केन्द्रीय संस्करण

विमानस्थल परिसरका २ सय ट्याक्सी चालकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

person explore access_timeअसोज ८, २०७७ chat_bubble_outline0

काठमाडौं । विमानस्थल क्षेत्रका ट्याक्सी चालकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) बाट प्राप्त भएको सो सामाग्री नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।
 
बिहीबार एक कार्यक्रमकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्रिभुवन विमानस्थल हवाई यात्रु यातायात सेवा लिमिटेड मातहत कार्यरत २ सय जना ट्याक्सी चालक मजदूरलाई हस्तान्तरण गरेको जेटीयूसीसीले जनाएको छ । 

ती चालकहरुलाई कुल २ हजार ४ सय थान मास्क, २ सय बोतल स्यानिटाइजर, २ सय थान फेस सिल र ८ सय जोडी ग्लोब्स प्रदान गरिएको थियो । सो कार्यक्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कार्यालयका उपप्रमुख देवचन्द्र लाल कर्ण र कर्पोरेट प्रमुख त्रिलोचन पौडेलका साथै जेटीयूसीसीका महासचिव लालकुमार लामा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, मजदूर नेताहरु धर्मराज भण्डारी, भीमज्वाला राई, रामचन्द्र कार्की, त्रिभुवन विमानस्थल हवाई यात्रु सेवा लिमिटेडका सञ्चालक पुरुषोत्तम सिम्खडा पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा केन्द्रका महासचिव लामाले जेटीयूसीसीले आफूसँग जोडिएका श्रमिकलाई कोभिड १९ का विरुद्ध लड्नका लागि आफ्नो क्षमता अनुसार सहयोग गर्दै आएको भन्दै यो कार्यलाई भविष्यमा पनि निरन्तरता दिने बताए । त्यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष विजय बहादुर स्वाँरले सामग्री उपलव्ध गराएकोमा समन्वय केन्द्र लाई धन्यवाद दिदै आफ्ना सदस्यलाई आवश्यकता केन्द्रले सहयोग गर्दोरहेछ भन्ने सन्देश दिएको बताए ।

विभिन्न मजदूर युनियन सम्बद्ध १० वटा महासंघहरु मिलेर बनेको संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले कोभिड–१९ महामारीपछि विभिन्न राहत, उद्दार र स्वास्थ्य सामाग्री वितरणमा सहयोग गर्दै आएको छ ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.