
–सरस्वती गुरुङ
संवाद सोचमै सकिन्छ यहाँ
सकिन्छ छरपष्ट फिँजारिएको अमर प्रेमहरु
जवाफ खोजमै रोकिन्छ यहाँ
रोकिन्छ छरपष्ट सिँगारिएका ती रहरका ओठहरु
निःशब्द गल्छन् ती फर्फराएका जोशहरु
गल्छ ती एक्लोपनले हराएका होसहरु
बाध्यता, बाध्यता, सायद यहाँ
मुटु टुक्रिनेको डरले होला
सायद अतितका चोटहरुको डरले होला
चलाएका कलम बीचमै रोकिन्छ यहाँ
सम्हालिएका कसम रिसमै पोखिन्छ यहाँ
सन्तुष्टि कुनै प्रेमीमा छल्केर होला
यो प्रेम कुनै प्रश्नचिन्ह भएर झल्केको छ
यो प्रेम अन्धोपनले झल्केर अजीव भएको छ
निःशब्द गल्छन् ती फर्पmराएका जोशहरु
गल्छन ती एक्लोपनले हराएका जोसहरु
सायद यिनै कष्ट कारणले होला
संवाद सोचमै सकिन्छ यहाँ
सकिन्छ छरपष्ट फिँजारिएको अमर प्रेम
जवाफ खोजमै रोकिन्छ यहाँ
रोकिन्छ छरपष्ट सिँगारिएका ती रहरका ओठहरु
कटारी, उदयपुर
हाल : साइप्रस

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- Jan. 10, 2021, 7:25 p.m. Dinesh pariyaroutstanding 😘
- 0 Reply