केन्द्रीय संस्करण

कविताः सम्झना

person explore access_timeमंसिर २८, २०७६ chat_bubble_outline0

-राजन पराजुली


 जब आकाशमा औँसी हटेर जून लाग्छ
 त्यसै बेला तिमीलाई सम्झन्छु
एक्लै पागल सही म भाँैतारिएको हुन्छु
 त्यसैबेला तिमीलाई सम्झिन्छु

बाटोमा जोडी जोडी बनेर हिँडेको देख्छु
हातले हात समाएर मस्की मस्की रमेको देख्छु
खुला चौरमा प्रेमिकाको न्यानो काखमा
चल्दै चल्दै निदाएको देख्छु
म आफ्ना आँखाबाट बर्र आँशुका ढिका खसाई
  त्यसैबेला तिमीलाई सम्झन्छु

भात खाँदा खाँदै गलले कुक्क बाडुली लाग्दा
मन्दिरमा पतिको लामो आयुका लागि
पूजा गर्न नारीहरूको भीड लागेको देख्दा
मेरो कमलो मन छिन भरमै भक्कानिन्छ
  त्यसैबेला तिमीलाई सम्झन्छु

जाडोले थर्थर काम्दा
तिम्रो रातो पछ्यौरीले मलाई ओडाउँथ्यौ
चिसोले मार्छ है भन्दै
बाक्लो बाक्लो लुगा लगाइ दिन्थ्यौँ
जाडो याममा आकाशबाट झरेका
चिसो शीतका थोपाले शरीरलाई भुक्क हान्दा
त्यसै बेला तिमीलाई सम्झन्छु

हिजो आज तिमीबिनाको यो रात बौलाह लाग्छ
हिजो आज तिमीबिनाको समय लामो लाग्छ
हिजोआज तिमीबिनाको दिन अँध्यारो लाग्छ

तिमी थियौ र त म थिएँ
तिमीसँग बिताएका हरेक पलहरूले
मेरो मुटुनिर भुक्क हान्दा
म सपनाबाट बिउझिएझँै हुन्छु
तिखा तिखा काडाँले
च्वाच्स घोचेझैँ हुन्छ
भित्ताको त्यो ठूलो माला लगाइएको
तिम्रो तस्बिर एक्कासि देख्छु
हो त्यसै बेला तिमीलाई सम्झिन्छु


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...