केन्द्रीय संस्करण

काँग्रेस नेता विश्वकर्मा ३६ दिनपछि डिस्चार्ज

person explore access_timeमंसिर १४, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा अस्पतालबाट डिस्चार्ज भएका छन् । १ कात्तिकमा कोरोना पुष्टि भएपछि गम्भीर विरामी परेका विश्वकर्मालाई ३६ दिनमा डिस्चार्ज भएका हुन् ।

 कोरोना संक्रमणपछि ८ दिनसम्म होम आइसोलेसनमा बसेका उनी श्वासप्रश्वासमा समस्या भएपछि ९ कात्तिकमा वीर अस्पतालमा भर्ना भका थिए । तीन दिन वीरमा उपचार गराएपछि विश्वकर्मालाई थप उपचारका लागि ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

सांसद एवं दलित संघका अध्यक्ष रहेको विश्वकर्मालाई श्वासप्रश्वासमा समस्या र निमोनिया भएको थियो । १५ कात्तिकदेखि एक हप्तासम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।  स्वास्थ्यमा सुधार आएपछि २४ कात्तिकमा भेन्टिलेटरबाट उनलाई निकालिएको थियो ।

स्वास्थ्यमा सुधार आएपछि आइतबार उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार डिस्चार्ज भए पनि विश्वकर्मालाई केही मात्रामा केही दिन अक्सिजन दिइरहनुपर्ने छ ।

उनलाई पूरै रिकभर हुन करिब एक डेढ महिना लाग्न सक्ने भनिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.