केन्द्रीय संस्करण

वडाअध्यक्षसहित ६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर

person explore access_timeफागुन २, २०७६ chat_bubble_outline0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष थापाले खानेपानीको उपभोक्ता समितिको अध्यक्षसमेत आफै बनेर किर्ते कागजपत्र बनाएर भुक्तानी लिएको अख्तियारको आरोप छ । 

उनले झुठा काम नगरी झठा कागजपत्र बनाएर ६ लाख रकम भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।  त्यसैगरी सोही गाउँपालिकाका कार्यालय प्रमुख प्रशासकीय अधिकृत निरञ्जन पाख्रिन र लेखापाल सुरेन्द्र तितजुले प्राविधिक प्रतिवेदन तयार गरेकाले उनीहरुविरुद्ध पनि मुद्दा दायर गरेको अख्तियारको ठहर छ । 

त्यस्तै सोही गाउँपालिका वडानम्बर ५ का बाबुलाल जोशी र दलबहादुर श्रेष्ठले खानेपानी आयोजनाको पाइप किन्दा ३ लाख भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

त्यसैगरी खानेपानी कार्यलयका सव इन्जिनियर लिलबहादुर पाण्डेले पेट्कु खानेपानी आयोजनमा भुक्तानी सम्पन्नको गलत प्रतिवेदन तयार गरी भुक्तानी दिएको आरोप अख्तियारको छ ।  
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...