भएन ।

तर उहाँले नारीसत्ताको बारेमा लेख्नुभएको छ ।

मातृसत्तात्मक समाजमा छ । चाडपर्व पनि मातृसत्ताको परम्परागत रूप भन्ने थियो ।

निर्वासनबाट काठमाडौँ फर्किसकेपछि...

३५ सालमा पुष्पलाल बित्नुभयो । ३६ सालमा जनमत सङ्ग्रह घोषणा भयो । जनमत सङ्ग्रहको घोषणा भएपछि हाम्रो पार्टीले चित्रबहादुर गुरुङ, म र सहाना प्रधानलाई जनमत सङ्ग्रहमा बहुदलीय व्यवस्थाको प्रचार प्रसारमा संलग्न भएर देशव्यापी अभियान सञ्चालन गर्ने जिम्मा दियो । त्यो जिम्मा दिएपछि म नेपाल फर्किएँ ।


जनमत सङ्ग्रहको घोषणा भएपछि हाम्रो पार्टीले चित्रबहादुर गुरुङ, म र सहाना प्रधानलाई जनमत सङ्ग्रहमा बहुदलीय व्यवस्थाको प्रचार प्रसारमा संलग्न भएर देशव्यापी अभियान सञ्चालन गर्ने जिम्मा दियो । त्यो जिम्मा दिएपछि म नेपाल फर्किएँ ।


नेपाल फर्किसकेपछि मेरो समय (जनमत सङ्ग्रहको वर्ष) काठमाडौँमै बित्यो । हामी त्यतिबेला ठहिँटीमा बस्थ्यौँ । ठमेलमा रातो युगधारा भन्ने पत्रिका थियो । त्यसका प्रकाशक (मालिक)का छोरालाई म ट्युसन पढाउँथे । त्यहीँबाट आएको पैसाले मेरो खर्च धानेको थियो । प्रकाशक तीर्थ ज्यापू भन्ने व्यक्ति थिए र म उनैको छोरालाई ट्युसन पढाउँथे । त्यतिबेला रघुजी पन्तले पनि त्यहीँ काम गर्नुहुन्थ्यो । मलाई पत्रिकाप्रति त्यति चासो थिएन । मेरो काम त्यहाँ जाने र पढाउने, आफूले जानेको सिकाउने मात्रै हुन्थ्यो । कृष्णदास पनि त्यहाँ नै हुनुहुन्थ्यो त्यतिबेला । उहाँ आउने गर्नुहुन्थ्यो । कृष्णदाससँग त्यहीँ नै मेरो चिनजान भएको हो ।

(१९९९ सालमा गुल्मीको मानकोटमा जन्मनुभएका ज्ञवाली नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका सबैभन्दा निकटस्थमध्येका एक हुनुहुन्छ । उहाँले नेपाली कांग्रेसका नेता बिपीसँगको संगतमा धेरै समय विताउनुभएको छ । पुष्पलालको त्यसवेलाको दसैँ कस्तो हुन्थ्यो, कसरी मनाउनुहुन्थ्यो ? पाठकको जानकारीका लागि ज्ञवालीका अनुभव पस्केका छौ–सम्पादक )

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...