केन्द्रीय संस्करण

जातीय आतंकवाद विरुद्ध !

person explore access_timeजेठ १४, २०७७ chat_bubble_outline1
फाइल फोटो

म मेरा साथीहरूसँग माफी माग्न चाहन्छु । माफी कुन अर्थमा भने भारतले खोसेको लिपुलेक र कालापानी फर्काउन म अहिले तपाईंहरूसँगै खुकुरी बोक्न सक्दिन । मलाई त्यही सीमा–पर्खालको डर छ, जो दलित र गैरदलितबीच ठ्याइएको छ, जुन महिला र पुरुषबीच ठड्याइएको छ । मलाई त त्रास छ, सिमानाभित्रै रहेको काँडेतारको, जुन मधेश र पहाडी, हिन्दू र मुस्लिम, ख्रीष्टियनबीच बारिएको छ । माफ गर्नुहोला, मलाई लिपुलेक तपाईंलाई जत्तिकै दुख्छ । भलै राष्ट्रवादको नाममा विवेक बन्धकी राखेर सत्ताको गीत गाउन मलाई मन्जुर छैन ।

मलाई देशको बाहिरी सीमाभन्दा बढी अहिले चौरजहारी दुखेको छ । त्यहाँ मानवीयता दुखेको छ । हजारौं वर्षअघिदेखिको घाउ पटक–पटक नदुखेको होइन । अहिले अझ बढी दुखेको छ । सबैभन्दा बढी त मेरा गैरदलित साथीहरूको मौनताले दुखेको छ । लकडाउनमा केटी भगाउन किन गएको ? बालविवाहलाई किन प्रवर्द्धन गरेको ? केटीलाई अपहरण गर्न पटक–पटक किन गएको ? तपाईंका यी प्रश्नले झन् बढी चौरजहारी दुखेको छ ।


मलाई देशको बाहिरी सीमाभन्दा बढी अहिले चौरजहारी दुखेको छ । त्यहाँ मानवीयता दुखेको छ । हजारौं वर्षअघिदेखिको घाउ पटक–पटक नदुखेको होइन । अहिले अझ बढी दुखेको छ । सबैभन्दा बढी त मेरा गैरदलित साथीहरूको मौनताले दुखेको छ । लकडाउनमा केटी भगाउन किन गएको ? बालविवाहलाई किन प्रवर्द्धन गरेको ? केटीलाई अपहरण गर्न पटक–पटक किन गएको ? तपाईंका यी प्रश्नले झन् बढी चौरजहारी दुखेको छ ।


यस्ता असामाजिक प्रश्नको पनि राजनीतिक इतिहास छ, संविधान, कानुन र ऐन छ । सत्तामा बस्नेहरूले संविधान, कानुन र ऐन नै बनाएर सर्वसाधारणको यौनिकतामाथि नियन्त्रण जमाएको इतिहास छ । त्यसैको एउटा उदाहरण हो चौरजहारी घटना ।

नेपालमा १४३६ सालको ‘मानव न्यायशास्त्र’ र १९१० सालको मुुलुुकी ऐनमार्फत् सर्वसाधारणको यौनिकतालाई नियन्त्रणलाई बलिया बनाइएको हो । यी कानुनी दस्तावेजको मुख्य कार्य थियो अन्तरजातीय विवाह, यौनलाई नियमन गर्नु । यिनका काम नेपालका विभिन्न थरीका मानिसबीच सहकार्य र सहभागितामूलक सामाजिक सहअस्तित्वलाई जातको आधारमा राज्यले नियमन गर्नेतर्फ केन्द्रित छन् । यी दस्तावेजले जातको आधारमा दण्ड व्यवस्था कायममात्र गरेनन्, सामाजिक सम्बन्धलाई पनि नियन्त्रित गरे । र, समाजमा यसलाई बलियोसँग स्थापित गरे । त्यसैले तपाईं–हामी र हाम्रो चेतनाको आधार अझै पनि जातको आधारमा आफ्ना मूल्य निर्धारण गर्नेभन्दा माथि उठ्न सकेका छैनन् ।

मुलुकी ऐनले बाध्यकारी बनाएको थियो– उपाध्याय ब्राह्मणले आफ्नै भात मिल्दा कुुटुुम्बलाई छोरी दिनुुपर्ने, भात नमिल्ने जातकालाई छोरी दिएमा अंश सर्वश्व गरिदिने तथा पानी नचल्ने र छोइछिटो हाल्नुपर्ने जातले ‘उपल्लो जात’की छोरी विवाह गरेमा मारिदिनेसम्मको कानुनी व्यवस्था । यही कठोर कानुनी व्यवस्था सजातीय प्रेम, यौन र विवाहको बाध्यकारी संरचना स्थापित गरी एकल जातीय राज्य निर्माणको पहल हो । आज चौरजहारी घटनामा तपाईं हामी मौन बसेर एकल जातीय सत्ताको पहल गर्दै छौं ।

यो अभियानलाई निरन्तरता दिने गरी आएको २०७४ सालको मुलुकी संहिताको ‘मृत्युु संस्कार, विवाहजस्ता कर्मलाई अन्ततः हिन्दू संस्कार र जातीय परम्पराअनुुसार गर्नुुपर्ने‘ बाध्यता सिर्जना गरेर तपाईं हामीलाई लोकतान्त्रिक गणराज्यले पनि सघाएको छ । संहिताकृत “जातीय समुुदाय वा कुुलमा चलिआएको चलनअनुुसार विवाह गर्न–गराउन कुुनै बाधा नपर्ने” प्रावधान त खास तपाईं हामीलाई नै लक्षित गरेर ल्याइएको हो ।


बालबिवाहविरुद्ध तपाईं हामी पनि उत्तिकै प्रतिबद्ध छौं, तर जातको कुरा आएपछि हाम्रो प्रतिबद्धतामा गडबडी सुरु हुन्छ । अध्ययनले देखाउँछन्, जब प्रेममा जात घुस्छ अनि बल्ल सुरु हुन्छ बालविवाहको कुरा, उमेर घटाउने, जबरजस्ती करणी र उल्टै फसाउने कुरा । यो एउटा घटना भएको भए अपवादको रुपमा मान्न सकिन्थ्यो । तर, प्रमाणहरूले प्रेममा जात घुसेपछि उमेर स्वतः घट्ने गरेको देखाउँछन् ।


बालबिवाहविरुद्ध तपाईं हामी पनि उत्तिकै प्रतिबद्ध छौं, तर जातको कुरा आएपछि हाम्रो प्रतिबद्धतामा गडबडी सुरु हुन्छ । अध्ययनले देखाउँछन्, जब प्रेममा जात घुस्छ अनि बल्ल सुरु हुन्छ बालविवाहको कुरा, उमेर घटाउने, जबरजस्ती करणी र उल्टै फसाउने कुरा । यो एउटा घटना भएको भए अपवादको रुपमा मान्न सकिन्थ्यो । तर, प्रमाणहरूले प्रेममा जात घुसेपछि उमेर स्वतः घट्ने गरेको देखाउँछन् । त्यसको पछिल्लो उदाहरण हो काभ्रेका अजित मिजार र सप्तरीका शिवसंकर दासको हत्या ।

थप केही प्रश्न छन्– के तपाईले आफ्नो परिवारमा अन्तरजातीय विवाह एउटा पवित्र सम्बन्ध हो भनेर छलफल गर्नुभएको छ ? के तपाईंले आफ्ना बालबच्चाहरूलाई नेपालमा विद्यमान जातीय भेदभाव र असमानताबारे बताउने गर्नुभएको छ ? के कसैले अन्तरजातीय विवाह गर्नेहरूलाई नैतिक सहयोग गर्नुभएको छ ? तपाईंको फेसबुकमा आफ्नो समुदायबाहेकका समुदायका साथीहरू पनि कम्तीमा २० प्रतिशत हुनुहुन्छ ? यी प्रश्नमध्ये एकभन्दा बढी प्रश्न तपाईंका लागि सान्दर्भिक भएनन् जुन स्वाभाविक छ । त्यसैले त दलितमाथि देशभर भएका अमानवीय घटनालाई तपाईं सहजै बेवास्ता गर्दै हुनुहुन्छ ।

सामान्यतया हामीहरू यतिखेर अनौठो अन्तरविरोधमा छौं । हामी एकातिर राजनीतिक रूपमा झन् झन् समान हुँदैछौँ । अर्काेतिर आर्थिक र सांस्कृतिक रूपले भने हामी असमान नै छौँ । यो असमानतालाई चिर्ने आँट बोकेका दलित युवाहरूको सामूहिक नरसंहारको घटना तपाईं हाम्रो विवेकको पनि नरसंहार हो । हाम्रो सपना, भविष्य र सामाजिक न्यायको आमसंहार हो । फूल बोकेर प्रेम दर्शाउने दलित समुदायका हातहरूले फूलमात्रै बोकिरहे भने त ठीक छ । तर, हतियार बोक्न थाले भने ? थाहा छ, त्यो हतियार सबैभन्दा पहिले तपाईं हामीमाथि पड्किने खतरा छ ।


असमानतालाई चिर्ने आँट बोकेका दलित युवाहरूको सामूहिक नरसंहारको घटना तपाईं हाम्रो विवेकको पनि नरसंहार हो । हाम्रो सपना, भविष्य र सामाजिक न्यायको आमसंहार हो । फूल बोकेर प्रेम दर्शाउने दलित समुदायका हातहरूले फूलमात्रै बोकिरहे भने त ठिक छ । तर, हतियार बोक्न थाले भने ? थाहा छ, त्यो हतियार सबैभन्दा पहिले तपाईं हामीमाथि पड्किने खतरा छ ।


यो हतियारको डरको मात्र पनि कुरा होइन, यो त तपाईं हामीले आफूलाई आफू मान्छे भएको प्रमाणित गर्ने अवसर हो । तपाईं हामी आफैले आफैलाई मानवीयकरण गर्ने मौका हो । किनभने मान्छेले जातको नाममा प्रेमीहरूको सामूहिक हत्या गर्दैन । तपाईं हामीले भन्दै गरेको सजातीय प्रेम जातीय राज्यमा मात्रै हुन्छ, सजातीय राज्यमा अन्तरजातीय प्रेम निषेध गरिएको हुन्छ । यो सजातीय राज्य तपाईं हामीलाई अझै स्वीकार्य छ ?

आउनुहोस्, सीमामा झण्डा गाड्न सँगै जाउँला, त्यसभन्दा अघि चौरजहारी घटनाका दोषीहरूलाई कानुनी कारबाहीका लागि सम्पूर्ण गैरदलित युवा जुटौं । देशभित्रैको ब्राह्मणवादी घरेलु आतंकवादलाई संरक्षण गरेर हाम्रा नानीहरूको सुन्दर भविष्य बन्दैन ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. May 27, 2020, 3:11 p.m. राज लाल मण्डल, शम्भुनाथ ३,सप्तरी
    "देश भनेको एउटा सिमानाले बाँधिएको भुमी हो, रास्ट्र भनेको त्यो सिमाना भित्र रहेको जमिनमा भावनाले बाँधिएको एउटा संस्कार हो !" हामी देश त बनेका छौं, तर रास्ट्र हुन अहिले पनि हिचकिच्याईरहेका नै छौं, रास्ट्र बलियो भयो भने रास्ट्रियता स्वत: बलियो हुन्छ !!
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.