केन्द्रीय संस्करण
कोरोना कैरन–२५

प्रभु र भक्त कस्ता ? करिबन कोरानाजस्ता !

person explore access_timeसाउन १७, २०७७ chat_bubble_outline0

जस्तो कृपाकारी प्रभु, उस्तै कृपा–याचक भक्त । वचनमा उस्तै, प्रवृत्तिमा उस्तै । कपटमा उस्तै, जालझेलमा उस्तै । खानमा उस्तै, ढाँट्नमा उस्तै । मानौँ मान्छेको दुष्प्रवृत्ति कोभिड १९ भैmँ संक्रामक रोग हो । संक्रामक उस्तै, खतरनाक उस्तै । मेरा यी वचनका प्रमुख प्रेरक र कारक हुन्— प्रभु ओली र निजका भक्त भानु । आठ–दश महिनाअघि होला, महाराजतुल्य ओलीको जिनेभा सवारी भएको थियो । फिर्ती सवारी लगत्तै ओली सरबाट रोदन एवं गर्जनमिश्रित भाव प्रकट भयो— मेरो हैकमको प्रगति देखेर बाहिरी विश्व चमत्कृत भएको छ । बाहिर मेरो क्या सराहना छ ! क्या वाह वाही छ मेरो ! देशभित्र ? देशभित्र कपटी कटाक्ष र विषाक्त बद्ख्वाईँ सिबाय केही छैन । सुन्दरलाई सुन्दर देख्ने गुणग्राही आँखा नभएपछि देखिने कुरुप हो, देखिने विरुप हो, दखिने विकृत हो, देखिने विद्रूप हो । यो देखाइमा देख्ने दुष्टहरुको दुर्मति देखिँदैछ । श्री ओली सर उवाच ।

अस्तिताक महाराजतुल्य ओलीका बोलीको कार्बन कपी मेरा कानलाई डस्न आइलाग्यो । कार्बक कपीका कल्पनाशील स्रष्टा थिए— अस्वस्तमति स्वास्थ्यमन्त्री श्री भानुभक्त ढकाल ।  ढकालश्रीबाट निजका प्रभुकै भाकामा आज्ञा भयो— सबै नेपालीका आँखा मोतिया बिन्दुले अन्धा भा’छन् । स्वदेशका नेपालीका पनि, विदेशका नेपालीका पनि । यी अन्धाहरु सरकारका कोरोनालक्षित उत्कृष्ट कर्महरु एक पित्को देख्दैनन् । हाम्रा यी महान् कर्म देखेर सारा विदेशी चकित छन् । अहा, क्या उदाहरणीय ! ती भन्दैछन् । अहा, क्या अनुकरणीय  ! ती मुख मिठ्याउँदै छन् । दुर्भाग्य, स्वदेश र विदेशका नेपालीमाझ यो ‘महान् कर्म’, यो ‘उदाहरणीय पौरख’, यो ‘अनुकरणीय गौरव’ देख्ने एउटाधरी आँखो भएन । के लाग्छ, सारा आँखा मोतियाबिन्दुले खत्तम छन् !


ढकालश्रीबाट निजका प्रभुकै भाकामा आज्ञा भयो— सबै नेपालीका आँखा मोतिया बिन्दुले अन्धा भा’छन् । स्वदेशका नेपालीका पनि, विदेशका नेपालीका पनि । यी अन्धाहरु सरकारका कोरोनालक्षित उत्कृष्ट कर्महरु एक पित्को देख्दैनन् । हाम्रा यी महान् कर्म देखेर सारा विदेशी चकित छन् । अहा, क्या उदाहरणीय ! ती भन्दैछन् । अहा, क्या अनुकरणीय  ! ती मुख मिठ्याउँदै छन् । दुर्भाग्य, स्वदेश र विदेशका नेपालीमाझ यो ‘महान् कर्म’, यो ‘उदाहरणीय पौरख’, यो ‘अनुकरणीय गौरव’ देख्ने एउटाधरी आँखो भएन । के लाग्छ, सारा आँखा मोतियाबिन्दुले खत्तम छन् !


मन्त्री भानुका आज्ञाकारी कोरोना प्रवक्ता भानुकै पाइला पछ्याउँदै भन्दाछन्— सरकारको कोरोना कर्मबारे भ्रामक टिप्पणी आउन थाले । यी सफेद भूmटबाट कोही नबहकियोस् । हेर्नोस् है भक्ति–शृङ्ला ! प्रधानमन्त्री पछिपछि सभक्ति स्वास्थ्यमन्त्री । स्वास्थ्यमन्त्री पछिपछि सभक्ति कोरोना प्रवक्ता । कोरोना प्रवक्तापछिपछि सभक्ति जुनियर प्रवक्ता । म सुुटुक्क भनूँ— यो भाइरसीय संक्रामक शृङ्खला एक नैतिक–सांस्कृतिक व्याधि हो ।

हो, यसो सोचेर ल्याउँदा सिंहासनधारी प्रभुका भक्त, ती भक्तका पनि भक्त र निज भक्तका पनि भक्तको गुनासो सही हो । स्वदेश र विदेश दुबैतिर बस्ने जनताका आँखा फुटेकै हुन् । मोतियाविन्दुले अन्धा भएकै हुन् ती । त्यसैले त, मान्यवर, शासक महलका सहस्र सत्कर्मलाई सत्कर्म देखेर बखान गर्न सकिएन ।

जब देशमा ज्यानमारा कोरोना प्रकट भयो, बियाँलो नगरी स्वास्थ्य सामग्री जोहो गर्न सरकारलाई तातो लागेन । कुन्नि, सरकार शायद सदाभैmँ भन्नु नहुने धन्दामा पो व्यस्त थियो  कि ! कोरोना युद्ध सरकारको प्राथमिकताको छेउछाउमै परेन । सरकारले त बरु ङिच्च हास्दै भन्यो— नेपालीको प्रतिरोधी क्षमता तगडा छ । यसो नाक सुँगिहेर्छ र कोरोना डरले टाप ठोक्छ बस्, टन्टै खलास । हो, सरकारको यो भव्य क्रियाशीलता र विरल दूरदर्शिताको बखान गर्न सकिएन ।

कोरोना पैmलिँदै गयो । अब के हुने हो ? दुनियाँ आत्तियो । र, दुनियाँले एक मुखले निवेदन गर्‍यो— ओ सरकार ! पीसीआर बढाऊ, घेरो पैmलाऊ । खाएर ल्याएको खोटो र्‍यापिड टेस्टको खोटो काम देखाउँदै सरकार ङिच्च हाँस्यो । र, पीसीआरको घेरो उल्टै घटायो । हो, सरकारको यो कल्याणकारी पुनीत कर्मको बखान गर्न सकिएन ।

सरकारले स्वाब बटुलेर लुकायो । र, जानाजान विलम्बल गरी प्रभावशून्य बासी रिपोर्ट प्रस्तुतु गर्‍यो । हो, सरकारेको यो उत्तम विलम्ब कर्मको मुक्त कण्ठले बखान गर्न सकिएन ।


सरकारले स्वाब बटुलेर लुकायो । र, जानाजान विलम्बल गरी प्रभावशून्य बासी रिपोर्ट प्रस्तुतु गर्‍यो । हो, सरकारेको यो उत्तम विलम्ब कर्मको मुक्त कण्ठले बखान गर्न सकिएन । अपरिचित कोरोनाले के के उपद्रो गर्ने हो ? जनतामाझ हाहाकार व्याप्त भयो । सरकारलाई त्यो हाहाकारमा मानौँ सुमधुर सङ्गीतको अपूर्व आनन्द प्राप्त भयो । र, उसले स्वास्थ सामग्री खरिदमा क्वाप्प मनभोग खायो । हो, सरकारको यो उदात्त खन्चुवा कर्मको बखान गर्न सकिएन ।


अपरिचित कोरोनाले के के उपद्रो गर्ने हो ? जनतामाझ हाहाकार व्याप्त भयो । सरकारलाई त्यो हाहाकारमा मानौँ सुमधुर सङ्गीतको अपूर्व आनन्द प्राप्त भयो । र, उसले स्वास्थ सामग्री खरिदमा क्वाप्प मनभोग खायो । हो, सरकारको यो उदात्त खन्चुवा कर्मको बखान गर्न सकिएन ।


सीमा पारिबाट नागरिकहरु सङ्कटकालमा वारि घर आउन खोजे । आली सरकारले चल्तीतिर बन्दुक ताकेर तिनलाई  पारिनै रोक्यो । पारि ती नारकीय क्वारेन्टिनमा भोकै र प्यासै कुँडुलो लागेर बसे । तिनका देहमा कोरोना फुक्काफाल सल्कियो । ती जब वारि आए, तिनका देहमा सवार भई कोरोनाको लहर पनि आयो । हो, सरकारको कोरोना आमन्त्रणकारी यो अनुपम कर्मको बखान गर्न सकिएन ।

पारिबाट चित्तमा सन्ताप र आँखामा आँसु लिएर जो वारि आए, सरकारले न तिनलाई क्वोरेन्टिनमा राख्यो, न तिनको पीसीआर टेस्ट गर्‍यो । सरकारले त उही झुुर र्‍यापिट टेस्ट गरेर झारा टार्दै तिनलाई घर पठायो । हो, सरकारको कोरोना विस्तारकारी यो उन्नत कर्मको बखान गर्न सकिएन ।

भुक्तभोगीहरु भन्छन्— सरकारी क्वारेन्टिन यातनागृह र मृत्युशाला बने । तिनमा कतै महिला बलात्कृत भए, कतै सिठामल र जीवनजल नपाई बिरामी मरे । क्वारेन्टिनको प्रयोजन कोरोना नियन्त्रण थियो, भयो त्यसको ठीक उल्टो । अव्यवस्था र भद्रगोल, बेवास्ता र त्रूmरता, अथाह कष्ट र अपमानित मृत्यु क्वारेन्टिनको विशेषता बन्यो । हो, यस्ता क्वोरेन्टिनहरुको अद्वितीय स्रष्टारुपी सरकारको बखान गर्न सकिएन ।

लक–लाडन सरकारी लहड बन्यो । यो न सोच्नुपर्ने कुरा सोचेर थोपरियो, यो न सोच्नुपर्ने कुरा सोचेर खोलियो । करिब दुइ महिनासम्म लोक लक–डाउनको आदेश मानेर चल्यो । घोइरो–घोइरो सुनिन थाल्यो— सरकार खा’को खायै छ ! हँ, के र कसरी ?  लक–डाउनका नाउँमा जनतालाई घरघरमा थुनेर मौका छोप्दै सरकार कमिसन खाँदैछ । रातोदिन ! भकाभक ! लटालट ! कहिले ओम्नीसँग, कहिले ओम्नीको बाउसँग, कहिले ओम्नीको मित बाउसँग । लाटा–सिधा जनतालाई यो गुह्य जब थाहा भयो, लक–डाउन नै बद्नाम भयो । र लक–डाउनले सदाका लागि विश्वसनीयता गुमायो । हो त नि, सकिएन । सरकारको कमिसनप्रेमको यो अप्रतीम पौरखको बखान गर्न सकिएन ।

भक्तको कुरा सही हो, जनताका आँखा फुटेका छन् ।  हो, तिनका आँखा खसोखास मोतियाविन्दुले अन्धा भएका छन् । तब नित्य सत्कर्मी सरकारका पुनीत कर्महरुको यो शृङ्खला ती आँखामा देखियोस् कसरी ? र, जे देखिँदैन, त्यसको बखान होस् कसरी ? 


जब स्वास्थ्यमन्त्रालयका भक्तिमार्गी प्रवक्ता कोरोनाको दैनिक खबर दिन बिजुली पर्दामा प्रकट हुन्छन्, भुक्तभोगी लोकलाई डर लाग्छ । हेर है, अब यिनले के ढाँट्ने हुन् ! जसोजसो उपरवाले ख्वामित् उसैउसै नीचेवाले भक्तको कर्म त देखिएकै हो । कोरोना छिटो, झन् छिटो फैलिँदो छ । मधेश–तराईमा वीरगञ्जदेखि राजविराजसम्म कोरोना आतङ्कको लहर उठ्दो छ । राजधानी उपत्यकामा संक्रमित प्रति दिन ७० पुगेका छन् । कोरोनाले ज्यान जानेको संख्या एकबाट बढेर दुई–तीन हुँदो छ ।


जब स्वास्थ्यमन्त्रालयका भक्तिमार्गी प्रवक्ता कोरोनाको दैनिक खबर दिन बिजुली पर्दामा प्रकट हुन्छन्, भुक्तभोगी लोकलाई डर लाग्छ । हेर है, अब यिनले के ढाँट्ने हुन् ! जसोजसो उपरवाले ख्वामित् उसैउसै नीचेवाले भक्तको कर्म त देखिएकै हो । कोरोना छिटो, झन् छिटो फैलिँदो छ । मधेश–तराईमा वीरगञ्जदेखि राजविराजसम्म कोरोना आतङ्कको लहर उठ्दो छ । राजधानी उपत्यकामा संक्रमित प्रति दिन ७० पुगेका छन् । कोरोनाले ज्यान जानेको संख्या एकबाट बढेर दुई–तीन हुँदो छ । आवश्यकताले भन्छ— सरकार ! तीव्र गतिमा शीघ्र कर्म गर । कन्ट्याक्ट ट्रेसिङमा बल गर । सरकार कान कन्याउँछ, नाइटो छोएर हात फुक्छ । सरकार हाई काड्छ, प्याट्ट औँलो पड्काउँछ र खानु नहुने केही खाएर फुस्स निदाउँछ । आखिर कन्ट्याक्टमा के छ ? ट्रेसिङमा के छ ? जे छ आलस्यमा छ । जे छ आलटालमा छ । जे छ  खानु र सुत्नुमा छ । सत्ताशीन हुनुको यो मजा सरकारलाई गजप थाहा छ !

‘अब त अति भो !’को आन्दोलन निवेदन गर्छ— सरकार ! कोरोना कोलाहाल अहोरात्र बढ्दो छ । यस्तोमा पीसीआर परीक्षणको दायरा नबढाएको किन ? कोरोना मन्त्रालयका भक्त प्रवक्ता भन्छन्— परीक्षण नबढाएको बढाउने समुदाय नभेटेर । आन्दोलन सोध्छ— महामारीको चौतर्फी विस्तार, यो के हो ? भक्त प्रवक्ता यसोक्क मन्त्री भानुभक्तलाई हेर्छन् । भक्त भानुभक्त यसोक्क प्रधामन्त्री ओलीलाई हेर्छन् । प्रधामन्त्री ओली ठोरीका श्रीरामको यसोक्क सम्झना गर्छन् । त्यसपछि माथिदेखि तलसम्म तैँ चुप्, मै चुप् ।

सरकार ! आसन्न कोरोना महामारी नियन्त्रण गर्ने तयारी के छ ? पीसीआर किट कति छन् ? अरु अत्यावश्यक सुरक्षा सामग्रीको जोहो कस्तो छ ? सङ्कटमा मैदान नछाड्ने प्रशिक्षित स्वास्थ्यजनशक्ति कति छन् ? आइसीयु र भ्यान्टिलेटर बेड कति छन् ? आतेसको मुद्रामा लोकले  सोधिरहेका प्रश्न हुन् यी । लाग्छ, स्वास्थ्यमन्त्रालयका कोरोना प्रवक्ता ढुक्क छन् । तिनका वचन र मुद्रामा न चिन्ता गोचर हुन्छ न हुटहुटी । चित्तको भित्रैसम्म चिनिएका सरकारी प्रवक्ता हुन्, तिनका कुरा पत्याउन असम्भव छ । ती यसरी कुरा गर्छन् मानौँ महामारी नियन्त्रणमा कमी केहीको छैन । भन्छन्— एकै दिनमा सत्र हजार जनको परीक्षण गर्ने पीसीआर क्षमता छ । अरे भक्तश्री ! त्यत्रो क्षमता छ भने यत्रो खाँचो पर्दा प्रयोगमा नल्याएको किन ? वीरगञ्जमा समुदाय तहमा कोरोना सल्केको सङ्केत छ । त्यहाँ प्रति दिन सत्र हजार परीक्षण नगरेको किन ? कतै त्यो सीमान्त भूमिका उपेक्षित जन सरकारी प्राथमिकतामा नपरेर पो हो कि ! कतै ठोरीका रैथाने श्रीरामले शुभ साइत नजुराइदिएर पो हो कि ! जनसाधारणको जीवनको मूल्य त्यत्रोविधि खर्च गरिन लायक नभएर पो हो कि !

जनस्वास्थ्य फाँटका भरपर्दा जान्नेहरु भन्छन्— कोरोना महामारी चुलिँदा कम्तीमा पनि दश हजार भेन्टिलेटरको खाँचो पर्छ । अहिले छन् कति ? म सुन्छु— देशैभरि गरी जम्मा सत्र सय भेन्टिलेटर छन् । कोरोना आतङ्कको उत्कर्षमा त्यो संख्या के हो ? त्यो त केवल हात्तीमा मुखमा जीरा हो । तर माथि सिंहासनवासी प्रभु र तलका फाँटवाले भक्तहरुलाई  न चिन्ता छ न हुटहुटी । तिनलाई चिन्ता शायद अरु नै कुराको छ, जो प्वाक्क भन्नु हुँदैन ।

कोरोना कहरको यो कैरन कहिनसक्नु छ । यो आपत्कालमा सरकारको मति, गति र कर्म हेरिनसक्नु छ, भनिनसक्नु छ । हाम्फल्दै आइरहेको कोरोना व्याधिमा यो सरकारको सहाराको न भर छ न विश्वास  । कोरोनाबाट नागरिकका ज्यान नबचाउन मानौँ यो सरकार कटिबद्ध छ । नागरिकले अब सके आफ्नो बचाउ आफैँ गर्ने हो । नसके ठोरीका नवआविष्कृत स्वेदशी श्रीरामको जो आदेश जो निगाह !

बस्, आँखा फुटेका र मोतियाविन्दुले आँखा टालिएका नेपालीहरुको कोरोना गनगन हो यो । स्वदेशका नेपालीहरुको पनि, विदेशका नेपालीहरुको पनि । जे होस्, यो दुःखमा हाम्रो पनि सरकार छ । र, सरकार गजप छ ! सरकारका कोरानाकलीन सत्कर्महरुका चाङको चापले देश रसातलतिर भास्सिने खतरा ज्वलन्त छ । बरा सरकारको दुःख नेपालीहरुमाझ आफ्ना बहुविध सत्कमहरु देखिदिने आँखा फिटिक्कै नहुनुमा छ !


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.