केन्द्रीय संस्करण

मृत्युको १० महिनापछि आयो बाबुको यस्तो इमेल, थामिएन छोरीको आँशु

person explore access_timeअसार ९, २०७७ chat_bubble_outline0

लेख्नेहरुले प्रेमको परिभाषा फरक–फरक लेखेका छन्,तर समय–समयमा यस्ता उदाहरण भेटिन्छन् जसले प्रेमको गहिराई र पवित्रतालाई अलग तरिकाले बयान गर्छन् ।

समाचारअनुसार प्रेमको यस्तै एक उदाहरण फिलिपिन्सको मनिलामा भेटियो । यहाँ, एक महिलाले आफ्नो पिताको मृत्युको १० महिनापछि एक इमेल भेटिन् ।  यो कुनै सामान्य इमेल थिएन, यसमा बाबु–आमाको २५ औं वैवाहिक वर्षगाँठ मनाउने योजना समावेश थियो । 

इमेलमा थियो योजना 
मनिलाकी एलिसा मेन्डोजाका बाबुको मृत्यु १० महिनाअघि भएको थियो ।  जब उनले भर्खरै मृतक बाबुको एक इमेल फेला पारिन्, तब भावूक भइन् । यसमा २५ औं वैवाहिक वर्षगाठँको खुसी कसरी मनाउने भनेर विस्तृतमा लेखिएको थियो । एलिसाका बाबुले वैवाहिक वर्षगाठँको केही दिनअघि मात्रै छोरीसमक्ष पत्र पुग्नेगरी इमेलको सेटिङ गरेका थिए । अनि, यहाँ लेखिएको योजना पढेपछि आफ्ना बाबुलाई सम्झिएर एलिसाले आँशु थाम्न सकिनन् । 

फूलका लागि अग्रिम रकम 
एलिसाका अनुसार उनका पिताले हरेक वर्ष पत्नीको जन्मदिन १९ अगस्ट, भ्यालेन्टाइन डे र वैवाहिक वर्षगाँठ १० जुनका अवसरमा फूल पठाउने व्यवस्था व्यवस्था मिलाएका रहेछन् । उनले एक फूल बिक्रेतालाई केही वर्षसम्मका लागि एडभान्स पेमेन्ट दिइसकेका रहेछन्, ताकि आफ्नो मृत्युपछि पनि श्रीमतीसमक्ष मनपर्ने फूलहरुको गुच्छा पुगोस् । 

पत्नीको रोजाईको रेस्टुरेन्टमा टेबुल बुक 
त्यस्तै, एलिसाकी आमाको रोजाईको रेस्टुरेन्टमा २५ औं वैवाहिक वर्षगाँठका लागि उनले टेबुल पनि बुक गरिसकेका रहेछन् । र, यस कुराका पनि ध्यान राखिएको थियो कि यदी कुनै तरिकाले बाहिर जान मन लागेन भने पत्नीलाई मनपर्ने खाना बाहिरबाटै मगाउन सकियोस् । उनले एलिसाकी आमालाई एक चिट्ठी पनि लेखेका रहेछन्, जसमा उनले आफ्नो प्रेम बयान गरेका छन्
 । 
सामाजिक सञ्जालमा पोस्ट भाइरल 
आफ्ना बाबुको यस मेहिनतलाई एलिसाले खेर जान दिइनन् । उनले वैवाहिक वर्षगाठका दिन अर्थात् १० जूनमा आफ्नी आमालाई पिताको निर्देशन बमोजिम उनको मनपर्ने रेस्टुरेन्टमा लगिन् । उनले ती सबै काम गरिन्, जसको योजना बाबुले बनाएका थिए ।  अहिले यो पोस्ट फेसबुकमा भाइरल भइरहेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.