केन्द्रीय संस्करण
३८औँ बीपी स्मृति दिवस

‘बीपीलाई बिर्सिए मुलुकको अस्तित्व खतरामा पर्छ’

अहिले सामाजिक सञ्जालमा आएको राष्ट्रवाद भड्काउ राष्ट्रवाद हो : पुरुषोत्तम बस्नेतसँगको अन्तरवार्ता

person explore access_timeसाउन ६, २०७७ chat_bubble_outline0

नेपाली राजनीतिको औपचारिक संरचना, लोकतन्त्रको संसदीय सिद्धान्त र मान्यताका विचारक विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ३८औँ स्मृति दिवस मनाइँदैछ । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बीपी कोइरालाको नेपाली साहित्यमा पनि विशिष्ट योगदान छ । प्रस्तुत छ, बीपीलाई लामो समय नजिकबाट नियालेका काँग्रेसका पुराना नेतापुरुषोत्तम बस्नेतसँग राष्ट्रियता र समाजवादका सन्दर्भमा बीपीको नीतिका विषयमा गरिएको कुराकानी – 

मुलुकको राजनीतिमा बीपीले गर्नुभएको योगदानको कसरी मूल्याङ्कन गरिनुपर्छ ?

उहाँले विकास निर्माणका काम गर्नुभयो । जनता जनता माझको भेदभावलाई हटाउनुभयो । मुख्यतः राष्ट्रियतालाई कसरी बलियो पार्ने, नेपाललाई सक्षम र समुन्नत राष्ट्र कसरी बनाउने भन्नेमा उहाँ बढी केन्द्रित हुनुभयो । नेपालको राष्ट्रिय स्थिति कमजोर अवस्थामा थियो । २००७ सालको क्रान्तिपछि पनि, प्रधानमन्त्री हुँदा पनि त्यही कुरामा उहाँले बढी ध्यान दिनुभयो ।

हरेक वर्ष बीपी जयन्ती वा स्मृति दिवसको अवसरमा बीपीलाई सम्झने, उहाँका नीति, सिद्धान्त र योगदानको गुणगान, बखान गर्ने र त्यसलाई कर्मकाण्डी बनाइने अनि, बाँकी दिनमा उहाँका नीति र सिद्धान्तलाई बेवास्ता गरिएको देखिन्छ । यसबारेमा तपाईं के भन्नुहुन्छ ?

बीपीले जे काम गर्नुभएको छ । त्यो कामको अनुसरण धेरै राजनीतिक दलले गरेका छन् । राष्ट्रियताको सम्बन्धमा होस् वा विकास निर्माणको सम्बन्धमा । बीपी जननिर्वाचित भएर आएपछि राष्ट्रियताका सम्बन्धमा धेरै काम गर्नुभयो । पार्टी (नेपाली काँग्रेस)ले पनि राष्ट्रिय हितमा अनेक काम ग-¥यो । यहाँ इन्डियन मिल्ट्री मिसनलाई फिर्ता गर्न पार्टीले पहलकदमी लियो । अरु राष्ट्रबाट नहेपिने काम बीपीले गरिरहनुभयो । जननिर्वाचित प्रधानमन्त्री भएपछि दुई तीनवटा मुख्य काम बीपीबाट भए ।

मोहन शमशेर प्रधानमन्त्री हुँदा नेपाल र भारतबीच १९५० मा भएको सन्धि (ट्रिटी) को धारा ७ मा भारतीय नागरिकले यहाँ (नेपालमा) घर, जमिन, व्यापार बिजनेस गर्न पाउने र नेपालीले पनि भारतमा गर्न पाउने व्यवस्था थियो । हेर्दा समान हैसियतले सन्धि भयो । तर बीपीले नेपालीहरुले भारतमा जग्गा जमिन किन्नु, व्यापार बिजनेस गर्नु सामान्य कुरा हो, त्यही छुट भारतीय नागरिकलाई नेपालमा दिइयो भने नेपाल नै रहँदैन, सबै भारतीयले कब्जा गर्ने अवस्था हुन्छ भन्ने निष्कर्ष निकाल्नुभयो ।


नेपालीले भारतमा नागरिकता वा घर जग्गा पाए भने केही फरक पर्दैन, भारतको जनसङ्ख्या र भौगोलिक परिस्थितिको ख्याल नगरि बराबरको छुट दियौँ भने नेपालले त्यो धान्न सक्दैन भन्ने उहाँको अडान थियो । ‘हाम्रोबाट सयजना जालान्, उताबाट ५० लाख आयो भने हामी धान्न सक्दैनौँ । त्यसैले यो विषयमा बराबरको कुरा लागू हुन सक्दैन,’ उहाँको भनाइ थियो ।


उहाँले एउटा उदाहरण दिएर भन्नुभयो– ‘एउटा सानो नदी समुद्रमा मिसियो भने समुद्रलाई केही फरक पार्दैन । तर समुद्र नदीमा मिसियो भने नदीको अस्तित्व नै समाप्त हुन्छ । त्यस्तै नेपालमा भारतीय नागरिकलाई छुट दिने विषयमा यो कुरा हेर्नुपर्छ ।’

नेपालीले भारतमा नागरिकता वा घर जग्गा पाए भने केही फरक पर्दैन, भारतको जनसङ्ख्या र भौगोलिक परिस्थितिको ख्याल नगरि बराबरको छुट दियौँ भने नेपालले त्यो धान्न सक्दैन भन्ने उहाँको अडान थियो । ‘हाम्रोबाट सयजना जालान्, उताबाट ५० लाख आयो भने हामी धान्न सक्दैनौँ । त्यसैले यो विषयमा बराबरको कुरा लागू हुन सक्दैन,’ उहाँको भनाइ थियो ।

२०१६ सालबाट त्यही लागू भयो । १९५० को सन्धिको धारा ७ अहिलेसम्म निक्रिय भएर बसेको छ ।

त्यसो भए बीपीले अगाडि सार्नुभएको नीति र सिद्धान्तलाई अहिलेका राजनीतिक दलहरुले आत्मसात् नै गरिरहेको तपाईंको बुझाइ हो ?

सबै कुरामा छैन । राष्ट्रियता लगायत केही कुरामा बीपीलाई बिर्सिएका छैनन् । बीपीलाई बिर्सिए भने मुलुकको अस्तित्व खतरामा पर्छ । त्यसकारणले बिर्सिएका छैनन् होला ।

तर उहाँले नै स्थापना गरेको पार्टी नेपाल काँग्रेस नै उहाँले स्थापित गरेका मूल्य मान्यताबाट विचलित भएको देखिन्छ नि ?

बीपीले जे भनेर जानुभयो, जे गरेर जानुभयो, पार्टीले ती कुरालाई हुबहु अनुसरण गरेको छैन । तर सबै कुरा छाड्यो भन्ने पनि होइन । बीपी, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाबाबु लगायतको विचार र सिद्धान्त छोडेको दिन काँग्रेस नै रहँदैन ।


बीपीले देखाएको राष्ट्रियता, विकास निर्माणका काम, भेदभाव रहित समाजको विकास जस्ता कुराहरु काँग्रेसले त्यो ढङ्गले पछ्याउन सकेको छैन । २००९ सालमा भएको काँग्रेसको महाधिवेशनमा पार्टीको महामन्त्रीमा धनमानसिंह परियारलाई राख्नुभयो । जातीय छुवाछूत र भेदभाव अहिलेसम्म छँदैछ भने त्योबेला कस्तो थियो होला ? उहाँले त्यतिबेला नै छुवाछूत अन्त्यको थालनी गर्नुभएको थियो ।


उहाँहरुले देखाएको बाटोमा कही कतै बरालिँदा अहिले काँग्रेसमा दिशाहीनताको अवस्था सिर्जना भएको कतिपयको बुझाइ छ । यसमा तपाईं के भन्नुहुन्छ ?

त्यो पनि हो । बीपीले जे भनेर जानुभएको थियो । जे गरेर देखाएर जानुभएको थियो । त्यसलाई नेपाली काँग्रेसले सोही अनुरूप पछ्याउन सकेन ।

काँग्रेसले पछ्याउन नसकेका विषय भन्नुपर्दा ?

बीपीले देखाएको राष्ट्रियता, विकास निर्माणका काम, भेदभाव रहित समाजको विकास जस्ता कुराहरु काँग्रेसले त्यो ढङ्गले पछ्याउन सकेको छैन । २००९ सालमा भएको काँग्रेसको महाधिवेशनमा पार्टीको महामन्त्रीमा धनमानसिंह परियारलाई राख्नुभयो । जातीय छुवाछूत र भेदभाव अहिलेसम्म छँदैछ भने त्योबेला कस्तो थियो होला ? उहाँले त्यतिबेला नै छुवाछूत अन्त्यको थालनी गर्नुभएको थियो । बीपीको नेतृत्वका मन्त्रीमण्डलको आकार र बनोट हेर्नुहोस् । उहाँले समानुपातिको आधारमा सबै क्षेत्र, वर्ग र जातलाई मिलाएर मन्त्रीमण्डल बनाउनुभएको थियो । मुख्यतः यी कुरा पालना भएको छैन ।

मुलुकको वर्तमान राजनीतिक अवस्था बीपीले परिकल्पना गरेको राज्य व्यस्थाभन्दा निक्कै अगाडि बढेर गएको छ । यो सन्दर्भमा बीपीले अघिसार्नुभएका नीति तथा सिद्धान्तहरुको उपादेयता र औचित्यलाई कसरी लिइनुपर्छ ?

बीपीले ननएलाएन्स मुभमेन्टको नीति लिनुभएको थियो । कुनै पनि गुटमा नलागेर सबै देशको सहयोग लिएर सबै देशसँग समान व्यवहार गरेर जानुपर्छ भन्ने बीपीको नीति हो । बीपीले त्यो बेला धेरै काम गरेर देखाउनुभयो । इजरायल, पाकिस्तानलगायतका देशसँग दौत्य सम्बन्ध कायम गर्दा एउटा देशले के भन्छ भनेर गर्नुभएन । नेपाललाई के गर्दा हित हुन्छ, त्यो मात्र गरेर जानुभयो ।

सुवर्ण शमशेरले बजेट पेस गर्दा नेपालको धेरै भागमा आईसी (इन्डियन करेन्सी) मात्र चल्थ्यो । एनसी (नेपाली करेन्सी) चल्दैन थियो । कति ठाउँका नेपालीले त एनसीलाई चिन्दैन थिए पनि ।

सुवर्ण शमशेरले भन्नुभयो, ‘हामीले नेपाली मुुद्रा प्रचलनमा ल्याउन सकेनौँ भने आर्थिक स्थिति डामाडोल हुन्छ । आज भारु (भारतीय रूपैयाँ)को एउटा दर छ, भोलि बढेर जान्छ । भारु र नेरुको स्थिति पनि खारेज गर्नुपर्छ ।’ ठीक मूल्याङ्कन गरेनौँ भने त्यो पनि चल्न सक्दैन भनेर उहाँले एउटा कमिटी बनाएर २०१६ मा भारु सय रूपैयाँलाई नेरु १ सय ६० कायम गरिएको हो । ०१६ सालको चैत ३० गतेदेखि देशका पहाडी जिल्लामा नेपाली रूपैयाँ मात्र चलनचल्तीमा ल्याउने भनेर नियम लागू गरियो ।

त्यसको एक महिनापछि ०१७ साल वैशाख ३० गते देशभर त्यही नियम लागू गरियो । अरू मुलुकको करेन्सी चलाउनुपर्ने स्थितिबाट देश मुक्त भयो । बीपीले राष्ट्रियताको सम्बन्ध अरु पनि महत्त्वपूर्ण निर्णय गर्नुभएको थियो ।


१९५९ मा नोभेम्बर २७ मा भारतका तत्कालीन प्रधानमन्त्री नेहरुले इन्डियन संसदमा ‘नेपाल र भुटानमाथि कुनै बाहिरी हस्तक्षेप भयो, कुनै आक्रमण भयो भने त्यसलाई भारतले आफूमाथि भएको आक्रमण रूपमा सम्झने छ’ भन्नुभयो । बीपीले त्यसको दुई दिनपछि खण्डन गर्नुभयो । नेपाल एउटा स्वतन्त्र राष्ट्र हो । संयुक्त राष्ट्रसङ्घको सदस्य मुलुक हो । यसलाई कतैबाट खतरा छैन । सबै मुलुकसित नेपालको शान्तिपूर्ण सम्बन्ध छ । नेहरुजीले किन यस्तो अभिव्यक्ति दिनुभयो भनेर बीपीले प्रश्न गर्नुभयो । पछि नेहरुले सच्याउनुभयो । ‘बीपीले जे भन्नुभयो ठीक भन्नुभयो,’ भनेर नेहरुले भन्नुभएको छ ।


बीपीका राजनीतिक सिद्धान्तहरुको मियो समाजवाद रहेको छ । अहिले मुलुकमा समाजवादोन्मुख समाजको परिकल्पना गरिएको संविधान लागू छ भने सोही सिद्धान्तलाई अङ्गीकार गरेर अघि बढेको राजनीतिक पार्टीको शासन सत्ता छ । संविधान तथा सत्तारुढ पार्टीले परिकल्पना गरेको समाजवाद र बीपीको समाजवादबीच के–के समानता वा भिन्नता छन् ?

बीपीको समाजवाद गरिबी बाँड्ने समाजवाद होइन । उहाँले उदाहरण दिएर भन्नुभएको छ– ‘देशमा एक सय मिटर कपडा उत्पादन हुन्छ भने त्यसको टुक्रा टुक्रा पारेर समानताको आधारमा बाँड्ने कुरा समाजवाद होइन । देशमा कति जनालाई कपडाको आवश्यकता छ । ती जनतालाई लुगा सिलाउन पुग्ने गरी उत्पादन बढाउनुपर्छ । हामीले कति वर्षमा त्यहाँ पुग्न सकिन्छ, त्यो लक्ष्य राखेर उत्पादन बढाउनपर्छ ।’

यस्तै उहाँले दूधको उदाहरण दिँदै भन्नुभएको थियो– ‘सय÷डेढ सय लिटर दूध उत्पादन हुन्छ । तर बाँड्नुपर्ने धेरै छन् भने समानताका आधारमा बाँड्ने भनेर एक–एक चम्चा दूध बाँड्ने होइन । दूधको उत्पादन बढाउने हो ।’

समानतामा आधारित बीपीको समाजवाद त्यो हो । अहिले समाजवादमात्र भनिएको छ । उत्पादन बढाउने काम भएको छैन । यस्तो गरिबी बाँड्ने बीपीको समाजवाद होइन । निश्चित टार्गेट राखेर समाजवादमा प्रस्थान गर्ने हो । बीपीले भन्नुभएको थियो, ‘१५ वर्षभित्र अहिले मेरो परिवारको जुन अवस्था छ । सबै नेपालीको परिवार त्यही अवस्थामा पुर्याउने छु । सबैको एक हल गोरु होस्, गाई, भैँसी होस्, छोराछोरीले पढ्न पाउन, बिरामी परे औषधिको व्यवस्था गर्ने सक्ने परिवार होस् ।’ बीपीको समाजवाद त त्यो हो ।

बीपीले समाजवादबारे त्यो बेला गरेको व्याख्या अहिलेको परिस्थिति सुहाउँदो छ र ?

परिस्थिति बदलिए पनि त्यतिबेला बीपीले व्याख्या गर्नुभएको समाजवादका आधारभूत कुरा पनि त पूरा भएका छैनन् । काठमाडौँवासीले पानी खान पाएका छैनन् । मेलम्ची खानेपानी आयोजनाका अनेक षड्यन्त्र, घोटालाले रोकिएको छ । समाजवादलाई अघि बढाउने काम भएको छ÷छैन भनेर मेलम्चीको दृष्टान्त दिए पुग्छ ।

विदेश नीतिको सवालमा बीपीले अङ्गीकार गर्नुभएका नीति र सिद्धान्त के–के थिए ?

बीपी प्रधानमन्त्री भएपछि इन्डिया, चाइना, इजरायल लगायतका देशमा भ्रमण गर्नुभयो । संयुक्त राष्ट्रसङ्घ (यूएन)मा पनि जानुभयो । बीपीभन्दा पहिले यूएनमा त्यतिबेलाका गृहमन्त्री सूर्यप्रसाद उपाध्याय जानुभयो । यसबाट पार्टी र सरकारको नीति के थियो भन्ने थाहा हुन्छ ।

१९५९ मा नोभेम्बर २७ मा भारतका तत्कालीन प्रधानमन्त्री नेहरुले इन्डियन संसदमा ‘नेपाल र भुटानमाथि कुनै बाहिरी हस्तक्षेप भयो, कुनै आक्रमण भयो भने त्यसलाई भारतले आफूमाथि भएको आक्रमण रूपमा सम्झने छ’ भन्नुभयो । बीपीले त्यसको दुई दिनपछि खण्डन गर्नुभयो । नेपाल एउटा स्वतन्त्र राष्ट्र हो । संयुक्त राष्ट्रसङ्घको सदस्य मुलुक हो । यसलाई कतैबाट खतरा छैन । सबै मुलुकसित नेपालको शान्तिपूर्ण सम्बन्ध छ । नेहरुजीले किन यस्तो अभिव्यक्ति दिनुभयो भनेर बीपीले प्रश्न गर्नुभयो । पछि नेहरुले सच्याउनुभयो । ‘बीपीले जे भन्नुभयो ठीक भन्नुभयो,’ भनेर नेहरुले भन्नुभएको छ ।

बीपी प्रधानमन्त्री भएको लगत्तै नेहरु नेपाल भ्रमणमा पनि आउने कुरा थियो । उहाँले सद्भाव प्रकट गर्दै नेपालको विकास निर्माणको क्षेत्रमा सहयोग गर्ने बताउनुभएको थियो । बीपीले चीनको भ्रमण गरिसकेपछि तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एनलाई पनि नेपाल भ्रमणमा आउनुभएको थियो । बीपी सँगसँगै पोखरा जानुभयो । संसदको संयुक्त अधिवेशनलाई सम्बोधन गर्नुभयो । त्यसपछि यहाँको पत्रकार सम्मेलनमा एउटा पत्रकारले चाउ एनलाईसँग तपाईंका सबै छिमेकी मुलुकसँग सीमा विवाद छ । इन्डियासँग पनि मिलेन । नेपालमा पनि सगरमाथालगायतका विषयमा सीमा विवाद छ भनेर प्रश्न गर्दा चाउ एनलाईले स्पस्ट रूपमा ‘नेपालसँग सीमानाको कुनै समस्या छैन । चीन ठूलो देश हो । नेपालले कुनै सानो जमिनको विषय उठायो भने पहिलेको सीमालाई तोडेर भए पनि हामी त्यो दिन सक्छौँ’ भन्नुभएको थियो ।

सगरमाथाको विषयमा फेरि प्रश्न गर्दा उहाँले भन्नुभयो, ‘हामीले पनि हाम्रो नक्सा पेस गरेका थियौँ । नेपालले पनि नक्सा पेस गरेको छ । हामीले आफ्नो नक्सा फिर्ता गरेर नेपालले जुन नक्सा दिएको हो । त्यहीलाई स्वीकार गरेका छौँ ।’

त्यतिबेला बीपीले पनि पत्रकार सम्मेलनमै चीनको आधिकारिक धारणा यही भएको बताउनुभएको थियो । त्यतिबेला अमेरिका र जापानसँग पनि राम्रो सम्बन्ध थियो । अमेरिकाले आटिओ भन्ने गठन ग¥-यो । त्यसमा आर्थिक सहयोग अमेरिकाको धेरै हुने र थोरै नेपालको रहने गरी आठ सय किलोमिटर बाटो बनाउने सम्झौता भएको थियो । अहिलेको बीपी राजमार्गमाा एउटा पूर्वी पहाडबाट धनकुटा पुग्ने र एउटा जनकपुर पुग्ने बाटो बनाउने सम्झौता भयो । अमेरिकाले त्यसरी सहयोग गरेको थियो ।

त्यसैगरी रसियाले पनि धेरै सहयोग गरेको थियो । पूर्व–पश्चिम राजमार्ग रसियाले बनाउने भनेर सर्वे पनि भइसकेको थियो । रसियाले चिनी कारखाना, चुरोट कारखाना, कृषि औजार कारखाना, कान्ति हस्पिटल जो बीपीले नै उद्घाटन गर्नुभएको हो । यी सबै रसियन सहयोगमा भएका थिए ।


चीनले यूएनको सदस्यता पाउनुपर्छ भनेर बीपीले बोल्नुभएको छ । साना राष्ट्रहरुको समस्यामा पनि बोल्नुभएको हो । ठूलो राष्ट्रले सानो राष्ट्रहरुमाथि थिचोमिचो नगरून् भनेर यूएन ठूला राष्ट्रलाई भन्दा साना राष्ट्रलाई बढी आवश्यक छ भन्दा उहाँलाई सानो राष्ट्रका प्रतिनिधिपात्रका रूपमा लिइएको थियो ।


इन्डियन सहयोगमा पनि धेरै कामहरु भएका छन् । त्योबेला सबैले नेपाललाई एउटा अल्पविकसित मुलुक हो । भर्खर डेमोक्रेसी आएको छ । यसलाई हामी सबैले सहयोग गर्नुपर्छ भन्ने अवस्था बीपीले बनाउनुभएको थियो । बीपीले सबै मुलुकलाई एउटा सहयोगात्मक भावना राख्ने स्थितिमा पु-याउनुभएको थियो ।

एकातिर बीपीमाथि गण्डक बेचेर राष्ट्रघात गरेको गम्भीर आरोप लाग्ने गरेको छ भने अर्कोतिर राष्ट्रियता रक्षाकै सवालमा ‘बरु फाँसीमा झुण्डिन तयार तर भारतीय शासकहरुसँग राष्ट्रियताको सवालमा सम्झौता नगर्ने’ उद्घोषका साथ मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको दृष्टान्त पनि छ । वास्तवमै राष्ट्रियताको सवालमा बीपीको नीति, सिद्धान्त र व्यवहारलाई हामीले कसरी हेर्नु र बुझ्नुपर्छ ?

मैले अघि नै भने सबै राष्ट्रसँग सहयोगात्मक सम्बन्ध उहाँको पहिलो प्राथमिकता थियो । त्यो बेला रुस र अमेरिकाको सम्बन्ध राम्रो थिएन । तर दुईवटै मुलुकले नेपाललाई भरपुर सहयोग गरेका थिए । भारत र चीनले पनि त्यहीअनुसार सहयोग गरेका थिए । ०१७ साल असारमा मुस्ताङमा हाम्रो आर्मीको सुबदार बमप्रसाद मारिए । त्यतिबेला चिनियाँ दूतावास नेपालमा थिएन । आवासीय दूतावास दिल्लीमा नै थियो ।

हाम्रो नागरिकलाई सीमानामा आएर हाम्रो नागरिकलाई किन मारियो भनेर त्यहाँबाट चीनलाई पत्राचार गरियो । त्यतिबेला बीपी र चाउएनका बीच दुई तीनवटा पत्र आदान प्रदान भएको छ । चाउएनले माफी मागेर ५० लाख क्षतिपूर्ति पनि दिइएको छ । पक्राउ गरिएका मानिस र त्यो सम्मानपूर्वक गार्ड अफ अनर दिएर फिर्ता गरिएको छ । राष्ट्रियतामा त्यो ठूलो कुरा हो नि ? भारतबाट पनि हेप्ने भएन । बीपीले चीनको ६३ करोड जनतालाई बाहिर राखेर यूएन बलियो हुँदैन, सबैको प्रतिनिधित्व हुँदैन भनेर भन्नुभएको थियो ।

चीनले यूएनको सदस्यता पाउनुपर्छ भनेर बीपीले बोल्नुभएको छ । साना राष्ट्रहरुको समस्यामा पनि बोल्नुभएको हो । ठूलो राष्ट्रले सानो राष्ट्रहरुमाथि थिचोमिचो नगरून् भनेर यूएन ठूला राष्ट्रलाई भन्दा साना राष्ट्रलाई बढी आवश्यक छ भन्दा उहाँलाई सानो राष्ट्रका प्रतिनिधिपात्रका रूपमा लिइएको थियो ।


महेन्द्र के राष्ट्रवादी ? महेन्द्रले त्यो (कालापानी) जमिन दिनुभएकै हो भनेर सबैलाई थाहा छ । सन् १९६५ मा महेन्द्रले देशघाती गोप्य सम्झौता गर्नुभएको छ । त्यतिबेला दिल्लीमा यदुनाथ खनाल राजदूत हुनुहुन्थ्यो ।


यतिबेला पनि मुलुकमा राष्ट्रियताको माहोल खडा भएको छ । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद र बीपीको राष्ट्रवादलाई तुलना गर्दा कसरी गर्नुहुन्छ ?

अहिले सामाजिक सञ्जालमा आएको राष्ट्रवाद भड्काउ राष्ट्रवाद हो । कालापानी राजा महेन्द्रले भारतलाई दिनुभएको हो । भारत र चीनको युद्धपछि सामरिक दृष्टिकोणले भारतका लागि राम्रो ठाउँ रहेछ । दिल्लीको नजिकै चाइनिज बोर्डर रहेकाले राजा महेन्द्रले भारतलाई आर्मी राख्न दिनुभयो । ०४६ सालमा देशमा प्रजातन्त्र आइसकेपछि कालापानीमा हाम्रो भूमि मिचेर भारतीय सेना बसेको छ भनेर आवाज उठाइएको हो । यतिबेला हामीले नक्सा सच्यायौँ, राम्रै कुरा हो । तर राम पनि नेपालमै जन्मिनुभएको हो भन्दा उनीहरु (भारतीय)लाई नेपालले अनावश्यक निहुँ खोजेको जस्तो देखियो ।

यसले कालापानीको मिल्ने वातावरणलाई पनि बिथोल्ने काम ग¥यो । भारतको कट्टर हिन्दुवादीहरुले राम जन्मिएको ठाउँ हो भनेर बाबरी मस्जिद् भत्काइदिए । त्यसले हिन्दु र मुस्लिमबीच मतभिन्नता आयो । कयौँ मान्छे पनि मारिए । भरखरै त्यहाँको सर्वोच्च अदालतले यो राम जन्मेकै ठाउँ भएकाले राम मन्दिर त्यहाँ बनाउनु र मस्जिद अर्को ठाउँमा बनाउनु भनेर फैसला गरेको छ ।

मस्जिदका लागि जग्गा पनि दिने कुराले हिन्दु र मुस्लिमबीचको मतभिन्नतालाई मत्थर पारेको थियो । यहीबेला राम भारतमा जन्मेका होइनन् भन्दा बाबरी मस्जिदवालाहरुलाई सहयोग पु¥याएजस्तो स्थिति बन्यो ।

राष्ट्रियता सन्दर्भमा राजा महेन्द्र, बीपी र वर्तमान प्रधानमन्त्री केपी ओली पनि जोडेर चर्चा हुने गरेको पाइन्छ । यसमा तपाईंको बुझाईं कस्तो छ ?

महेन्द्र के राष्ट्रवादी ? महेन्द्रले त्यो (कालापानी) जमिन दिनुभएकै हो भनेर सबैलाई थाहा छ । सन् १९६५ मा महेन्द्रले देशघाती गोप्य सम्झौता गर्नुभएको छ । त्यतिबेला दिल्लीमा यदुनाथ खनाल राजदूत हुनुहुन्थ्यो ।

यदुनाथ र दिल्लीको परराष्ट्र सचिव वाईटी गुन्देवाको सहमतिमा सुरक्षासम्बन्धी जिम्मा भारतलाई सुम्पिएको छ । नेपालको विभिन्न तहका आर्मी अफिसरलाई इन्डियाले तालिम दिने, इन्डियाले हतियार सप्लाई गर्नेलगायत सबै कुरा इन्डियालाई सुम्पिइएको छ । महेन्द्रको त्यो नीति पनि राष्ट्रवादी हुन्छ ? यस्तै वर्तमान प्रधानमन्त्रीको कुरा छ । भारतलाई चिढ्याएर मात्र राष्ट्रवादी भइन्छ र ? सुस्ता र कालापानीको कुरा उठाउने हो । भारतले बाँध बाँधेर तराई क्षेत्रमा डुबानको जोखिम बढाइदिएको छ । त्यसमा कुरा उठाउने हो ।

यतिबेला रामको जन्मस्थलको कुरा उठाएर भारतीय जनतासमेतलाई चिढ्याउने काम गर्नुहुँदैन । त्यसले हिन्दु जनता चिढिन्छन् । कालापानीको विषयमा नेपालको भूमि हो भने फिर्ता गर भनेर भारतमा जनस्तरबाटै कुरा आएको थियो । रामको कुरा उठाएर त्यसलाई बिथोल्ने काम भयो । यस्ता कुरा राष्ट्रिय हित विपरीत हुन् ।


मुलुक गृहयुद्धमा धकेलिसकेको अवस्थामा गिरिजाप्रसाद कोइरालाले १२ बुँदे सहमति गरेर सुरक्षित अवतरण गराउनुभयो । शान्तिको स्थिति कायम भयो । राजतन्त्र समाप्त पारेर गणतन्त्र ल्याउने कुरा पनि त एउटा राष्ट्रिय कदम नै थियो । राजतन्त्रले सुरुदेखि ज्ञानेन्द्रको पिरियडसम्म कहिले पनि नेपाली जनताको हितको काम गरेन ।


बीपीले स्थापना गरेको पार्टी आज राष्ट्रियताको विषयमा किन निम्छरो देखिन थाल्यो ? बीपीको राष्ट्रियताको अडानमा आफूलाई प्रस्तुत गर्न किन सकिरहेको छैन ?

प्रमुख प्रतिपक्षी काँग्रेसले आफ्नो भूमिका स्पस्टसँग उठाउनुपथ्र्यो, त्यो भएको छैन । उहाँपछि काँग्रेसबाट मुलुकको नेतृत्वमा पुगेकाहरुले राष्ट्रियताको विषय नै उठाएन भन्ने होइन । उहाँहरुको बीपीको जस्तो व्यक्तित्व भएन र देखिने गरेर काम भएको पाइएन । बीपीले त पछि पनि राष्ट्रियताको विषयमा ज्यानको बाजी राख्नुभएको थियो ।

भारतले सिक्किम लिएपछि नेपालाई खतरा हुन्छ भनेर बीपी ०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर सातवटा मुद्दामा फाँसीको हुने अवस्थामा पनि नेपाल फर्किनुभएको थियो ।

बीपीपछिका नेताहरुबाट पनि केही राष्ट्रियताका कदम उठाइएको छ । कतिपय तत्वबाट १२ बुँदे शान्ति सम्झौता भारतले गराएको भनेर गिजोल्ने काम भइरहेको छ । तर त्यो १२ बुँदे शान्ति सम्झौता राष्ट्रिय हितकै पक्षमा थियो ।

मुलुक गृहयुद्धमा धकेलिसकेको अवस्थामा गिरिजाप्रसाद कोइरालाले १२ बुँदे सहमति गरेर सुरक्षित अवतरण गराउनुभयो । शान्तिको स्थिति कायम भयो । राजतन्त्र समाप्त पारेर गणतन्त्र ल्याउने कुरा पनि त एउटा राष्ट्रिय कदम नै थियो । राजतन्त्रले सुरुदेखि ज्ञानेन्द्रको पिरियडसम्म कहिले पनि नेपाली जनताको हितको काम गरेन ।

बीपीका सिद्धान्तहरु समाजवादको जगमा खडा छन् । हाम्रो बुझाइमा समाजवादको आधार भनेको व्यक्तिवाद नभई मूलतः सामूहिकता हो । नेपाली काँग्रेसभित्र समाजवादको अभ्यास के कसरी भइरहेको पाउनुहुन्छ ?

पछिल्लो समयसम्म पनि त्यो अभ्यास भएको थियो । गिरिजाबाबु, किसुनजी प्रधानमन्त्री हुँदा बजेटमा गाउँको विकास, शिक्षा, स्वास्थ्य, बाटोघाटोलाई प्राथमिकता दिने काम भएको थियो । तर अहिले आएर बीचमा त्यो भएको छैन ।

बीपीले जुन रूपमा भन्नुभएको थियो, त्यही रूपमा नभए पनि त्यसको प्रस्थानविन्दु सुरु भएको थियो । जस्तो सडक विस्तार भयो, युनिभर्सिटी गठन भयो, मेडिकल कलेज खुले । हरेक गाविसमा एउटा हाइस्कुल बनाउने, एउटा स्वास्थ्य चौकी बनाउने नीति त्यो बेला थियो । त्यो त समाजवादतिरै पुग्ने नीति थियो । ७० प्रतिशत बजेट गााउँमा पु¥याउने नीति पनि समाजवादको नीति अनुरूप नै थिए ।

तपाईंले यति भनिरहँदा अहिलेका काँग्रेस नेता कार्यकर्तामा समाजवादको बुझाइ प्रस्ट पाइँदैन । काँग्रेसले समजवादलाई एजेन्डा बनाएर जनतामाझ प्रस्तुत हुन सकिरहेको छैन । खास समस्या कहाँनिर देख्नुभएको छ ?

तपार्इंले भनेको ठीक हो । समाजवादको नीतिलाई टार्गेट राखेर काम गरिएको थियो तर जनतालाई त्यो बुझाउन नसकिएकै हो । हामीले किन बाटो बनायौँ ? त्यसको उद्देश्य के हो ? भनेर बुझाउन नसकिएकै हो । यसो हुनमा पार्टीभित्र प्रशिक्षणको कमी होजस्तो लाग्छ । तपाईंले भनेजस्तो काँग्रेस नेतामै पनि समाजवादको प्रशिक्षण पुगेन कि भन्ने मलाई पनि लागेको छ ।


सबैको कुरा सुन्ने, अरूले भनेको कुरा ठीक हो कि होइन भनेर छानबिन गर्ने र कुनै पनि कार्यकर्तालाई अन्यायमा पर्न नदिने बीपीको स्वभाव थियो । कार्यकर्तामा पनि मुलुकका लागि केही गर्नुपर्छ भन्ने भावना जगृत होस् भन्ने उहाँ चाहनुहुन्थ्यो । त्यसका लागि बेलाबेला प्रशिक्षण पनि दिनुहुन्थ्यो । पछि बिरामी हुँदा पनि उहाँ बसेको ठूलो हलमा हरेक हप्ता केही कार्यकर्ता कुरा सुन्न आउँदा प्रशिक्षण दिनुहुन्थ्यो ।


नेपाली काँग्रेसले आफ्ना नीति कार्यक्रमहरुमा बीपीका सिद्धान्तलाई स्तोत्रको रूपमा जप्ने गरेको तर व्यवहारमा त्यसलाई पूर्णतः परित्याग गरिसकेको एकाथरीको आरोप छ । तपाईंको मूल्याङ्कनमा नेपाली काँग्रेसले अहिले अङ्गीकार गरेको नीति सिद्धान्त के हो ? र त्यसले बीपीले परिकल्पना तथा अङ्गीकार गर्नुभएका नीति तथा सिद्धान्तहरुलाई कत्तिको न्याय गरिरहेको छ ?

पार्टीको घोषणापत्र, अरू अरू कुरामा बीपीले अपनाउनुभएको समाजवादको नीतिलाई मानेको छ । तर व्यवहारमा लागू हुन अलिकति कमजोरी भएको नै देखियो । व्यवहारमा लागू हुने काम भएन ।

त्यस्तो अवस्था किन आयो ?

त्यसमा पार्टीकै जिम्मेवारीको कुरा हो । पार्टीको एउटा व्यक्तिले बिथोलेका भए पनि अगाडि लाने काम त पार्टीकै हो  । त्यो पूरा हुन सकेन ।

तपाईंले बीपीसँग लामो सङ्गत पनि गर्नुभयो । उहाँका सकारात्मक र नकारात्मक पक्ष के थिए ? त्यसलाई कसरी केलाउनु हुन्छ ?

सबैको कुरा सुन्ने, अरूले भनेको कुरा ठीक हो कि होइन भनेर छानबिन गर्ने र कुनै पनि कार्यकर्तालाई अन्यायमा पर्न नदिने बीपीको स्वभाव थियो । कार्यकर्तामा पनि मुलुकका लागि केही गर्नुपर्छ भन्ने भावना जगृत होस् भन्ने उहाँ चाहनुहुन्थ्यो । त्यसका लागि बेलाबेला प्रशिक्षण पनि दिनुहुन्थ्यो । पछि बिरामी हुँदा पनि उहाँ बसेको ठूलो हलमा हरेक हप्ता केही कार्यकर्ता कुरा सुन्न आउँदा प्रशिक्षण दिनुहुन्थ्यो । राजनीतिक पार्टी भनेको जनताको सहयोग र समर्थनमा मात्र अगाडि बढ्छ । जनतालाई इग्नोर गरेर जानुहुँदैन । नेपाली काँग्रेसले पनि जनताको विचार के छ भनेर उनीहरुसँग छलफल गर्ने, उनीहरुको विचार ठीक छैन भने आफ्नो विचारमा कन्भिन्स गराउने, जनताको विचार ठीक छ भने आत्मसात् गर्नुपर्छ भनेर उहाँ भन्नुहुन्थ्यो । उहाँले जनता र राष्ट्रलाई एउटै ठाउँमा राख्नुहुन्थ्यो ।

जनता भनेकै राष्ट्र हो, राष्ट्र भनेकै जनता हो भन्ने उहाँको बुझाइ थियो । जनता बलियो र सक्षम नभई त्यो देशको राष्ट्रियता बलियो हुँदैन । त्यसैले राष्ट्रियतालाई बलियो बनाउने पहिलो काम जनतालाई आर्थिक, सामाजिक र शैक्षिक रूपमा सक्षम बनाउने नै हो भन्नुहुन्थ्यो । यस्तै उहाँले सामाजिक सुरधारका काम पनि गर्नुभएको थियो । उहाँ ०१६ सालका निर्वाचित प्रधानमन्त्री हुनुभयो । त्यतिबेला हामी हाइस्कुलमा पढ्दै थियौँ । उहाँले जति काम गर्नुभयो, विकास निर्माण, जनताको हित र हकका निम्ति काम गर्नुभएको थियो । पत्रिकालाई तीन तहमा छुट्याएर विज्ञापन बापत चल्न सक्षम बनाउने काम पनि गर्नुभयो । यस्तै पृथ्वीनारायण शाहले विजय प्राप्त गरेको दिन विजय परेड गराउने र यहाँका स्थानीय मानिसलाई अपमानित भएको महसुस गराउने काम हुन्थ्यो । बीपीले त्यो हटाउनुभएको हो । दशैँतिहारमा खुलेआम जुवा खेल्ने छुट थियो । त्यो पनि उहाँले हटाउनुभएको हो । आर्मीमा जातीय बन्देज थियो । क्षेत्री, गुरुङ, मगर बाहेकले आर्मी हुन पाउँदैन थियो । त्यो पनि उहाँले हटाउनु भएको हो ।

यो उहाँको सकारात्मक पाटो भयो । मान्छेका केही न केही कमजोरी पनि हुन्छन् नै । कमजोरीका रूपमा लिँदा केलाई लिनुहुन्छ ?

०१७ सालपछि मैले बीपीसँग लामो समय बस्ने मौका पाएँ । तर त्यहीबेला उहाँले केही कुरा भन्ने स्थिति थियो तर गर्ने स्थिति  थिएन । कार्यकर्तालाई यो गर, यसले तिम्रो राम्रो हुन्छ, नेपाली जनताको हित हुन्छ भन्ने कुरा गर्नुहुन्थ्यो । त्यो बेला काम गरेको भए यहाँ गल्ती भयो भनेर थाहा हुन्थ्यो । भन्ने बेलामा त गल्ती हुने कुरा भएन ।

उहाँले कम्युनिस्टसँगको सहकार्य र समझदारीमा आशङ्का व्यक्त गर्नुहुन्थ्यो भन्ने छ । कम्युनिस्टभन्दा बरु राजासँगको मिल्नु ठीक भन्ने उहाँको बुझाइ थियो भनिन्छ नि ?

उहाँले मेलमिलापको नीति लिएर नेपाल फर्किंदा सबै कम्युनिस्ट नेताहरुसँग भारतमा भेट गर्नुभएको थियो । मुख्यतः पुष्पलाल श्रेष्ठसँग उहाँले भेट्नुभएको थियो ।

हिँड्नुहोस्, सँगै जाऊँ । यहाँ बसेर राष्ट्रियता जोगाउन सकिँदैन, नेपालमै जानुपर्छ भन्दा पुष्पलालले एक हप्ताको समय माग्नुभएको थियो । भोलि–पर्सिपल्ट बीपीले राजासँग आत्मसमर्पण गरेर गए भनेर पम्प्लेट निस्कियो । तर पछि पनि मनमोहन अधिकारीसँग छलफल गर्नुहुन्थ्यो । यहाँ प्रेस कन्फ्रेन्स गर्दा पनि साहना प्रधान र भरतमोहनलाई सँगै राख्नुहुथ्यो ।

मनमोहनसँग भेट हुन नसकेको अवस्थामा पाटनका सिद्धिलाल श्रेष्ठमार्फत बीपीले उहाँलाई आफ्ना कुरा राख्नुहुन्थ्यो । पछि गणेशमानजीले पनि कम्युनिस्टहरु संयुक्त भएर आऊ र सँगै सङ्घर्ष गरौँ भन्नुभएको हो । यो कुरा बीपीले पहिले नै भन्नुभएको थियो ।

अन्तिममा साउनको पहिलो साता कर्मकाण्डीका रूपमा मनाउने बीपीको स्मृति दिवसलाई सार्थक बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ?

बीपीले २००७ सालको क्रान्ति नगरेको भए नेपालको राष्ट्रियता झन् कमजोर हुन्थ्यो । १९५० को सन्धि भइसकेको थियो । १९५० मा मोहन शमशेरसँग सन्धि भइसकेपछि सुवर्ण शमशेर र बीपीहरुले अब हामीले क्रान्ति गर्न ढिला गर्यौँ भने इन्डियाले सम्पूर्ण रूपमा मोहन शमशेरलाई सहयोग गर्छ भनेर हताहतार मुक्ति सेना गठन गरेर क्रान्ति सुरु गरिएको हो । बीपीको सम्पूर्ण ध्यान नेपाल र नेपाली जनतामा केन्द्रित भयो ।

कसरी नेपालको हित हुन्छ ? कसरी कसैको थिचोमिचोबाट राष्ट्रलाई जोगाउन सकिन्छ ? नेपाली जनताले कसरी सुखी र समृद्ध भएर बस्छन् ? भन्ने कुरामा उहाँ लागिराख्नुभयो । उहाँको जन्मजयन्ती मनाउनु यी कुरालाई अगाडि ल्याउनुपर्ने हुन्छ ।

बीपीले भनेका धेरै कुरा रेकर्डेड पनि छन् ।  जब इन्डियन मिलिटरी मिसन यहाँ आयो त्यतिबेला नेपाली काँग्रेसले विरोध गर्यो । नेपाली काँग्रेसकै तर्फबाट त्यतिबेला मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । तर आफ्नै प्रधानमन्त्रीको विरोधमा नेपाली काँग्रेसले जुलुस निकालेको छ, वक्तव्य दिएको छ । त्यतिबेला बोर्डर बोर्डरमा चेकपोस्ट पनि राखियो । तर त्यो राख्न दिनुहुँदैन भनेर नेपाली काँग्रेसका तत्कालीन सभापति बीपी कोइरालाले विरोध गर्नुभयो ।

बीपीको राजनीतिमा मात्र होइन साहित्यमा पनि ठूलो योगदान रह्यो । जेलमा आठ वर्ष बस्दा उपन्यास लेख्नुभयो । त्योभन्दा पहिला कथा सङ्ग्रह ‘दोषी चस्मा’ छापिइसकेको थियो । जेलमा उहाँले धेरै किताब लेख्नुभएको छ । बीपीलाई सम्झिँदा देशप्रतिको हरेक कुरामा एउटा पहिचान भेट्टाउन सकिन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

यो पनि पढौँ