केन्द्रीय संस्करण

सञ्जीवले जिते डेनमार्कमा एक लाख क्रोनर

person explore access_timeमंसिर १४, २०७७ chat_bubble_outline1

काठमाडौं । नेपाली युवा सञ्जीव गिरीले डेनमार्कमा एक लाख डेनिस क्रोनर अर्थात् १९ लाख नेपाली रुपैयाँ बराबरको छात्रवृत्ति पुरस्कार पाएका छन् । प्रत्येक वर्ष डेनमार्कको प्रख्यात संस्था एपी मुलर फाउन्डेन्सले प्रशिक्षार्थीलाई प्रदान गर्ने छात्रवृत्ति यस वर्ष नेपाली युवा सञ्जीव गिरीले जितेका हुन् । माग भएको छात्रवृत्तिमा आवेदन दिँदै सहभागी गिरीले १ लाख डेनिस क्रोनर अर्थात् १९ लाख नेपाली रुपैयाँ पाएका छन् ।

यस वर्षलाई संस्थाले दुई विधामा सर्वोकृष्ट हुनेलाई पुरस्कृत गरेको थियो । बेकरी विधामा गिरीले पाए । अर्को विधामा भने होम पेन्टिङमा उत्कृष्ट हुनेलाई दिइयो । सञ्जीवले अन्तिम परीक्षामा उत्कृठ अंक प्राप्त गदै रजत पदक पाए । यो पुरस्कार पाउने डेनमार्कमा कार्यरत नेपालीमध्ये गिरी पहिलो व्यक्ति हुन् । उनले पाएको छात्रवृत्तिको रकमले युरोपकै फ्रान्समा गएर थप अध्ययन गर्ने बताएका छन् । फ्रान्स बेकरीमा विश्व प्रख्यात छ ।

सावर डो ब्रेडको बारेमा एवं अर्टिसियन बेकिङको तालिम लिने र त्यहाँबाट सिकेको सीप डेनमार्क तथा स्वदेशमै उपयोग गर्ने र चाँडै नै नेपालमा बेकरी स्कुल सञ्चालन गर्ने गिरीले बताए । काठमाडौंको नागार्जुन नरपालिका रामकोटका गिरी जेड.बी.सी रिङ्गस्टेडमा अध्ययन गर्दै टिवोलीको निम्ब र एन्डरसन बेकरीमा काम गर्दै २०१९ मा बेकरीमा स्नातक गरेका छन् । उनी हाल डेनमार्कको राजधानी कोपन हेगन एन्डरसन बेकरीमा २०१० देखि मास्टर बेकरको रुपमा काम गरिरहेका छन् । 

डेनमार्कमा नेपाली बेकरहरुको संख्या नगन्य मात्रै रहेको छ । एन्डरसन बेकरी जापानमा सन् १९५९ मा स्थापना भएको हो । २००८ मा यो कम्पनी डेनमार्कमा स्थापना भएको हो ।  यो बेकरी हाल विश्वभर फैलिएको छ भने डेनमार्कको टप टेन बेकरीको रुपमा परिचित छ । कोरोनाका कारण यस वर्ष डेनर्माकी महारानीबाट पाउने रजत पदक भने अर्को वर्षको मार्चमा प्रदान गरिने छ । पुरस्कार रकम र प्रमाण प्रदान गरिसकेको छ ।  गिरी बेकरी सम्बन्धी उच्च शिक्षा अध्ययन गर्न सन् २०१० मा डेनमार्क पुगेका थिए।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Nov. 30, 2020, 9:17 p.m. Janak raj giri
    Cooking in Dubai
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.