
महासंघमा गोल्छाले सम्हाले अध्यक्षको पदभार

काठमाडौं । शेखर गोल्छाले नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको कार्यभार सम्हालेका छन् ।
आइतबार होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको शपथ ग्रहण समारोहपछि अध्यक्ष गोल्छाले पदभार ग्रहण गरेका हुन् । उनलाई निवर्तमान अध्यक्ष भवानी राणाले पदभार हस्तान्तरण गरेकी थिइन् ।
योसँगै बन्ने महासंघको कार्यसमितिमा राणा दोस्रो वरियतामा झरेकी छन् ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहणसँगै आइतबार नै महासंघ कार्यसमितिको पहिलो बैठक समेत बस्यो ।
सो बैठकमा मनोनित हुने विशिष्ठ सदस्य र कार्यकारिणी सदस्यको नियुक्ति एवं कोषध्यक्षका लागि निर्वाचनको सम्बन्धमा छलफल भएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ