केन्द्रीय संस्करण

भक्तपुरबाट लागूऔषधसहित ५ जना पक्राउ

person explore access_timeमाघ २९, २०७६ chat_bubble_outline0
सांकेतिक तस्बिर

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले लागुऔषध सहित जिल्लाका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । मंगलबार मध्यपुर ठिमी नगरपालिका वडा न.४ चारदोबाटोबाट लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र परिसर भक्तपुरबाट खटिएको टोलीले ३ जनालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २६ वर्षीय राम कुमार खड्का, भक्तपुर सूर्यबिनायकको कटुन्जे बस्ने २५ वर्षीय राधे मग्राती र  काभ्रेपलाञ्चोक नमोबुद्धका १९ वर्षीयको सुरेश भुजेल रहेको परिसर भक्तपुरले जानकारी दिएको छ । प्रहरीले उनीहरुको साथबाट नाइट्रोपाम ३ सय ३० ट्याब्लेट सहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । 

त्यसैगरी माघ २४ गते सूर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारमा घर निर्माणको काम गर्दै आएका २ जनालाई पनि प्रहरीले लागूओषधसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार मोरङ कञ्चनबारी गा.पा. ९ घर भई हाल काठमाण्डौ थानकोट बस्ने बर्ष ३१ को मनोज अधिकारी र भारत मोतिहारी जिल्ला घर भइ हाल सिरुटार बस्ने बर्ष ४३ को मनेजर शर्मालाई पक्राउ गरेको छ । 

उनीहरुको साथबाट डाईजोपाम ३७ थान र फेनेरागन ३० थान सहितप्रहरी टोलीले नियन्त्रणमा लिएको परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिए । प्रहरीले पक्राउ परेका पाँच जनालाई जिल्ला अदालत भक्तपुरमा पेश गरी  लागुऔषध सम्बन्धी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.