केन्द्रीय संस्करण

रोचक रमाइला तथ्यहरु, पढेर तपाईं पनि छक्क पर्नु हुनेछ !

person explore access_timeफागुन १९, २०७६ chat_bubble_outline0

 

T.F.M. को अर्थ

कतिपय नुहाउने साबुनहरुमा T.F.M.  लेखिएको पाइन्छ । के तपाईंलाई थाहा छ– यसको अर्थ के हो ? वास्तवमा, T.F.M.  को अर्थ हो– Total Fatty Matter । यसले त्यस साबुनमा कति प्रतिशत चिल्लो पदार्थ राखिएको छ भन्ने कुरा जनाउँदछ ।

यसरी बन्छ दूधबाट दही

https://sharmilablogs.files.wordpress.com

दूधलाई निश्चित तापक्रममा लामो समयसम्म छाड्ने हो भने, त्यसमा मोइक्रोन्स नामक व्याक्टेरिया क्रियाशील हुन्छ । त्यस ब्याक्टेरियाले दूधलाई फटाइदिन्छ । उक्त व्याक्टेरियाले दूधमा पाइने ल्याक्टोजलाई पनि लेक्टिक एसिडमा परिवर्तन गरिदिन्छ । फलतः दहीको स्वाद अमिलो अमिलो बन्न जान्छ ।

छाताको कथा

https://imgaz1.staticbg.com

हज्जारौं वर्ष पहिलेदेखि नै घाम तथा पानीबाट बच्न छाता ओढ्ने चलन रहेको पाइन्छ । प्राचीन कालमा कतिपय समाजमा त छाताको आकार र रंगले तिनीहरुको सामाजिक हैसियत समेत दर्शाउने गथ्र्यो । छाताको आविष्कार कहिले र कसले गर्यो भन्ने कुरा अहिलेसम्म किटानी भन्न सकिने स्थिति छैन । तर इतिहासकारहरुको मतमा छाताको आविष्कार चीनमा भएको हो ।

भाषाबारे यो तथ्य

https://www.euromondialelanguages.com

संसारमा सबैभन्दा बढी देशहरुमा बोलिने भाषा अंग्रेजी हो । तर सबैभन्दा बढी बोलिने भाषा चाहिँ चिनियाँ भाषा (Mandarin) हो । संसारमा करीब तीन हजारवटा विभिन्न भाषाहरु बोलिन्छन् । औसत रुपमा एउटा व्यक्तिले एक दिनमा ४ हजार वटा शब्दहरु बोल्ने गर्छन् । संसारमा सबैभन्दा बढी शब्दहरु भएको भाषा अंग्रेजी हो । सबैभन्दा सानो शब्द अंग्रेजी वर्णमालाको A हो भने सबैभन्दा बढी बोलिने अक्षर पनि अंग्रेजी वर्णमालाकै I हो ।

सबैभन्दा बढी बच्चा हुने राष्ट्रपति

https://www.history.com

अमेरिकाको इतिहासमा सबैभन्दा बढी बालबच्चा हुने राष्ट्रपतिको रुपमा जोन टायलर (John Tyler) को नाम अग्रपंक्तिमा आउँछ । अप्रिल ६, १८४१ देखि मार्च ३, १८४५ सम्म अमेरिकाको राष्ट्रपति पद सम्हालेका जोन टायलरका जम्मा १५ जना बालबच्चाहरु थिए ।

यो बर्बादी !

बितेको २५ वर्षभित्रमा यस संसारका एक तिहाई प्राकृतिक स्रोतहरु नष्ट भइसकेका छन् । यसो हुनुको मूल कारण चाहिँ विश्वमा अनियन्त्रित रुपमा बढ्दो जनसंख्या र  प्रकृतिमाथि मानिसको अन्धधुन्ध हमला नै हो । यसको परिणामस्वरुप, जंगल, नदी तथा समुद्रमा पाइने ३० प्रतिशत जीवजन्तुहरु यस विश्वबाट लोप भइसकेका छन् ।

शनि ग्रहको चुम्बकीय क्षेत्र

प्रत्येक ग्रहको चुम्बकीय क्षेत्र हुन्छ । कुनै ग्रहको कम हुन्छ त कुनै ग्रहको बढी । अमेरिकाको मानवरहित यान ‘पायोनियर– ११’ ले पत्ता लगाएअनुसार, शनिग्रहको चुम्बकीय क्षेत्र पृथ्वीको भन्दा १,००० गुना बढी शक्तिशाली छ । तर बृहस्पति ग्रहको भन्दा चाहिँ २० गुना कमजोर । हेक्का रहोस्, उक्त अमेरिकी यान सन् १९७९ मा शनिग्रहको २०,८०० किलोमिटर नजिकबाट उडेको थियो ।

प्रकाशको गति

अति छिटो छरितो वा फूर्तिसँग काम गर्ने मान्छेलाई ‘बिजुलीजस्तो छिटो’ भन्ने चलन हामीकहाँ छ । ‘बिजुलीजस्तो छिटो’ भन्नुको अर्थ नै अति छिटो भन्ने बुझिन्छ । वास्तवमा, बिजुली ‍(प्रकाश) को गति पनि अति छिटो नै हुन्छ । एक सेकेण्डमा प्रकाशले २,९९,७६२,४५८ मिटरको दूरी पार गर्छ ।

उल्लूको अर्थ बुद्धिमान पनि !

हाम्रोतिर उल्लूको अर्थ हुन्छ, मूर्ख, बुद्धू ! त्यसैले उल्लू (Owl)  को अर्थ मूर्ख, बुद्धू नभएर बुद्धिमान पनि हुन्छ भन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ । तर प्राचीन ग्रीकमा उल्लूलाई बुद्धिको देवताको रुपमा लिने गरिन्थ्यो र ग्रीक भाषामा (Owl) को अर्थ बुद्धिमान भन्ने हुन्छ । वास्तवमा, रात्रिचर यस प्राणीले मूसा, सर्प, बालीनालीमा लाग्ने कीरा फट्यांग्राहरु खाएर कृषकहरुलाई मद्दत गर्ने भएकोले प्राचीन ग्रीकवासीहरुले यसलाई बुद्धिको देवताको रुपमा लिएका हुन सक्छन् ।

पृथ्वीको तौल बढ्दैछ !

रुसी वैज्ञानिकहरुले जनाएअनुसार, पृथ्वीको तौल लगातार बढिरहेको छ । तर तौल बढ्ने यो गति अति सुस्त रहेको छ । वार्षिक रुपमा बढेको पृथ्वीको तौलको आधारमा रुसी वैज्ञानिकहरुले जनाएअनुसार, गत ५०० मिलियन वर्षमा पृथ्वीको कूल तौलको एक प्रतिशत तौलको सय हिस्साको एक हिस्सा तौल बढेको छ ।

नखाई ६ महिना बाँच्ने जीव

एउटा ह्वेलले एक दिनमा करीब ३ टनसम्म भोजन गर्न सक्छ । तर विचित्रको कुरा के छ भने, यो प्राणीले ६ महिनासम्म केही नखाइकन पनि बस्न सक्छ ।

उभिएरै सुत्ने प्राणी

https://www.thesprucepets.com

अधिकांश जीवहरु सुत्नको लागि लड्ने गर्छन् । तर घोडा यस्तो विचित्रको प्राणी हो, जुन उभिएरै पनि निदाउन सक्छ ।

बालुवाको पहाड

अफ्रिकाको सहारा मरुभूमिमा बालुवाका अग्ला अग्ला पहाडहरु पाइन्छ । ती पहाडहरुमध्ये कुनै कुनैको उचाई त १४०० फुटसम्मका पनि हुन्छन् ।

पृथ्वीकै सबैभन्दा विशाल मरुभूमि मानिएको सहारा मरुभूमिको क्षेत्रफल ९० लाख वर्ग कि.मी. मानिएको छ । यो भनेको पृथ्वीको कूल जमीनको १/८ भाग हो ।

सूर्यले पनि परिक्रमा गर्छ !

हाम्रो धरती पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ । तर स्वयं सूर्यले पनि आकाशगंगालाई परिक्रमा गरिरहेको हुन्छ । वैज्ञानिकहरुका अनुसार, उत्पत्तिकालदेखि अहिलेसम्म सूर्यले आकाशगंगाको २० पटक परिक्रमा गरिसकेको छ ।

हड्डीको शक्ति

हाम्रो शरीरको हड्डी अद्भूत शक्तिशाली हुन्छ । शक्तिमा यो शक्तिशाली धातु ग्रेनाइटजत्तिकै हुन्छ । यो कति शक्तिशाली हुन्छ भने एउटा मचिसको बट्टा आकारको हड्डीले एक टन तौल थाम्न सक्छ ।

चुलुबले औंला

हाम्रो शरीरमा औंला यति महत्वपूर्ण हिस्सा हो, यसलाई नियन्त्रण गर्न हाम्रो मस्तिष्कले अधिकांश समय खर्च गरिहेको हुन्छ । यसलाई नियन्त्रण गर्न मस्तिष्कले जति समय खर्च गर्छ, त्यति समय छाती र पेटलाई नियन्त्रण गर्न पनि लाग्दैन ।

चन्द्रमामा पनि सागर

http://www.astronomytrek.com

पृथ्वीको एक मात्र प्राकृतिक उपग्रह चन्द्रमामा एउटा सागर छ, जसको नाम ल्याटिन भाषामा Mare Imbrium  अर्थात् वर्षाको सागर (Sea of Rains) राखिएको छ । रोचक त के छ भने, उक्त सागरमा एक थोपा पनि पानी छैन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.