केन्द्रीय संस्करण

काठमाडौं उपत्यकामा नियमित फोहोर व्यवस्थापनमा समस्या

person explore access_timeसाउन २२, २०७७ chat_bubble_outline0

काठमाडौं । वर्षातको समय र फोहर व्यवस्थापन गर्ने निजी कम्पनी सक्रिय नभएका कारण काठमाडौँ महानगरपालिकाका केही स्थानमा नियमित फोहर सङ्कलन हुन सकेको छैन । पर्यटकको मुख्य आकर्षकको केन्द्र मानिने ठमेल क्षेत्रका सडकमा फोहरका डङगुर छन् । कामपा वातावरण विभागका प्रमुख हरिकुमर श्रेष्ठका अनुसार फोहर सङ्कलन गर्ने निजी कम्पनी कोरोनाको कारण सबै काममा नआएकाले फोहर व्यवस्थापनमा केही समस्या आएको हो । 

व्यवस्थापन हुन नसकेको केही स्थानका फोहर पनि केही दिनभित्र उठाइसक्ने पनि प्रमुख श्रेष्ठको भनाइ छ ।  हाल महानगर काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर ६० प्रतिशत निजी कम्पनीले र ४० प्रतिशत कामपाले व्यवस्थापन गर्दै आएको छ ।  उपत्यकाको १८ स्थानीय तहको फोहर विगत १३ वर्षदेखि  नुवाकोटको सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

यसैबीच कामपाले वातावरण व्यवस्थापन विभागले एरोपोनिक प्रणालीबाट ट्राफिक आइल्याण्डको सुन्दरता बढाउने सम्झौता खारेज गरेको छ । गएको वर्ष (२०७६) जेठ ३१ गते एरोपोनिक प्रणालीबाट बाह्रै महिना फूल फुलाउन महानगर, नवील बैंक र एरोरुटहरुमाझ त्रिपक्षीय सम्झौता भएको थियो । 

प्रणाली जडान गर्न रु २० लाख ७९ हजार  पहिलो वर्षको वार्षिक सम्भार खर्च रु आठ लाख ८४ हजार र दोस्रो वर्षको वार्षिक सम्भार खर्च रु १० लाख २८ हजार नवील बैंकले एरोरुटलाई उपलब्ध गराउने गरी भएको त्रिपक्षीय सम्झौता साउन २१ गतेदेखि आपसी सहमतिमा खारेज गरेका छन् ।

प्रमुख श्रेष्ठले भने, ‘प्रविधिमा आधारित भएकाले यसबाट हामी थप आशावादी थियौँ तर, प्रणालीबाट अपेक्षा गरिएको परिणाम प्राप्त भएन । त्यसैले सम्झौता भङ्ग गरेका हौँ ।’ अब यी आइल्याण्डको मर्मत सम्भार र व्यवस्थापन महानगर आफैँले गर्नेछ । सम्झौता बमोजिम नयाँ सडक गेट अगाडि पूर्वतर्फ र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिमतर्फ गरी पहिलो चरणमा दुईवटा आइल्याण्डमा यो प्रणाली जडान गरेर सधैंँ पूmल फुलिरहने आइल्याण्ड बनाउनुपर्ने थियो । प्रणाली जडान भएर फूल फुलेको प्रतिवेदन प्राप्त भएको मितिले दुई वर्षसम्म सञ्चालन, व्यवस्थापन, नियमित मलजल, संरक्षण तथा सम्भार गर्ने काम एरोरुटको थियो । सम्भार खर्चको गणना प्रतिवेदन प्राप्त भएको मितिदेखि हुने थियो । 

बिजुलीबाट चल्ने एरोपोनिक प्रणाली नेशनल एरोनटिक एण्ड स्पेस ९नासा० ले आविष्कार गरेको हो । यस प्रणालीमा बिरुवाका लागि आवश्यक पर्ने पानी, पौष्टिक तत्व र अक्सिजन हुस्सुको फर्ममा जरासम्म पु¥याइन्छ । माटोमा हुर्कने बिरुवाले माटोमा भएको ठोस मल प्राप्त गर्छ । यस प्रणालीमा प्रविधिमार्फत बिरुवाका लागि आवश्यक खाद्यवस्तु जरासम्म पु¥याइन्छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.