केन्द्रीय संस्करण

अस्ट्रेलियामा ‘स्टप अडानी’ अभियान : भारत र अस्ट्रेलियाबीचको खेलका दौरान मैदानमा प्रवेश गरेर विरोध प्रदर्शन

person explore access_timeमंसिर १२, २०७७ chat_bubble_outline0

भारत र अस्ट्रलियाबीचको पहिलो एकदिवसीय खेलको दौरान शुक्रबार सिड्नी क्रिकेट मैदानमा रोचक घटना भएको छ । दुई प्रदर्शनकारी मैदानमा प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन् । जसमध्ये एक जनाले ‘नो वान बिलियन डलर बडानी लोन’ को पोष्टर प्रदर्शन गरेका थिए । केही दिनअघि भारतको स्टेट बैंक अफ इन्डिया (एसबीआई) ले अदाणी ग्रुपलाई अस्ट्रेलियामा कोइला खानीको लागि ५ हजार करोड भारतीय रुपैयाँको ऋण स्वीकृत गर्न लागेको समाचार प्रकाशित भएको थियो ।

गत १७ नोभेम्बरमा प्रकाशित समाचारका अनुसार एसबीआईले अस्ट्रेलियामा कोइला खानी परियोजनाका लागि १ बिलियन अस्ट्रेलियन डलर (करिब ५ हजार ४५० भारु) ऋण दिने निर्णय गर्न लागेको छ । उक्त ऋण अदानी इन्टरप्राइजेजको अस्ट्रेलियन माइनिङ कम्पनी ब्रेवस माइनिङ एन्ड रिर्सोसेजलाई दिइनेछ ।

रिपोर्टका अनुसार एसबीआई र अदानी समुहबीच ऋण सम्झौताको छलफल अन्तिम चरणमा रहेको छ । यसलाई बैंकले चाँडै स्वीकृति दिने बताइएको छ । यसअघि सिटी बैंक, रोयल बैंक अफ स्कटल्याण्ड, एचएसबीसी र बार्क्लेजले अदानी समूहलाई ऋण दिन अस्वीकार गरेको थियो ।

खेलको सातौँ ओभरको दौरान प्रदर्शृनकारी पिचको नजिक पुगेर विरोध जवनाएका थिए । पछि सेक्युरिटीले उनीहरुलाई मैदानबाट बाहिर निकालेका थिए । अहिले अस्ट्रेलियामा स्टेडियममा ५० प्रतिशत दर्शकलाई प्रवेशको अनुमति दिइएको छ ।

हाल अस्ट्रेलियामा ‘स्टप अडानी’ अभियान चलिरहेको छ ।

दैनिक भास्कर

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.