केन्द्रीय संस्करण

बेलायती अर्थमन्त्री जाविदद्वारा राजीनामा, राजीनामालगत्तै सुनक नियुक्त

person explore access_timeफागुन १, २०७६ chat_bubble_outline0

एजेन्सी । बेलायतका अर्थमन्त्री साजिद जाविदले आफ्नो पदबाट बिहीबार राजीनामा दिएका छन् । प्रधानमन्त्री बोरिस जोनसनले जाविदको राजिनामा स्वीकृत गर्दै नेता ऋषि सुनकलाई नयाँ अर्थमन्त्रीको रूपमा नियुक्त गरेका छन् ।

उनान्चालीस बर्षीय सुनक एक व्यापारीक पृष्ठभूमिबाट अर्थमन्त्री बनेका छन् भने उनले बेलायतको राजस्व हेर्ने मुख्य सचिवको जिम्मेवारी सम्हाल्हेका थिए । 

डिसेम्बरको चुनावमा संसदमा बहुमत ल्याएपछि बनेको जोनसन सरकारले आफ्नो मन्त्रिपरिषद्को पहिलो फेरबदलमा अर्थमन्त्रीलाई पारेको जाविदका प्रवक्ताले पुष्टि गरेका छन् ।

बेलायतको समाचार संस्था प्रेस एसोसिएसनले जाविदको निकटस्थ एक अज्ञात स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘जोनसनले जाविदलाई आफ्नो सहयोगीहरूको समूहबाट बर्खास्त गर्न चाहेको तर उनले अस्वीकार गरेपछि राजिनामा दिनुभएको छ ।’

“उहाँले चान्सलर अफ एक्सचेकरलाई पनि अस्वीकार गर्नुभएको छ,’ स्रोतले भन्यो । ‘प्रधानमन्त्रीले अर्थमन्त्रीका सबै विशेष सल्लाहकारलाई हटाई संयुक्त अधिराज्यको सल्लाहकारको एउटै समूह बनाउने तयारी गरेपछि जाविदले राजिनामा दिनुभएको हो ।’ ‘कुनै पनि स्वाभिमानी मन्त्रीले यी सर्तहरू स्वीकार गर्दैनन्,’ उनले बताए ।
बेलफास्टमा गठबन्धन सरकारको पुनः स्थापनाका लागि भूमिका निभाएका उत्तरी आयरल्याण्डका मन्त्री जूलियन स्मिथलाई प्रतिस्थापित गरेपछि असन्तुष्ट बनेका जाविदले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको हो । पचास वर्षीय जाविद एक वरिष्ठ बैंकरबाट राजनीतिमा आएका थिए । पूर्व अर्थमन्त्री फिलिप ह्यामण्डको स्थानमा अर्थमन्त्री हुनुभन्दा पहिले उनले गृहमन्त्रीको जिम्मेवारी सम्हाल्हेका थिए । Photo:BBC

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...