केन्द्रीय संस्करण

लगानी बोर्डको रिक्त सिईओ पदका लागि दरखास्त खुल्यो

person explore access_timeअसार ५, २०७७ chat_bubble_outline0

सरकारले रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका  लागि दरखास्त आह्वान गरेको छ। तत्कालिन  सिईओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैङ्कको गभर्नर भएसँगै बोर्डको सिईओको पद रिक्त रहेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रकाशन गरेको सूचनामा योग्यता पुग्ने ईच्छुक व्यक्तिले १५ दिनभित्रमा दरखास्त दिन सक्ने भनिएको छ।

बोर्डको सिइओ हुन अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरी परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैङ्किङ, वित्तीय क्षेत्र तथा औद्योगिक व्यवस्थापनमा १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.