केन्द्रीय संस्करण
मधेस आन्दोलनको १३ वर्ष

‘त्यो बेला उपेन्द्र यादवले दूतावासको दबाब थेग्न सक्नुभएन’

person explore access_timeमाघ ५, २०७६ chat_bubble_outline0

पहिलो मधेस आन्दोलनको नेतृत्व तत्कालिन मधेसी जनअधिकार फोरम नेपालले गरेको थियो । त्यसपछि भएको दोस्रो मधेस आन्दोलनमा तत्कालिन फोरम नेपालसहित तत्कालिन सद्भावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल सहभागी थियो । दोस्रो आन्दोलनबाट नै २०६४ फागुन १६ गते ८ बुँदे सम्झौता भएको थियो । त्यो सम्झौतालाई मैले कहिल्यै स्वीकार गरेको थिइनँ ।

पहिलो मधेस आन्दोलनलाई तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सम्बोधन गर्दा सद्भावना पार्टीले घ्यूका लड्डु बाँडेको थियो । त्यतिबेला मधेसको ९० प्रतिशत माग पुरा भयो भन्ने सद्भावना पार्टी नै हो । दोस्रोचरणका आन्दोलनका लागी तीन दलको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा गठन भएको थियो । मोर्चाले आन्दोलन शुरु गरेको थियो तर सद्भावना पार्टी र तमलोपाको जहिले पनि आन्दोलनमा फरकमत हुन्थ्यो ।

हामी (उपेन्द्र यादव र जेपी गुप्ता) ले पहिलो मधेस आन्दोलनमा भएको २२ बुँदे सम्झौता कार्यान्वयन हुनुपर्छ भन्दै आन्दोलनमा माग उठाउँदा उहाँहरु त्यसमा सहमत हुनुहुन्थेन । वहाँहरुले जहिले पनि २२ बुँदे सम्झौताको कुरा यो (दोस्रो आन्दोलन) आन्दोलनमा नउठाउन आग्रह गर्नुहुन्थ्यो । राजेन्द्र महतो र महन्थ ठाकुरले २२ बुँदे सम्झौता नै गलत थियो भन्नुहुन्थ्यो । बरु अहिले कुनै सम्झौता गरौँ र संविधानसभा चुनावमा सहभागी हौँ भन्नेमा वहाँहरु हुनुहुन्थ्यो ।

मेरो र उपेन्द्रजीको धारणा फरक थियो । पहिलो मधेस आन्दोलनमा राज्यले धोका दियो । यसपटक कडा आन्दोलन गर्नुपर्छ र उठाइएका सम्पूर्ण मागहरु पुरा गराउनुपर्छ । यसपाली कडा भएर नै जाने मेरा र उपेन्द्रजीको सहमति थियो । यो कुरामा राजेन्द्रजी र महन्थजीले भिन्न मत राख्नुहुन्थ्यो ।


म अझै पनि आन्दोलनलाई कडा बनाएर नै जानुपर्छ भने पक्षमा थिए । उपेन्द्रजीलाई पनि मैले यो कुरामा कन्भिन्स गरिरहेको थिएँ । उहाँ पनि आन्दोलनकै पक्षमा हुनुहुन्थ्यो तर उहाँमाथि यस्तो दबाब आयो कि उहाँ गल्नुभयो । फागुन १३, १४ र १५ गते लगातार वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा उपेन्द्रजी जानुभयो । उहाँ दूतावास निरन्तर जान थालेपछि मलाई उहाँमाथि शङ्का लाग्न थाल्यो ।


आन्दोलनले गति पक्डन थालेपछि वार्ताका लागि विभिन्न दबाबहरु आउन थाल्यो । उहाँहरुले वार्ता गरिहालौँ भन्नुहुन्थ्यो तर हामी हल्का ढङ्गले वार्ता नगर्ने पक्षमा थियौँ । त्यसपछि म र उपेन्द्र यादवले एउटा कुरामा सल्लाह गर्यौं । मधेसको केन्द्र वीरगञ्ज हो । आन्दोलनको केन्द्र त्यहाँ बनाउनुपर्छ । त्यहाँ बसेर आन्दोलनको रणनीति बनाएर अगाडि बढ्नुपर्छ । उपेन्द्रजीले पनि मान्नुभयो ।

काठमाडौंभन्दा बाहिर बसेपछि वार्ताका लागी अनावश्यक दबाब पनि आउँदैन भनि हामी दुवैजना वीरगञ्ज गएका थियौँ । पार्टीका एकजना नेताको घरमा हामीहरु बस्न थाल्यौँ । आन्दोलनलाई व्यवस्थित तरिकाले अगाडि बढाउन थाल्यौँ । त्यतिबेला महन्थ ठाकुर र राजेन्द्र महतो काठमाडौँमै हुनुहुन्थ्यो । राजेन्द्रजी कहिले काँही मधेस झर्नु हुन्थ्यो । महन्थ ठाकुरले कहिल्यै काठमाडौं छाड्नु भएन ।

पहिलो मधेस आन्दोलनमा २२ बुँदे सम्झौता गरेर उपेन्द्रजीले अपमानित महसुस गर्नुभएको थियो । त्यतिबेला भारतको दबाबमा उहाँ सम्झौता गर्न बाध्य हुनुभएको थियो । ती कुराहरु सोचेर उपेन्द्रजीले आन्दोलनलाई कडा बनाउँदै राज्यलाई झुकाउन दृढ हुनुभएको थियो । त्यसैले यसपटक हामीलाई कसैले दबाब नदियोस् भनेरै वीरगञ्जलाई आन्दोलनको मुकाम बनाएका थियौँ ।

आन्दोलन दिनदिनै कडा हुँदै गइरहेको थियो । राज्यको दमन पनि त्यस्तै थियो । काठमाडौँमा रहनुभएका राजेन्द्र महतो र महन्थ ठाकुर भने पटक–पटक राज्यसँग कुरा गर्ने, भारतीय दूतावास धाउने काम गरिरहनु भएको हामीले वीरगञ्जमा थाहा पाएका थियौँ । तर, उहाँहरुले सरकारसँग कुरा गर्दा त्यसको बारेमा हामीलाई औपचारिक रुपमा कुनै जानकारी दिनुहुन्नथियो । भित्रभित्रै सम्झौताका ड्राफ्टहरु तयार गर्नुहुन्थ्यो । पछि थाहा पायौँ कि महन्थ ठाकुर र राजेन्द्र महतोले त दूतावासको रोहबरमा राज्यसँग केही सम्झौता गर्नुभयो रे । तर, के–के सम्झौता गर्नुभएको छ भन्ने बारेमा चाहिँ हामीलाई जानकारी थिएन ।

उहाँहरुले राज्यसँग गरेको ‘सहमति’ पछि २०६४ फागुन १२ गतेदेखि नै हामीलाई पनि वार्ता गरी सम्झौतामा आउन दबाब पर्न थाल्यो । काठमाडौँमा रहनुभएका राजेन्द्र महतोले वीरगञ्जमा रहनु भएका लक्ष्मणलाल कर्णलाई राज्यसँग भएको कुराकानीको बारेमा जानकारी गराउनु हुन्थ्यो । यता, लक्ष्मणलाल कर्ण ती कुराहरु हामीलाई सुनाउन आउनुहुन्थ्यो । लक्ष्मणलाल कर्णजीबाट एक प्रकारको दबाब नै हुन्थ्यो । लक्ष्मणलाल कर्णले उपेन्द्र यादवसँग पटक–पटक भेट्नु हुन्थ्यो । उहाँहरु बीचमा घण्टौँ गोप्य कुरा हुन्थ्यो । त्यो कुराको जानकारी मलाई हुँदैन्थ्यो ।


फागुन १५ गते साँझ उपेन्द्रजीले मसँग गोप्य कुरा सेयर गर्नुभयो । ‘राजेन्द्र महतो र महन्थ ठाकुरले केही सम्झौताको ड्राफ्ट तयार गर्नुभएको छ । त्यो कुराको जानकारी मैले पाएँ, त्यसमा सहमति गर्न निकै दबाब छ के गरौँ,’ भन्दै उहाँले सोध्नुभयो । ‘हुँदैन, आन्दोलनले यस्तो उचाइँ लिएको बेला यस्तो कसैको दबाबमा कुनै सम्झौता गर्नुहुँदैन । केहीदिन अझै पर्खौँ, कडा मागहरु हामी राखौँ । राज्य र भारतीय दूतावासको अगाडी नझुकौँ,’ भनेर मैले भनेको थिए ।


म अझै पनि आन्दोलनलाई कडा बनाएर नै जानुपर्छ भने पक्षमा थिए । उपेन्द्रजीलाई पनि मैले यो कुरामा कन्भिन्स गरिरहेको थिएँ । उहाँ पनि आन्दोलनकै पक्षमा हुनुहुन्थ्यो तर उहाँमाथि यस्तो दबाब आयो कि उहाँ गल्नुभयो । फागुन १३, १४ र १५ गते लगातार वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा उपेन्द्रजी जानुभयो । उहाँ दूतावास निरन्तर जान थालेपछि मलाई उहाँमाथि शङ्का लाग्न थाल्यो ।

फागुन १५ गते साँझ उपेन्द्रजीले मसँग गोप्य कुरा सेयर गर्नुभयो । ‘राजेन्द्र महतो र महन्थ ठाकुरले केही सम्झौताको ड्राफ्ट तयार गर्नुभएको छ । त्यो कुराको जानकारी मैले पाएँ, त्यसमा सहमति गर्न निकै दबाब छ के गरौँ,’ भन्दै उहाँले सोध्नुभयो । ‘हुँदैन, आन्दोलनले यस्तो उचाइँ लिएको बेला यस्तो कसैको दबाबमा कुनै सम्झौता गर्नुहुँदैन । केहीदिन अझै पर्खौँ, कडा मागहरु हामी राखौँ । राज्य र भारतीय दूतावासको अगाडी नझुकौँ,’ भनेर मैले भनेको थिए ।

तर उपेन्द्रजीले भन्नुभयो, ‘त्यो सम्झौतामा मैले हस्ताक्षर गरिनँ भने उहाँहरुले (राजेन्द्र र महन्थ) सम्झौतामा हस्ताक्षर गरेर आन्दोलन स्थगित गर्न सक्छन् । तीन घटकमध्ये दुईघटकले सम्झौता गरेर आन्दोलन स्थगित गर्यो भने हामीलाई घाटा लाग्न सक्छ । हामीले माग गर्दै आएको संविधानसभाको चुनावमा सहभागी पनि हुनसक्दैनौँ । त्यसैले हामी पनि सम्झौतामा हस्ताक्षर गरौँ ।’ दूतावासले फोरम नेपाल विभाजन गरिदिने धम्की पनि दिइरहेको कुरा सुनाउनुभयो ।

मैले भनेँ, ‘पार्टीमा हामी दुईजना छौँ । दुईजना सहमत भएपछि कसले पार्टी विभाजन गर्छन् ?’

‘पैसाको अगाडी हाम्रो केही चल्दैन । जो कोहीबाट पनि पार्टी विभाजन गराउन सक्छ,’ भनेर उपेन्द्रजीले भन्नुभएको थियो ।

तैपनि मैले मानेको थिइनँ । आन्दोलन जारी नै राख्नुपर्छ भन्ने मेरो अडान थियो । ‘राजेन्द्र महतो र महन्थ ठाकुरले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो भने हामीलाई झन् राम्रो हुन्छ । हामीले उहाँहरुको भण्डाफोर गर्दै आन्दोलनलाई झन् गति दिनसक्छौँ,’ भनेर मैले वहाँलाई सम्झाउने प्रयास गरेँ । मेरो कुरा सुनेपछि वहाँ तत्कालिन अवस्थामा कन्भिन्स पनि हुनुभएको थियो ।

फागुन १६ गते जब लक्ष्मणलाल कर्ण हामी बसेको ठाउँमा आउनुभयो, सबै कुरा बिग्रियो । उपेन्द्र यादवसँग उहाँले गोप्य छलफल गर्नुभयो । दुई जनाको बीचमा के–के कुरा भयो मलाई थाहा भएन ।

http://www.nagariktimes.com/wp-content/uploads/2017/06/8-Bude.jpg

उपेन्द्रजी आएर एक्कासी मलाई भन्नुभयो, ‘हेलिकप्टर आएको छ, म सम्झौतामा हस्ताक्षर गर्न जान्छु ।’ म लगायत केही नेताहरुले उपेन्द्र यादवलाई रोक्ने प्रयास गर्यौँ तर उहाँले मान्नुभएन । हामी बसेको ठाउँमा प्रहरी पनि आइसकेको थियो । प्रहरीको स्कर्टिङ्गमा उहाँ राती ७ बजे सिमरा एयरपोर्ट जानुभयो । बालुवाटारमा गएर आठ बुँदे सम्झौता गर्नुभयो, जुन पहिलादेखि नै तयारी अवस्थामा थियो ।

त्यसको भोलिपल्ट म काठमाडौं नगइकन सिधै विराटनगर गए । मलाई त्यो आठ बुँदे सम्झौता नै मन परेको थिएन । तैपनि मसँग विकल्प थिएन । लाज पचाएर भए पनि सरकारसँग भएका सम्झौताहरु कार्यान्वयनमा आउनुपर्छ भनेर सरकारमाथि दबाब दिन थाले । जुन आजसम्म निरन्तर छ ।

(तराई मधेस राष्ट्रिय अभियानका संयोजक समेत रहेका जेपी गुप्तासँग रातोपाटीले गरेको कुराकानीमा आधारित)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...