केन्द्रीय संस्करण

मन्त्रालय बढाउने काम गरिए घोर विरोधमा उत्रिन्छौँः रामचन्द्र पौडेल

person explore access_timeअसोज १५, २०७७ chat_bubble_outline0
file photo

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मन्त्रालय फुटाए आफूहरु घोर विरोधमा उत्रिने चेतावनी दिएका छन् ।  सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केही मन्त्रालय फुटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल भइरहेको कुरा बाहिरिपछि नेता पौडेलले विहीबार सो चेतावनी दिएका हुन्। 

उनले भने, ‘जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर बिरोधमा हामी उत्रने छौं।’ नेकपामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फुटाएर दुईवटा अलग मन्त्रालय बनाइने विषयमा छलफल भएको बुझिएको छ । 

यसबारे पौडेलले ट्वीटरमा लेखेका छन्, ‘कर्मचारीको पेन्सन धान्न नसक्ने अवस्था भइसकेको  छ। जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा हामी उत्रने छौं ।’

उनले देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्ती केन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम भइरहेको बताए । उनले भने, ‘देशलाई भारमात्र पर्नेगरी प्रधानमन्त्रीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्ने, मन्त्री पद बाँड्ने गैरजिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त गर्न खोजेको हो । देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्टले चलाएका छन्।  कर्मचारीको पेन्सन धान्न नसक्ने अवस्था भैसकेको छ ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.