केन्द्रीय संस्करण

बैंक अफ काठमाण्डुले १६ प्रतिशत लाभांश दिने

person explore access_timeअसोज १५, २०७७ chat_bubble_outline0

बैंक आफ काठमान्डूले १६  प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १३ प्रतिशत बोनस र कर सहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

अब बैंकले १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ  भने २५ करोड ६४ लाख ६ हजार ६६२ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।  
हाल बैंक अफ काठमान्डूको चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ९१ करोड ४५ लाख ८२ हजार ६ सय ३६रुपैयाँ  हुनेछ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २६ पैसा  रहेको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.