केन्द्रीय संस्करण

महोत्तरीमा जबरजस्ती करणीको आरोपमा एक कर्मचारी पक्राउ

person explore access_timeअसोज १५, २०७७ chat_bubble_outline0

जनकपुर । महोत्तरीमा जबरजस्ती करणीको आरोपमा प्रहरीले एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर–९ स्थित मुसहरी टोलकी एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वडा सचिवलाई पक्राउ परेको हो ।

भंगहा वडा नम्बर ९ का वडा सचिव मिथिलेश यादवलाई बुधबार राति ९ बजे पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जनाए ।

ती महिलाले दिएको बयान र जाहेरीका आधारमा वडा सचिव यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीले बताए । आरोपित वडा सचिव यादवलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.