केन्द्रीय संस्करण

कृषि बालीमा विषादीको प्रयोग मापदण्ड र नियम विपरित हुँदैछ : विषादी विज्ञ पालिखे

person explore access_timeसाउन १७, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपालमा कृषि बालीमा विषादीको प्रयोग मापदण्ड अनुसार नहुँदा वातावरण र मानविय जीवनमा असर पर्ने गरेको छ । नेपालमा मापदण्ड र नियम विपरित कृषि बालीमा विषादीको प्रयोग हुँदा वातावरणमा पर्ने असर विकशित देशहरुमा भन्दा उच्च रहेको छ । विषादी विज्ञ भक्तराज पालिखेले न्यूज एजेन्सी नेपालका संबाददातासँगको कुराकानीमा नेपालमा कृषि बालीमा विषादीको प्रयोग मापदण्ड र नियम विपरित हुने गरेको बताए । 

उनले विषादीलाई औषधिको रुपमा प्रयोग गरिने सोचलाई परिवर्तन गर्नुपर्ने बताए । तथ्याङ्क अनुसार विकशित देशहरुमा प्रतिहेक्टर २ किलो भन्दा बढी विषादीको प्रयोग हुन्छ । नेपालमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी खपत हुने गरेको बताइन्छ । जुन अत्यन्तै कम हो । तर कम विषादीको प्रयोग हुँदापनि मापदण्ड अनुसार नहुँदा नेपालको वातावरण र जनसंख्यामा नकारात्मक असर पर्ने गरेको छ । 

विज्ञ पालिखेले विकशित मुलुकमा विषादीको प्रयोग बढी र वातावरणमा पर्ने असर कम भएको तर नेपाल जस्तो मुलुकमा विषादीको प्रयोग कम र वातावरणमा पर्ने असर बढी रहेको बतए । उनले विकशित देशमा विषादीको खपत बढी भएपनि मापदण्ड र नियम अनुसार प्रयोग गर्दा वातावरण र मानव जीवनमा कम असर पर्ने गरेको बताए ।

नेपालमा अहिलेसम्म ३ हजार ३५ वटा व्यापारिक नामका विषादी र १ सय ७० वटा वैज्ञानिक नामका विषादीहरु दर्ता भई प्रयोगमा आएको छ । जसलाई समान्य अवस्थामा लिन नहुने पनि पालिखेले बताए ।

उनले कृषि बालीमा किरा लागेपछि विषादीको प्रयोग गर्नै पर्छ भन्ने सोचलाई बदल्नुपर्ने र यसको विकल्प खोज्नुपर्नेमा जोड दिए । किसानले विषादी छान्दा पसलेको भरमा छान्ने बानिलाई हटाएर प्राविधिकको सल्लाह अनुसार छान्नुपर्ने बताए । रातो र पहेलो रंङको विषादी भन्दा हरियो र निलो रंङको विषादीले वातावरणमा कम असर पर्ने भएकाले किसानले विषादीको छनौटमा विशेष ख्याल पु¥याउनुपर्ने उहाँले बताए ।

खुला सीमाका कारण नेपालमा दर्ता नै नभएका विषादी भित्रिने सम्भावना पनि छ । छिमेकी देशहरुले प्रयोग गरिरहेका कतिपय विषादीहरु नेपालमा प्रतिवन्धित छन् । खुला बोर्डरका कारण लुकिछिपी आएका त्यस्ता विषादीको प्रयोग हुन सक्ने भएकाले सरकार र किसान दुवै सजग हुनुपर्ने देखिन्छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.