केन्द्रीय संस्करण

पाकिस्तानले अन्तर्राष्ट्रिय उडान सुरू गर्ने

person explore access_timeजेठ १६, २०७७ chat_bubble_outline0
file photo

एजेन्सी । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गर्ने निर्णय गरेको छ । सरकारले कोरोनाभाइरस सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि नियमित गतिविधिमा लगाएको रोकलाई खुकुलो पार्ने निर्णयसँगै अन्तर्राष्ट्रिय उडानलाई पुनः सुरू गर्न लागिएको छ, पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार जारी सूचनामा भनिएको छ ।प्राधिकरणले घरेलु उडानलाई भने विभिन्न चरणमा गरी यस पहिले नै सुरू गरिसकेको छ ।

संघीय सरकारको निर्णयअनुसार पाकिस्तानबाट हुने अन्तर्राष्ट्रिय उडानहरू शुक्रबार राति २३ः५९पछि सुरू हुनेछन् । ‘ग्वादर र तुर्वत विमानस्थलबाहेकका पाकिस्तानका सबै अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालनका अनुमति दिइएको छ’ सूचनामा भनिएको छ । 

सरकारले पाकिस्तानबाट विदेशका लागि हुने उडानका लागि आवश्यक प्रक्रिया भने यस पहिले नै तोकेको छ । अन्तर्राष्ट्रिय उडानका लागि विमान कम्पनीहरूले गन्तव्य देशको नियमलाई पालना गर्नुपर्नेछ ।  जसमा विमानलाई उडानपूर्व कीटाणुशोधन प्रक्रियालाई प्रत्याभूत गर्ने र विमानस्थलमा भिडभाड नगर्नेलगायतका कोभिड–१९ सङ्क्रमणबाट सुरक्षाका लागि अपनाउनुपर्ने सावधानीहरू रहेका छन् । पाकिस्तानले अन्तर्राष्ट्रिय उडानलाई गत मार्चदेखि रोकेको थियो ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.