केन्द्रीय संस्करण

लकडाउन लम्बाउनेबारे यस्तो भन्छन् सरकारका प्रवक्ता

person explore access_timeचैत २२, २०७६ chat_bubble_outline0

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनको समय लम्बाउने अनुमान गरिएको थियो । तर, सरकारले हाल कायम रहेको लकडाउनलाई कडाइका साथ पालना गर्ने निर्णय गरेको छ ।

लकडाउनको समय थप गर्नेबारे अर्को मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए ।यसका साथै बिदेशबाट आउने  नागरिकबाट कोरोेना भाइरस संक्रमण बढ्ने देखिएको स्थानमा स्वास्थ्य परिक्षणलाई द्रुत गतिमा लाने निर्णय गरेको छ 

यस्तै स्वास्थ्यकर्मीलाई आवश्यक उपकरणको व्यवस्थाका साथै पूर्ण सुरक्षाको प्रत्याभूति दिने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेको मन्त्रीपरिषदको बैठकले देशब्यापी लकडाउन जारी गरेको थियो ।

गत आइतबार थप ८ दिन थप गरिएको लकडाउन आगामी चैत २५ गते समाप्त हुँदैछ । अहिलेसम्म नेपालमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । एकजना भने उपचारपछि घर फर्किसकेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.