केन्द्रीय संस्करण

न्यूजिल्याण्डका लागि नेपालका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

person explore access_timeअसार १६, २०७७ chat_bubble_outline0

काठमाडौं । न्यूजिल्याण्डका लागि नेपालका राजदूत महेशराज दाहालले आज त्यहाँका गभर्नरजनरल डेम पास्ते रेड्डीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे  । भिडियो कन्फ्रेन्सिङका माध्यमबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत दाहालले कोभिड–१९ को महामारीका कारण उत्पन्न कठिन परिस्थितिमा पनि प्रविधिको प्रयोग गरी ओहोदाको प्रमाणपत्र ग्रहणको व्यवस्था मिलाएकामा गभर्नरजनरलप्रति आभार व्यक्त गरे ।

त्यस अवसरमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका साथै नेपाली जनताका तर्फबाट न्यूजिल्याण्ड सरकार र त्यहाँका जनतामा शुुभकामना व्यक्त गर्नुभएको क्यानबेरास्थित नेपाली राजदूतावासले जनाएको छ । 

कोरोना भाइरसको सङ्क्रमण रोक्न न्यूजिल्याण्ड सरकारले चालेका कदमको सरहाना गर्दै राजदूत दाहालले विश्वमा नै कोभिड–१९ बाट मुक्त पहिलो देश न्यूजिल्याण्ड बनेकामा हार्दिक बधाई ज्ञापन गरे । न्यूजिल्याण्डमा रहेका नेपाली समुदाय तथा विद्यार्थीको सुरक्षाका निम्ति गरेको सहयोगप्रति न्यूजिल्याण्ड सरकारप्रति उनले आभार व्यक्त गरे ।

न्यूजिल्याण्डसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताउँदै कोभिड–१९ पछि दुुई देशबीचको सम्बन्धलाई आपसी हितका खातिर अझ सुदृढ तुुल्याउन आफू क्रियाशील रहने प्रतिबद्धता राजदूत दाहालले व्यक्त गरे । उनले दुुई देशबीचको व्यापार र लगानी विस्तारमा पनि जोड दिए । 

राजदूत दाहालको कार्यकालको सफलताको कामना गर्दै गभर्नर जनरल रेड्डीले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीका साथै नेपाली जनताप्रति शुुभकामना व्यक्त गरे । सन् १९६१ देखि न्यूजिल्याण्ड र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर सुमधुर रहेकामा त्यसप्रति उनले सन्तुष्टि व्यक्त गरे ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.