केन्द्रीय संस्करण

भायानेटको फेस्टिभ अफरः ‘भायानेट बडा दशैंमा बडा टिभी’

person explore access_timeअसोज १५, २०७७ chat_bubble_outline0

कामाडौं । विगत २० वर्षदेखि व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको उत्कृष्ट सेवा प्रदान गर्दै आएको भायानेटले यस वर्षको आफ्नो चाडपर्वको अफर ‘भायानेट बडा दशैंमा बडा टिभी’ ल्याएको छ ।

कम्पनीका अनुसार नेपालीहरुको महान चाड दशैं र तिहारको उपलक्ष्यमा ‘भायानेट बडा दशैंमा बडा टिभी’ नामक योजनामा ग्राहकहरुलाई  टेलिभिजन सेट र क्यास भाउचर प्रदान गरिनेछ ।

यस योजनाअन्तर्गत, भायानेटका ग्राहकहरुले ४३ इन्चको स्काई वर्थ एलइडी टिभीको साथ ३०एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र रु. ४१,९९० प्राप्त गर्नेछन् । ३२ इन्चको स्काई वर्थ एलइडी टिभीको साथ ३०एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र रु. २८,९९० प्राप्त गर्नेछन् ।

यति मात्र होइन, यो चाडपर्वलाई अझै रमाइलो बनाउन भायानेटले ईसेवाको रु. ६५० सम्मको क्यास भाउचर प्रदान गर्दैछ भने पुराना ग्राहकहरुले थप रु. ६०० सम्मको छुट पनि प्राप्त गर्नेछन् । 

भायानेटको दावी छ कि ग्राहकहरुले यस अफरबाट टेलिभिजन सेटमा मार्केट रेटको दाँजोमा ३५% भन्दा बढीको छुट पाउने छन्र भायाटिभीको सेवाका साथ अब युट्युब उपलब्ध हुने भएकोले अफरमा प्रदान गर्ने एलईडी टिभीमा स्मार्टटिभीको फिचरको मजा लिन सकिनेछ । 

यस अफरका साथ भायानेटले यो चाडपर्वको अवसरमा ग्राहकहरुलाई खुशी बाँड्न र रोमाञ्च प्रदान गर्न खोजेको बताएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.