केन्द्रीय संस्करण

दिल्लीमा आइतबार कोभिड–१९ सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या धेरै

person explore access_timeमंसिर १४, २०७७ chat_bubble_outline0
file photo

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा आइतबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या थप चार हजार ९०६ रहेको यहाँको राज्यस्तरीय स्वास्थ्य विभागले जानकारी गराएको छ । दिल्लीमा आइतबार निको भई घर फर्किने कोभिड–१९ सङ्क्रमित विरामीको सङ्ख्या ६ हजार ३२५ रहेको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसरी हेर्दा भारतको राजधानीमा सङ्क्रमित विरामीभन्दा सङ्क्रमणमुक्त भएका विरामीको सङ्ख्या बढ्दो देखिएको छ । 

राजधानी दिल्लीमा शनिबारको तुलनामा आइतबार सङ्क्रमण पुष्टि हुने विरामी पनि कम देखिएका छन् । अहिलेसम्म दिल्लीमा कूल पाँच लाख ६६ हजार ६४८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । विभागले जारी गरेको स्वास्थ्य बुलेटिन अनुसार दिल्लीमा विगत २४ घण्टामा कूल ६४ हजार १८६ जनाको कोभिड परीक्षण गरिएको थियो । 

तथ्याङ्कले दिल्लीमा नोभेम्बर ७ मा कोभिड सङ्क्रमित दर १५.२६ रहेकोमा महिनाको अन्त्यसम्म आइपुग्दा यो दर ९.०८ प्रतिशत कायम भएको राज्य सरकारका स्वास्थ्यमन्त्री सत्यन्दर जैनले बताए ।  त्यसैगरी दिल्लीमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ६८ व्यक्तिको मृत्यु भएको र अहिलेसम्म यहाँ कूल नौ हजार ६६ जनाको मृत्यु भएको बताइएको छ । दिल्लीमा अहिले ३५ हजार ९१ कोभिड सङ्क्रमित व्यक्ति उपचाररत रहेका छन् भने पाँच लाख २२ हजार ४९१ व्यक्ति निको भई घर फर्किएका छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.