केन्द्रीय संस्करण

कविता : प्रहसन

person explore access_timeपुस २८, २०७७ chat_bubble_outline0

 

 

 

–    प्रकाशकुमार सिग्देल 

बिहानको चिसो 
सिरेटोको स्पर्शसँगै
शीतको तप्प–तप्पचुहाईले 
भिजेका मेरा आँखा
खुल्न गाह्रो मानिरहे
बल गरेरै भएपनि खोलें
स्वर्गको टुक्रामा
उषा–किरणले रङ्ग भर्दै थिइन्
आफ्नै घरको छानोतिर 
नजर डुलाउँदै थिएँ म 
नियतिले मेरो सानो
खरको छानो उधिनेर
यो अनन्तछानो 
दिएको थियो मलाई
यसमै खुसीथिएँ म
यहि सस्तो खुसीमापनि
कस्को नजर लाग्यो कुन्नि?
एउटा जेट (देश)डगमगाएको देखें
हल्काधुवाँले घेरेको 
मुस्लो निस्कदै थियो बिचबाट
ऊ व्यस्तथियो म सँगको 
दुरी कम गराउन
भक्कानो छुट्यो,
तर अड्कियो घाँटीमै 
म सकिन कराउन
आफू बचुँ या त्यसलाई बचाउँ
विकल्प शुन्य भएँ म 
दुख्न थाल्यो मुटुको घाउ
मनले बाँच्ने बचाउने आँट दिएन
किनकी दुई हत्केलाबाहेक
म सँग अरु केही थिएन
भागु कहाँ भागु 
छिमेकीले आफ्नो जग्गामा
पाइलो टेक्न दिन्न
छिमेकी हाँस्दै थियो
मेरो मन भयो खिन्न
किनकी मेरो चिता
उसको लागि ठण्डि यामको 
रापबन्ने निश्चितथियो 
मेरो आवाज सुनिदिने 
कोहि थिएनन् ।
सुनाउने धेरै थिए
त्यसमध्ये आडैको रेडियोको 
कान निमोठी दिएँ
पहिले समाचार आउने
बेलामा अहिले 
प्रहसन सुन्नपाएँ मैले 
हाँस्न मन थियो 
आकाशै मै माथिझरे पनि
अन्ननपाएर डाम्रिएको पेटसँगै 
किनखुल्थ्यो ओंठमाहाँसो 
जति नैं बल गरे पनि

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.