केन्द्रीय संस्करण

वीर अस्पतालमा स्वास्थ्यकर्मीद्वारा तालाबन्दी

person explore access_timeमंसिर १४, २०७७ chat_bubble_outline0

जोखिम भत्ता र नियमित तलबको माग गर्दै गत कार्तिक २ गतेदेखि आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मी एवं कर्मचारीले अस्पतालमा तालाबन्दी गर्ने निर्णय गरेका छन् ।  
आन्दोलन सुरु गरेको ४२ दिन पुग्दा पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले स्वास्थ्यकर्मचारीको मागलाई सम्वोधन नगरेको भन्दै डिन, निर्देशक, रजिष्ट्रार र रेक्टरको कार्यकक्षमा तालाबन्दी गर्न अस्पतालले बाध्य  भइएको अस्पतालका कर्मचारी तथा नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष खुबराज आचार्यले बताए ।

 नेपाल स्वास्थ्यकर्मी संघको आइतबार बसेको बैठकले पदाधिकारीको कक्षमा आजै तालाबन्दी गर्ने निर्णय गरेको अध्यक्ष आचार्यले बताए । अस्पतालमा धर्नासहित, प्लेकार्ड प्रदर्शन गरेर पदाधिकारीविरुद्ध नाराबाजी गरे पनि कुनै सेवा भने अवरुद्ध नगरेका उनले बताए । पदाधिकारीहरुको कक्षमा तालाबन्दी गरे पनि स्वास्थ्य सेवा निरन्तर संचालन हुने उनले उनको भनाइ छ । 

 ४२ दिनयता दैनिक रुपमा अस्पताल परिसरमा स्वास्थ्यकर्मीले धर्नासहित नाराबाजी हुँदै आएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.