केन्द्रीय संस्करण

दाङमा अवैध सुनसहित २ जना पक्राउ

person explore access_timeमंसिर १४, २०७७ chat_bubble_outline0

घोराही । दाङ प्रहरीले घोराही बजारबाट सुनसहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले २ सय ७३ ग्राम सुनसहित २ जनालाई बजारबाट समातेको  जनाएको छ ।  जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले अबैध सुन लिएर बजारमा हिडिरहेको बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनीहरुको साथबाट सुन बरामद गरेको जानकारी दिए ।

सुनसहित पक्राउ पर्नेमा घोराही१० नारायणपुरका पुर्णजङ्ग सुनार र घोराही कपासिका खड्ग प्रसाद सुनार रहेको एसपी चन्दले बताए । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।  एसपी चन्दले घोराही बजारमा सुन लिएर हिडिरहेको प्रहरिले सुचना पाएपछि प्रहरीले पक्राउ गरेको र  पक्राउ परेका सुन व्यवसायी भएको खुलेको बताए । काठमाडौंबाट दाङमा ल्याइ बिक्रि बितरण गर्ने गरि चोरीका किनेर वा भन्सार छलेर सुन ल्याएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । 

साथै दाङ प्रहरीले पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानसहित कारबाही गर्न राजस्व कार्यालय कोहलपुरलाई बुझाउने तयारी गरेको छ । यसअगाडि पनि प्रहरीले १ किलो सुनसहित बिभिन्न ब्यक्तिलाई पक्राउ गरेर कारबाहीका लागि राजस्व कार्यालय पठाएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.