केन्द्रीय संस्करण

राप्रपा विधान मस्यौदा समिति गठन

person explore access_timeअसोज ८, २०७७ chat_bubble_outline0

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकता आधारपत्रबमोजिम विधान मस्यौदा पेश गर्न नेता निरञ्जन थापाको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ ।  

पार्टी केन्द्रीय कार्यालय चाबहिलमा  पार्टी अध्यक्षत्रय  डा प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा र कमल थापा उपस्थित बैठकले समितिका सदस्यमा भक्ति सिटौला, श्याम शाही, राजु बस्नेत, रामशरण पाठक, भरतजङ्ग उप्रेती र चन्द्र काफ्ले रहेको समिति गठन गरेको हो ।

 पार्टीको सचिवालय कार्य व्यवस्था समितिको बैठक भने यही असोज ११ गते तोकिएको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.