केन्द्रीय संस्करण

मेडिसिटी अस्पतालमा अत्याधुनिक बाल सघन उपचार केन्द्र सञ्चालनमा

person explore access_timeमाघ ८, २०७६ chat_bubble_outline0

ललितपुर– नेपाल मेडिसिटी अस्पतालको बाल सघन उपचार केन्द्र अर्थात पी.आइ.सी.यु.को बुधबार उद्घाटन गरिएको छ । 

२४सै घण्टा ७ दिन सञ्चालनमा रहने बालबालिकाकै लागि समर्पित सघन उपचार केन्द्रको  अस्पतालका चिकित्सकहरुले रिबन काटेर उद्घाटन गरेका छन् ।

अन्तर्राष्ट्रिय उपचार मापदण्ड अनुसार अहिलेको जनसंख्यालाई मध्यनजर गर्ने हो भने पी.आइ.सी.यु.को धेरै महत्व भएका कारण नेपाल मेडिसिटी अस्पतालले यस किसिमको बाल सघन उपचार कक्षको सञ्चालनमा जोड दिएको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी गराए ।

बालरोग विशेषज्ञ चिकित्सकहरुको निगरानीमा रहि उपचार गरिने समर्पित सघन कक्षले बालबालिकाको उपचारमा थप टेवा पुग्ने अपेक्षा राखिएको बालरोग विशेषज्ञ डा. आन्या शर्माको छ । 

माघ ८ गते बुधबारबाट शुभारम्भ भएको पी.आइ.सी.यु.मा हालका लागि १० बेडको व्यवस्था गरिएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...