केन्द्रीय संस्करण
खगोल विज्ञान

सूर्यभन्दा झण्डै ९०० गुना ठूलो आद्रा तारा, विशाल कायाकै कारण शीघ्रमृत्युको सङ्घारमा छ !

विचित्रता कस्तो ! म जस्तै विस्तारै ऊ पनि मर्दै गइरहेको छ। तर हामी दुबैमा पहिलाको विदा हुन्छ ?

person explore access_timeपुस २७, २०७७ chat_bubble_outline0

 

 

केही दिन पहिला मैले कतै पढें, आद्रा तारा मृत्युको सङ्घारमा पुगेको छ। यो सुनेर  मलाई कोमल, पवित्र विषादले घेर्‍यो।  विषादको त्यो नक्षत्र मभित्र उदायो  र फेरि अस्त भएन।झण्डै ६५० प्रकाशवर्ष टाढा रहेको एउटा ताराको आसन्न मृत्युले  मलाई किन दु:खी बनायो ? कुनै खास कारण त भन्न सक्दिनँ।  मलाई यति मात्रै थाहा छ यस  तारासँग  मेरो प्रतिदिन जम्काभेट हुन्छ, शायद यसैले  होला मलाई यस तारासँग अनुराग जस्तो केही भयो।

म प्रतिदिन साँझ घुम्न निस्किन्छु। बाहिर निस्किँदा मेरो शीशमाथि आकाशमा   मृग तारामण्डल सुशोभित हुन्छ, आद्रा यसै मण्डलको  प्राण हो। म प्रायः यसलाई हेरिरहेको हुन्छु।  यो म सँगसँगै गति गरिरहेको हुन्छ। के म यो सम्झौं यसको उपस्थितिले मलाई एकान्त अनुभूति हुन्न ? तर मेरो अनुभव छ यसो भन्नु उपयुक्त हुन्न। अपितु  मलाई लाग्छ  यसको साथ र सँगतले मेरो एकान्त झनै निस्तब्ध हुन्छ। मनमा विचार आउँछ यहाँ पृथ्वीमा म एक्लै छु त्यहाँ सुदूर अन्तरिक्षमा आद्रा एक्लै छ। यी त दुइटा एकान्त भए !  अब आकाशमा त अनन्त तारा छन्, त्यसो भए एकान्त संख्या कति हुन पुग्छ ! ?

मानव सभ्यताको इतिहासमा मानिसले जुन तारालाई आश्चर्यका साथ बारम्बार अध्ययन अवलोकन गरेका छन् त्यसमा आद्रा अग्रस्थानमै पर्छ।  यस पंक्तिमा आउने अन्य नाम स्वाति, रोहिणी, अभिजीत, अगस्त्य, ध्रुवभन्दा कम चिन्तन गरेको छैन मानवीय मेघाले आद्राबारे ।

मलाई जयशंकर प्रसादको कथा 'पुरस्कार' को सम्झना आउँछ।  कथाको प्रारम्भमै लेखिएको छ - 'आद्रा नक्षत्र; आकाशमा काला बादलको ताँती र बादलमा देव दुन्दुभिको बज्र घोष।' जयशंकर प्रसादलाई आद्राको आसन्न मृत्युबारे थाहा भएको भए कदाचित  उनलाई पनि म जस्तै विषाद हुने थियो। 

मलाई जयशंकर प्रसादको कथा 'पुरस्कार' को सम्झना आउँछ।  कथाको प्रारम्भमै लेखिएको छ - 'आद्रा नक्षत्र; आकाशमा काला बादलको ताँती र बादलमा देव दुन्दुभिको बज्र घोष।' जयशंकर प्रसादलाई आद्राको आसन्न मृत्युबारे थाहा भएको भए कदाचित  उनलाई पनि म जस्तै विषाद हुने थियो। 

मैले एउटा खगोलविदबारे पढेको थिए। केटाकेटी छँदा कुनै रात्रि ऊ निष्प्रयोजन  डुलिरहेको थियो। एक्कासि  उसका आँखा आकाशमुखी भए। लालरंगको एउटा ताराले उसलाई हेरी आँखा झिम्कायो।  उसलाई लाग्यो यो तारा मसँग केही भन्न खोजिरहेको छ। उसलाई आँखा झिम्क्याउने तारासँग सहानुभति भयो। ऊ तुरुन्तै घर फर्कियो र नक्षत्र मण्डलका चित्र पल्टाउन थाल्यो। उसले मृग तारामण्डल भेटयो, जुन आकाशमा कुनै आखेटकका भाँती मचानआरूढ थियो।  शायद यसैले गर्दा यस मण्डललाई कालपुरुष पनि भनिन्छ। आखेटकले लाएको अचकन (ओभर कोट ) मा तीनवटा टाँकझैँ एकै लहरमा रहेका तीनवटा तारा, यो नै यस तारामण्डलको पहिचान हो।

प्रत्येक तारामण्डलमा कुनै एउटा तारा सर्वाधिक कान्तिमान  हुन्छ तर कालपुरुषमा  दुइटा तारा कान्तिमान छन् ।  आधुनिक पश्चिमा खगोलविदले तीमध्ये एउटा एउटालाई अल्फा र दोस्रोलाई बीटा नामकरण गरे। उनीहरुले कालपुरुषलाई ओरियन (orion) को संज्ञा दिए।  तारामण्डलमा भएको नीलो-सेतो  चम्किलो  तारालाई बीटा ओरिनियस भनियो। आंग्लभाषामा यसलाई रीगेल र हाम्रो भाषामा यसलाई राजन्य भनेर बोलाइयो। तारामण्डलको काँधमा अवस्थित रातो तारालाई  खगोलको भाषामा अल्फा ओरिनियस भनियो। यसै तारालाई प्रचलित नाम दिइयो बीटलगूज (Betelgeuse) । यही नै मेरो आत्मीय तारा हो जसलाई हाम्रो भाषामा आद्रा भनिन्छ।

चित्र पुस्तिकामा  ओरियन तारामण्डलको बीटलगूज अर्थात आद्रा तारालाई हेर्न साथ त्यस बालकलाई आँखा झिम्क्याउने ताराको ज्ञान भयो।  ऊ फेरि घर बाहिर आयो।  यसपटक उसले तारालाई आँखा झिम्क्याउँदै 'यु अर नट अननोन,  आई नो  योर नेम एण्ड आइडेंटिटी'' भनी मुस्कान छाड़्यौ।

हाम्रो सूर्य पनि एउटा तारा हो। धेरै उमेर भएको झण्डै बुढो तारा। ४ अर्ब ६० करोड़  वर्ष उमेर पुगेको परिपक्व 'सेलेस्टिकल बड़ी'। सूर्यबारे सोच्दै गर्दा मलाई मञ्जर भोपालीको त्यो शे'र याद आउँछ - 'अनगिनत साल का जलता हुआ बूढ़ा सूरज / जाने क्यों रोज सबेरे मेरे घर आता है। '

निश्चय पनि  यो आकाशमा झुन्डिएको  कुनै परिचयहीन प्रभा थिएन, आफ्नो अस्तित्वको परिचय र नामसंज्ञा बोकेको एउटा जीवन इकाई थियो यो। त्यस बालकलाई  त्यसै रात्रि   त्यस तारासँग  प्रीति बस्यौ।  उसले यस तारासँग मित्रता नै गास्यो र जीवनभरि मित्रता धर्मको पालन गर्यो। ठूलो भएर त्यस बालकले यसै ताराको अनुसन्धान गर्नु नै आफ्नो जीवनको लक्ष्य बनायो। उसले सम्पूर्ण जीवन यसै ताराको अध्ययनमा खर्चियो।  यसबारे कैयन पुस्तक लेख्यो।  एक दिन उसलाई थाहा भयो– आद्रा मर्दै गइरहेको छ, उसको मुटु नै हल्लियो। उसले मनमनै भन्यो, बन्धु यो हुन सक्दैन।  जब मैले त्यस बालकको पूरा गाथा  थाहा पाएँ, मलाई लाग्यो यही कथाले त मेरो अवचेतनमा पनि  खलबली मच्चाइरहेको छ।

हाम्रो सूर्य पनि एउटा तारा हो। धेरै उमेर भएको झण्डै बुढो तारा। ४ अर्ब ६० करोड़  वर्ष उमेर पुगेको परिपक्व 'सेलेस्टिकल बड़ी'। सूर्यबारे सोच्दै गर्दा मलाई मञ्जर भोपालीको त्यो शे'र याद आउँछ - 'अनगिनत साल का जलता हुआ बूढ़ा सूरज / जाने क्यों रोज सबेरे मेरे घर आता है। '

साँच्चै  सूर्य अनगिन्ती सालदेखि प्रज्वलित हुँदै आएको छ र पनि प्रतिदिन बिहान निर्धारित समयमा हाम्रो दैलोमा आई पुग्छ।  हाम्रो जीवनका सबै सलाईका काँटी,  लालटेन र अध्यारोका आँखारूपी प्रकाशका तमाम स्रोतहरु  यसैबाट परिचालित छन्। सूर्यको तुलनामा आद्रा धेरै धेरै नै कलिलो उमेरको छ। यसको उमेर नै कति पुगेको छ र जम्मा  पुग नपुग एक करोड वर्ष त हो नि  ! त्यै पनि यसको मृत्यु नजिकिएको छ।  भन्न सकिन्छ यो एउटा युवा मृत्यु हो।  शायद यस्तै परिस्थितिका लागि अरबी /उर्दूमा भनिन्छ, मर्गे- नागहानी (असमयमा हुने  मृत्यु / युवाकालमा हुने मृत्यु )।

ग़ालिबले भनेका थिए -

 काते -ए - अमार हैं अक्सर नुज़ूम
वो बला - ए - आसमानी और है,
हो चुकी हैं ग़ालिब बलाएँ तमाम
एक मर्गे नागहानी और है।
(काते -ए - अमार= प्राणघातक, नुजूम = तारा )

 असमयमा हुने मृत्यु अथवा युवा मृत्युको सन्ताप बेग्लै हुन्छ,  यसका धेरै मार्मिक शोक गाथा लेखिन्छन्।

https://www.treehugger.com/

सूर्यको तुलनामा आद्रा धेरै धेरै नै कलिलो उमेरको छ। यसको उमेर नै कति पुगेको छ र जम्मा  पुग नपुग एक करोड वर्ष त हो नि  ! त्यै पनि यसको मृत्यु नजिकिएको छ।  भन्न सकिन्छ यो एउटा युवा मृत्यु हो।

यो आद्रा तारा पनि युवा अवस्थामै मर्न गइरहेको छ, यसको मृत्यु छिट्टै हुने पनि  कारण छ। त्यो कारण हो– यो आकारमा अत्यन्त ठूलो छ।  यसलाई हाम्रो सूर्यको स्थानमा राख्ने कल्पना गर्ने हो भने यसको पहुँच हामी पृथ्वीवासीसम्म हुन आइपुग्छ। शायद हामीभन्दा पर  बृहस्पति ग्रहसम्म  पनि पुग्छ। मंगल ग्रह  र 'ऐस्टेरॉयड बेल्ट' यसको उदरभित्र हुन्थे।  पृथ्वीबाट हेर्दा पो यो अन्य ताराका भाँती सानो र 'ओरियन कन्स्टीलेसन' को काँधझैँ प्रतीत हुन्छ।  तर आद्रा उपस्थित अन्तरिक्षमा हाम्रा शब्दको न त कुनै अर्थ नै हुन्छ, न त उपादेयता नै। हाम्रा सबै शब्द, माप हाम्रै 'पर्सपेक्टिव'का फलस्वरूप बनेका हुन्। दुर्भाग्यले जसलाई हामी ब्रह्माण्डीय सत्य ठानी रहेका हुन्छौ। आद्रा ताराको आकार यति ठूलो छ, यही ठूलो आकार नै यसको शीघ्रमृत्युको प्रमुख कारण बनेको हो। यो हाम्रो सूर्यभन्दा झण्डै ९०० गुना ठूलो छ। भन्न सकिन्छ –यो एउटा यस्तो राँको झैँ बल्यो, जुन दुबैतिरबाट प्रज्वलित थियो ।  यसको नियति मै तेज, तृष्णा र तिरोहित हुने अभीप्सा सन्निहित थियो।

खगोलविदका अनुसार आद्रा अब आफ्नो जीवनको अन्तिम दिनतिर आइपुगेको छ।  २०२० मा यसको प्रकाशमा आएको ह्रास बारे विभिन्न धारणा छन्। कसैलाई थाहा छैन यसका अन्तिम दिनको विस्तार कति हुन्छ ... केही वर्ष, केही सय वर्ष, केही हजार वर्ष ? कसलाई थाहा आद्रा भोलि नै मर्न सक्छ  अथवा केही लाख वर्ष अरु धानिन सक्छ।

ताराको मृत्यु भाँती भाँती प्रकारले हुन्छन्।  अति विशाल तारा (सूर्य भन्दा २० गुना बड़ी द्रव्यमान हुने ताराहरु) आफैभित्र संकुचित भएर ब्लाकहोल बन्ने गर्छन्। यसभन्दा कम्ति द्रव्यमानका तारा सुपरनोभा विस्फोट हुन्छन्।

ताराको मृत्यु भाँती भाँती प्रकारले हुन्छन्।  अति विशाल तारा (सूर्य भन्दा २० गुना बड़ी द्रव्यमान हुने ताराहरु) आफैभित्र संकुचित भएर ब्लाकहोल बन्ने गर्छन्। यसभन्दा कम्ति द्रव्यमानका तारा सुपरनोभा विस्फोट हुन्छन्। सूर्यको  आकार र द्रव्यमानको तारा न त ब्लैक होल नै हुन्छ, न त सुपरनोभा विस्फोट नै।  यो श्वेत वामन तारा ( व्हाइट ड्वार्फ़) बन्ने बाटोतिर लाग्छ। जुन दिन हाम्रो सूर्य श्वेत वामन तारा बन्ने यात्रामा लाग्छ, शायद त्यो भन्दा धेरै पहिला नै (वैज्ञानिक अनुमान) पृथ्वी यसको उदरमा गइसकेको हुन्छ।  अथवा भन्न सकिन्छ– अस्तित्वमा रहिरहेमा पनि सूर्य श्वेत वामन हुँदा यहाँका समस्त अग्नि विदा हुन्छन्।  पृथ्वी कै रक्त सञ्चारमा चिसो मृत्युले प्रवेश गर्छ।

तर आद्रा तारा ब्लैक होल बन्दैन यसको नियतिमा सुपरनोभा  विस्फोटको  रङ्गीचङ्गी आतिशबाजी प्रदर्शित गरी शान्त हुनु रहेको छ। जुन दिन यो घटना हुन्छ, त्यो दिन अन्तरिक्षको  इतिहासको  (मानिसका लागि) सबैभन्दा अभूतपूर्व दिन हुन्छ, जसलाई मानिसले आफ्ना आँखाले हेर्न पाउछन्।

जति अभूतपुर्व घटना भए पनि कुन चाहिँ मानिसले यो हेर्ने  अभिलाषा गर्छ ? म किमार्थ  पनि यसो अभिलाषा राख्न सक्दिनँ।  त्यो खगोलविदले पनि गर्न सक्दैन जसले जीवनमा सबभन्दा पहिला आद्रा तारालाई चिनेको थियो। यस बाहेक पनि हजारौं  मानिस होलान्, जसलाई यस तारासँग प्रीति होला।

केही दिन पहिला म तारासम्बन्धी एउटा वृत्तचित्र हेर्दै थिएँ।  वृत्तचित्रमा एक एक गरी विभिन्न खगोलीय पिण्ड र तारा आउँदै गइरहेका थिए।  आद्रा तारा हेर्ने बित्तिकै मन प्रफुल्लित भयो।  मलाई लाग्यो– यो लाल तारा मेरो मित्र हो, बन्धु हो।  जुन धुकधुकी ऊ भित्र छ, त्यै मभित्र पनि छ।  जुन ऊष्माले उसको जीवन धानिएको छ, त्यै मभित्र पनि जीवनको रूपमा टिमटिमाई रहेको छ। हामी बीच जति दूरी भए पनि हामी दुबै यस महासृष्टिको हिस्सा हौं।  र,  विचित्रता कस्तो ! म जस्तै विस्तारै ऊ पनि मर्दै गइरहेको छ। तर हामी दुबैमा पहिलाको विदा हुन्छ ?

म त यही चाहन्छु– मेरो यस जीवनको कालरात्रिका दिन पनि आकाशमा आद्रा चम्किरहेको होस्, कालपुरुषको काँधमा दिपदिप बल्दै गरेको  मैनबत्ती सरह। र,  म यस सन्तोषका साथ विदा हुन पाउँ कि यति लामो जीवनमा मैले एउटा पनि तारा गुमाइनँ,  मेरो खल्ती अन्तिम समयसम्म प्रकृतिका यी मनोहारी गुच्चाले भरीपूर्ण रह्यो।

भारतको मध्य प्रदेश राज्यको झाबुआ जिल्लामा जन्मिएका सुशोभित (sushobhitsaktawat@gmail.com) हिंदी भाषाका लोकप्रिय लेखक हुन्।  अँग्रेजी साहित्यमा स्नातकोत्तर गरेका उनका काव्यविधामा ‘मैं बनूंगा गुलमोहर’, ‘मलयगिरि का प्रेत’,‘दु:ख की दैनन्दिनी’ र  ‘धूप का पंख’ का साथै गद्य विधामा  ‘माया का मालकौंस’,'माउथ ऑर्गन’,‘सुनो बकुल',‘गाँधी की सुंदरता’, र ‘बायस्कोप’  नामक पुस्तक प्रकाशित छन्।  स्वतंत्र लेखनका साथै उनी अनुवादमा पनि रूचि राख्छन्।  लोकप्रिय उपन्यासकार चेतन भगतका ६ वटा पुस्तकको हिन्दी अनुवाद उनले नै गरेका हुन्। वर्तमानमा उनी भोपालबाट प्रकाशित हुने भास्कर ग्रुपको मासिक पत्रिका 'अहा जिंदगी' का सहायक संपादक हुन्।

लेखकको स्वीकृतिमा सुशोभितको यस लेखको नेपालीमा अनुवाद/पुनर्लेखन ज्ञानमित्रले गरेका हुन्। 

Title Photo:https://cdn.mos.cms.futurecdn.net/

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.