केन्द्रीय संस्करण

महासंघको सदस्य मनोनयनमा विवाद हुने संकेत

person explore access_timeमंसिर १४, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहिलो बैठकमै गुटगत लफडाको संकेत देखिएको छ । महासंघको कार्यकारिणी समितिको सपथ ग्रहणसँगै भएको पहिलो बैठकमै ढकाल समूह र गोल्छा समूहबीच गुटगत विवादको संकेत देखिएको हो । 

खासगरी, कार्यकारिणी समितिले मनोनित गर्नुपर्ने विशिष्ठ सदस्य, मानार्थ सदस्य र अन्य सदस्यहरुको मनोनयनका सम्बन्धमा विवाद देखिएको हो । अघिल्लो कार्यकालमा चण्डीराज ढकालले विशिष्ट सदस्य थिए । पूर्व अध्यक्षबाट मनोनित हुने सो पदमा गोल्छा समूहले पशुपति मुरारकालाई मनोनित गरिएको छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा पराजित भएका किशोर प्रधानलाई मानार्थ सदस्य बनाउन लागिएको छ । त्यस्तै, कोषध्यक्षको निर्वाचन तथा अन्य कार्यकारिणी सदस्यहरुको मनोनयनमा सहमति गर्ने कि मतदान गर्ने भन्ने सम्बन्धमा दुई पक्षबीच विवाद भएको हो । 

नवनिर्वाचित कार्यकारिणी समितिमा गोल्छा समहूहको बहुमत छ । त्यसैले सो समूहले सबै पदमा मतदान चाहिरहेको छ । ढकाल समूह भने सहमतिका साथ अघि बढ्नुपर्ने पक्षमा देखिएको छ ।

केन्द्रीय सदस्य मध्येबाट एकजना निर्वाचित हुने कोषाध्यक्षका लागि सोमबार निर्वाचन गर्ने तयारी गरिएको सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.