केन्द्रीय संस्करण

अख्तियारद्वारा इन्जिनियर चौधरीविरुद्ध ३५ लाख माग दाविसहित आरोपपत्र दायर

person explore access_timeफागुन २, २०७६ chat_bubble_outline0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर जितेन्द्र कुमार चौधरीविरुद्ध ३५ लाख भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

अख्तियारका अनुसार सिनियर डिभिजन इन्जिनियर चौधरीले उक्त कार्यलयमा कार्यालय प्रमुख रहँदा भूमि इन्फ्रास्ट्रक्चर प्रालिबाट विभिन्न मितिमा श्रीमतिको खातामा रकम जम्मा गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा उनले मोविलाइजेसनका नाममा ३५ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको जनाएको छ । 

अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले शुक्रबार चौधरीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार घुसवापतको रकम जफत मागदावी सहित आरोपपत्र  दायर गरेको जानकारी दिए । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...