केन्द्रीय संस्करण

हनुमन्ते उर्लिएपछि डुब्यो राम मन्दिर

person explore access_timeसाउन ६, २०७७ chat_bubble_outline0

अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । आइतबारदेखिदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । 

हनुमन्तेमा बाढी उर्लिएपछि राम मन्दिर पनि डुबानमा परेको छ । खोलालाई मिचेर भौतिक संरचनाहरु निर्माण गरिन थालेपछि पछिल्लो समय भक्तपुरका विभिन्न क्षेत्र डुबानमा पर्ने गरेका छन् ।  जल तथा मौसम विज्ञान विभागले नसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको कारण अझै केही दिन वर्षा हुने बताएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.