केन्द्रीय संस्करण
कोरोना कैरन – २१

हर रोगका एक दबा चइना टाइगर बाम

person explore access_timeजेठ २८, २०७७ chat_bubble_outline0

 

    जीवनमा सजिलो
    हावमा कावा खानु हो
    म किमार्थ खान्नँ
    धरती टेकेर मातृभूमिको सेवा गर्नु छ ।
    जीवनमा सजिलो
    लडखडाउँदै हरेस खानु हो
    म किमार्थ खान्नँ
    धरती टेकेर मातृभूमिको सेवा गर्नु छ ।
    जीवनमा गाह्रो
    मुहुनीमय पैसो खानु हो
    जोखिम उठाउने वीरले
    शायद म खान्नँ भन्दैन ।
    यसमा मेरो भन्नु केही छैन
    सतोसत् मेरो भन्नु केही छैन ।
          —खड्गप्रसाद ओली

नवोदित कवि खड्गप्रसाद ओलीको स्वभावगत विशेषता विशिष्ट छ ।  आफ्नो विशेषता झल्काउँदै उनी आज भन्लान्— यो कवितामा भावको विरोधाभाष छ, र छन्दको विचलन छ । तसर्थ यो कविताको रचनाकार म किमार्थ होइन । उनै कवि खड्गप्रसाद ओली भोलि भन्लान्— अचेल मलाई पलपल कविता फुर्छन् । शायद कुनै बेहोसीको क्षणमा मेरो भावलोकबाट यो कविता कतै खस्यो कि ! चञ्चल चित्तको भावुक नर्तन आसु कविको सामथ्र्य पनि हो, कमजोरी पनि ।

यस घडीमा देश–दुनियाँ दुईथरी आतङ्कबाट आक्रान्त छ । कोरोना महामारीको आतङ्कबाट । र, सत्तासिर्जित भ्रष्टाचार, भोक र मृत्युको आतङ्कबाट । कोरानोबाट आजका दिनसम्म चौध जनाको ज्यान गयो । संवेदनाशून्य शासकको लकलाडनकालमा एघार सय पाँच जनाको आत्महत्याले ज्यान गयो । कति दोजिया नारी, डायलसिस वञ्चित दुःखी, किमो थेरापी वर्जित क्यान्सर–पीडित र झाडापखाला पीडित कतिको ज्यान गयो, यसको हिसाब बेहिसाब छ । लकडाउनको नाउँमा नरनारीहरुलाई घरभित्र थुनेर कति कमिसन र घुस खाइयो, यसको अदृश्य हिसाब झनै बेहिसाब छ । यो नेकपा डबलको ओलीराजको यथार्थ कथा हो— निर्मम, विद्रूप र विकराल !  

लकडाउनका बेला सडकमा अकाल मृत्यु वरण गरेका श्रमजीवि सूर्यबहादुर


संवेदनाशून्य शासकको लकलाडनकालमा एघार सय पाँच जनाको आत्महत्याले ज्यान गयो । कति दोजिया नारी, डायलसिस वञ्चित दुःखी, किमो थेरापी वर्जित क्यान्सर–पीडित र झाडापखाला पीडित कतिको ज्यान गयो, यसको हिसाब बेहिसाब छ । लकडाउनको नाउँमा नरनारीहरुलाई घरभित्र थुनेर कति कमिसन र घुस खाइयो, यसको अदृश्य हिसाब झनै बेहिसाब छ । यो नेकपा डबलको ओलीराजको यथार्थ कथा हो— निर्मम, विद्रूप र विकराल !  


ओली सरको काव्य फाँटको द्वैधता सत्ता सञ्चालनमा पनि देखिन्छ । हिजो के भनेको थिएँ, उनलाई आज त्यसको सम्झना हुँदैन । आज के भन्दैछ्ु, उनलाई भोलि त्यसको याद रहँदैन । त्यसैले कोरोनाकालमा उनी कमिसन खाँदैनन् र खान्छ्न् । उनी घुस खाँदैनन् र खान्छन् । उनी नतावाद गर्दैनन् र गर्छन् । उनी नागरिकहरुप्रति क्र्रूरता प्रदर्शन गर्दैनन् र गर्छन् । उनी कोरोना नियन्त्रण कार्यमा अव्यवस्था, भद्रगोल र बर्बादीको सिर्जना गर्दैनन् र गर्छन् । कवि ओलीको द्वैधतायुक्त व्यक्तित्वको शासनतन्त्रमा संक्रमण खतरनाक कुरा  हो !

जहाँ मुहुनीमय पैसाको कारोबार हुन्छ, त्यहाँ कवि ओलीको विशेषता झ्वास्स झल्किन्छ । ओम्नि कमिसनको कुरो त थोत्रो भइसक्यो । हाल नयाँनयाँ कुरा गोचर हुँदैछन् । ओलीतन्त्रमा स्वास्थ्य–सामग्रीको खरिद आफैँमा एक काव्य हो । कमिशन र भ्रष्टाचारको भाइरसले भरिपूर्ण काव्य । खरिदमा पहिले कमरेड ओम्नी भुँडेभाग खान्थ्यो र पुन्टेभाग ठेक्कादाता सरलाई टक्रयाउँथ्यो । अहिले ओम्नीको भूमिका सेनामा संक्रमित भएछ । र, ओम्नीलाई बिर्साउन खोज्दै सेना बजाउन थालेछ ! रक्षामन्त्री ईश्वर पोखरेल र सैनिक जर्नेलहरुको मायामोह गाँसिनु के थियो, भ्रष्टाचारको अर्को कीर्तिमान शुरु भयो । ईश्वरले दबाब दिए, ओली सरले स्वीकृति दिए । र, सेनालाई २ अर्ब २५ करोडको स्वास्थ्य सामग्री खरिद गर्ने वरदान प्राप्त भयो । मिडिया र सञ्जालभरि समाचार छ्याप्छ्याप्ती छ— सेनाले २६ करोड ६२ लाख झ्याप्पै ज्युनार गर्यो । कुरो बुझ्दा सेनाले धेरथोर ज्युनार नगरेको कुनै आइटम छैन । कुराको जग हाल्न एउटा सानो उदाहरण हेरौँ । सर्जिलक मास्क स्वास्थ्य विभागले गोटाको १५ रुपियाँका दरले किनेको थियो । त्यही मस्क कमरेड ओम्नीले गोटाको ३९ रुपियाँमा किनेँ भन्यो । अहिले त्यही मास्क सेनाले गोटाको ५२ रुपियाँमा किनेको बिल देखाएछ । हिजोको आजै दररेटमा यत्रो फरक किन ? कवि ओलीले सदाभैmँ खतबातको बचाउ गर्दै जबाफ देलान्— पलप्रतिपल भाउ बढ्यो होला । माल छिटो ल्याउनुपर्दा दररेट बढ्यो होला । अथबा के थाहा, मालपारखी सेनाले मालै पो अब्बल ल्यायो कि ! केरो गजब छ बा ! ओलीतन्त्रमा सडकको ठेकदार सेना ! विमानस्थलको ठेकदार सेना ! दबाइमूलोको ठकेदार सेना ! क्वारेन्टाइन सुरक्षाको ठकेदार सेना ! तैतै कविराज ओली गुटले शासन सञ्चालनको ठेक्का नै सेनालाई सुम्पिदिए टन्टै खलास हुन्थ्यो । आखिर देखाउने दाँत र खाने दाँत किन दुईटा हुनुपर्‍यो ?


अहिले ओम्नीको भूमिका सेनामा संक्रमित भएछ । र, ओम्नीलाई बिर्साउन खोज्दै सेना बजाउन थालेछ ! रक्षामन्त्री ईश्वर पोखरेल र सैनिक जर्नेलहरुको मायामोह गाँसिनु के थियो, भ्रष्टाचारको अर्को कीर्तिमान शुरु भयो । ईश्वरले दबाब दिए, ओली सरले स्वीकृति दिए । र, सेनालाई २ अर्ब २५ करोडको स्वास्थ्य सामग्री खरिद गर्ने वरदान प्राप्त भयो । मिडिया र सञ्जालभरि समाचार छ्याप्छ्याप्ती छ— सेनाले २६ करोड ६२ लाख झ्याप्पै ज्युनार गर्यो । कुरो बुझ्दा सेनाले धेरथोर ज्युनार नगरेको कुनै आइटम छैन ।


लकडाउन तोडियो र लकडाउन कायम छ । यो ओलीतन्त्रको रहस्यमय कार्यविधि हो । हिजो सडकभरि मानिसको ओइरो थियो, पसलहरु भरमार खुलेका थिए । आज प्रहरीबल पदयात्री र पसलेहरुलाई भक्कुमार कुट्दै हिँडेको छ । यो ओलीतन्त्रको द्वैधताको नतिजा हो । कोरोना नियन्त्रणको सरकारी चेष्टा तुरियो, कोरोना नियन्त्रणको सरकारी चेष्टा जारी छ । गजब छ बा ! जता हेर्यो, ओली मनोग्रन्थीको प्रभाव व्याप्त छ । कोरोना नियन्त्रण ओलीतन्त्रको आफ्नै मौलिकताले सुशोभित छ । यी हुन् केही झक्की उदाहरण ! विज्ञ र सामान्यजनको जीजीविषायुक्त आक्रोश गगनमण्डलमा व्याप्त छ— पीसीआर परीक्षण तीव्र तुल्याऊ, जनमारा लकडाउन लक गर ! ओलीतन्त्र भन्छ— पीसीआर परीक्षण अझ घटाउँछु, लकडाउनलाई मरिगए लक गर्दिनँ ! ओलीतन्त्र भन्छ— कोरोना नियन्त्रणविधिलाई म अब मौलिक रुप दिन्छु । कसरी ख्वामित् ? नगरिक चौध दिन क्वारेन्टाइनमा बस्छ र केही नगरी घर जान्छ । पीसीआर टेस्ट गर्नु पर्दैन र ख्वामित् ? ओलीतन्त्र ओठ जबाफ दिन्छ— मूर्ख ! मनुवामा लक्षण नै छैन भने दुर्लभ पीसीआर किन नाश गर्नु ? यसको मतलब डा. समीरमणिले भनेझैँ क्वारेन्टाइनहरु कोरानाका नर्सरी हुनेभए, हैन्त वामित् ? मूर्ख ! यस्ता झ्यासझुस विज्ञका कुरा नसुन्नु, बौलाइन्छ ।

लकडाउन तोडियो र लकडाउन कायम छ । न्यूरोडमा लकडाउन तोड्दै व्यापारीहरु ।

हर रोगका एक दबा चइना टाइगर बाम ! ओलीतन्त्रका कुरा सन्यो कि यो चटके वाणीले दिमागमा झापट हान्छ । ओली राजमा हरेक प्रश्नको उत्तर एउटै हुनथाल्यो— पीसीआर किट दुर्लभ छ । अब पीसीआर होइन, नागरिकद्वारा स्वयंसेवा ! अब पीसीआर होइन, भगवान भरोसा ! अब गनगन होइन, चुपचाप सरकारमाथि विश्वास ! कि सरकारमाथि विश्वास कि लाठा, अश्रुग्याँस र पानीका फोहारा । प्रधानमन्त्री निवास बालुवाटारको सिर्जनशील दृश्य हेर र केही सिक ! जो सिक्दैन, त्यसलाई त्यसैगरी ठोकिन्छ ।


हर रोगका एक दबा चइना टाइगर बाम ! ओलीतन्त्रका कुरा सन्यो कि यो चटके वाणीले दिमागमा झापट हान्छ । ओली राजमा हरेक प्रश्नको उत्तर एउटै हुनथाल्यो— पीसीआर किट दुर्लभ छ । अब पीसीआर होइन, नागरिकद्वारा स्वयंसेवा ! अब पीसीआर होइन, भगवान भरोसा ! अब गनगन होइन, चुपचाप सरकारमाथि विश्वास ! कि सरकारमाथि विश्वास कि लाठा, अश्रुग्याँस र पानीका फोहारा । प्रधानमन्त्री निवास बालुवाटारको सिर्जनशील दृश्य हेर र केही सिक ! जो सिक्दैन, त्यसलाई त्यसैगरी ठोकिन्छ ।


यता पीसीआर किटको भयावह अभाव छ, उता लकडाउनयताको सरकारी खर्चमा १० अर्बको खोलो बगेको छ । यो के हो ? यो चरम् अभाव र त्यो भयानक खोलोको सङ्गति कहाँ छ ? कहाँ गयो त्यत्रो रकम ? प्रयोगशालामा ३० हजार स्वाबको थुप्रो लागेको छ । परीक्षण गर्न न पर्याप्त उपकरण छन् न यथेष्ट जनशक्ति छ । के मस्त मुद्रामा बीस अर्ब ज्युनार गर्दै ओली सरकार लकडाउनभरि गाढा सुकलामा लीन थियो ? क्वारेन्टाइनहरु गाईगोठमा छन् ।  क्वारेन्टाइनहरु खुला र नाङ्गा टहरामा छन् । क्वारेन्टाइनहरु मारामार भीडमभीड छन् । यी झल्ला क्वारेन्टाइनहरु कोरोना नियन्त्रक होइन, कोरोना विस्तारक भएका छन् । यसो हेर्नू, सरकारको कोरोना नियन्त्रण कर्ममा कतै केही व्यवस्थित छैन । न विज्ञजनको मूत्र्त केन्द्रीय कमाण्ड छ, न माथि र तल लेसमात्र पनि समन्वय छ । जे छ सर्वत्र भद्रगोल छ । जे छ थामिनसक्नु अराजकता छ । जता हे¥यो, मृ्रत्युको कारखानाजस्तो लाग्छ । मृत्युको यो कारखानालाई हामीले कोरोना नियन्त्रणमा सत्तानायक कविवर ओलीको मौलिकताको निशानी मानिदिनु पर्ला, होइन ?

जता कान थाप्यो, ‘दश अर्ब’, ‘दश अर्ब’को उत्ताल गुन्जन सुनिन्छ । यो गुन्जनमा घनिभूत क्रोध छ, तीव्र आक्रोश छ, भयावह विस्फोटको लक्षण छ । संसदमा गगन थापा नामक व्यक्तिका मुखबाट आक्रोशको आगो बल्यो— केमा खर्च भयो त्यत्रो दश अर्ब ? एकएक पैसाको हिसाब चाहियो ? यहाँ पनि ओलीतन्त्रकोे प्रत्युत्तर एकदम मौलिक हुनसक्छ । सके कल्पनाशील कवि ओली चुट्किलाले चार किल्ला बाँधेर भन्लान्— जगत् ध्यानले सुनोस् र सद्बुद्धिले बुझोस्— यो सङ्कटकालीन खर्च हो । क्षण–प्रतिक्षण कोरोना महामारीको यत्रो ऐठनकारी आतङ्क छ । यस्तोमा कसरी सकिन्छ चुनदामको हिसाब राख्न ? महामारीले मथिङ्गल हल्लिएका बेला को हिँड्छ हातमा नित्य कलम–कापी बोकेर ? ओली सरको यो तर्कको  गुह्य अर्थ हो— जो खर्च भो, त्यो खर्च भो ! जो खाइयो, त्यो खाइयो ! जसले हिसाब खोज्छ, त्यो समय र सन्दर्भ नबुझ्ने गोब्रे लठ्ठक हो । यसको अर्थ हामी अकिञ्चन जनले बुझ्ुप¥यो— गगन थापा गोब्रे लठ्ठ हो !

कोरोना विषाणकोु संक्रमण दिन प्रतिदिन छिटछिटो फैलिँदो छ । र, संक्रमित दिनदिनै मर्दो छ । सरकारको बोलीले सङ्केतमा भन्छ— अबलाई केवल सुस्तता, केवल अकर्मण्यता, केवल हात बाँधेर मृत्युको प्रतिक्षा ! बस्, अबलाई पूर्ण आलस्य, पूर्ण लम्पटपना, पूर्ण लाचारी, केवल हात बाँधेर मृत्यसको पतिक्षा !

सङ्कटकालको सिरकभित्र लुकेर अर्को कुपुकुपु दश अर्ब ज्युनार गर्दै मार्ने भो त ओलीतन्त्रले !

ओलीराजका दृष्टिमा जनसाधारण, बौद्धिक र लेखक–कलाकारहरुको त के बुद्धि हुन्छ र तिनका कुरा सुन्नु ? फाँटवाला जान्नेसुन्ने विज्ञहरुका कुरा पनि यसले रत्तिभर सुनेन । कोरोना नियन्त्रणमा यो भद्रगोल, यो अराजकता र कालको यो अनियन्त्रित बिगबिगीको सम्भावनाको सङ्केत गर्नेहरु नभएका होइनन् । लोक मस्तिष्कमा शेरबहादुर पुन, समीरमणि दीक्षित, डाक्टर अनुप आदि इत्यादिका नाम अमिट रुपले अङ्कित भएका छन् । लाग्छ, ओली सरकारले केवल सरकारी विज्ञहरुका कुरा पत्याउँदा यो महाबर्बादी आइलाग्यो ।


ओलीराजका दृष्टिमा जनसाधारण, बौद्धिक र लेखक–कलाकारहरुको त के बुद्धि हुन्छ र तिनका कुरा सुन्नु ? फाँटवाला जान्नेसुन्ने विज्ञहरुका कुरा पनि यसले रत्तिभर सुनेन । कोरोना नियन्त्रणमा यो भद्रगोल, यो अराजकता र कालको यो अनियन्त्रित बिगबिगीको सम्भावनाको सङ्केत गर्नेहरु नभएका होइनन् । लोक मस्तिष्कमा शेरबहादुर पुन, समीरमणि दीक्षित, डाक्टर अनुप आदि इत्यादिका नाम अमिट रुपले अङ्कित भएका छन् । लाग्छ, ओली सरकारले केवल सरकारी विज्ञहरुका कुरा पत्याउँदा यो महाबर्बादी आइलाग्यो । लाभको पदको लोभले रोलमा उँभिएका सरकारी विज्ञहरुले भने हुनन्— ढुक्क होइस्योस् ख्वामित् ! जे हुँदैछ, सब ठीक हुँदैछ । जे हुनेछ, सब ठीक हुनेछ । अँ त नि— ठीक भयो ! देखियो !

यो सरकार नागरिकहरुलाई कोरोनाबाट बचाउने उद्योगमा छैन । यो त जानअन्जान तिनलाई मार्ने उद्योगमा पो छ ! अब आ–आफ्ना ज्यान जोगाउने नागरिकहरुका एकल र मिलिजुली चेष्टाहरुबाट मात्र हो । खानको काल यो सरकार भगवान भरोसेमा जाओस्, हामी नागरिकहरु स्वयत्नको भरोसामा  संघर्षरत रहौँ !


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.