
भनाभन बुबासँग, ‘बदला’ लिए गाईसँग

काठमाडौं । मोरङमा बुबासँग भनाभन भएपछि गाइको हत्या गर्ने एकजना पक्राउ परेका छन् । सुनवर्षी नगरपालिका–२ सुघाटोलका ३० वर्षीय भुपेन्द्र राई पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार आफ्नो बुबासँग सामान्य घरायसी विवाद हुँदा भुपेन्द्रले बन्चरो प्रहार गरी घरमा पालिएको गाईको हत्या गरेका हुन् ।
गाईको हत्या गरेको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले अभियुक्त भुपेन्द्रलाई पक्राउ गरेको एसपी खड्काले बताए । भुपेन्द्रलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ