केन्द्रीय संस्करण

अमेरिकामा २४ घण्टाभित्र १ हजार ४४२ कोरोना सङ्क्रमितको मृत्यु

person explore access_timeसाउन १७, २०७७ chat_bubble_outline0

एजेन्सी । संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित एक हजार ४४२ व्यक्तिको मृत्यु भएको छ ।  शनिबार जोन हकिन्स विश्व विद्यालयद्वारा सार्वजनिक तथ्याङ्कअनुसार शनिबारसँगै लगातार चार दिन अमेरिकामा एक हजार २०० भन्दा बढी ब्यक्तिको कोभिड–१९ को महामारीबाट मृत्यु भएको हो । 

विश्वको सबैभन्दा बढी कोभिड–१९ सङ्क्रमित र मृत्य भएको  अमेरिकामा कोरोनाभाइरसका कारण शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार २६८ पुगेको अमेरिकाको आधिकारिक तथ्याङ्क रहेको छ । 

अमेरिकामा विगत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ६९ हजारभन्दा बढी पुगेको र अहिलेसम्म ४५ लाख सङ्क्रमित भएका उक्त विश्वविद्यालयले जनाएको छ । अमेरिकामा शनिबारसम्ममा कूल १४ लाख सङ्क्रमित निको भई घर फर्किएका बताइएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.