केन्द्रीय संस्करण

आर्सनल छाडेर कहाँ जालान् ओजिल ?

person explore access_timeपुस २८, २०७७ chat_bubble_outline0

एजेन्सी । आर्सनल छाडेपनि फुटबलबाट सन्यास लिने कुनै मनसाय नरहेको मेसूट ओजिलले जनाएका छन् । जर्मन स्टार ओजिलले गत मार्चदेखि आर्सनलबाट खेल्न पाएका छैनन् । आफु फिट रहेको र छनोटका लागि उपलब्ध रहेको बताइरहे पनि उनलाई प्रशिक्षक मिकेल अर्टेटाले टोलीका राखेका छैनन् । 

त्यसैले ओजिलले कहिले आर्सनल छाड्छन् भन्ने प्रश्न अहिले पेचिलो बनेको छ । उनले यहि महिना वा सिजनको अन्त्यमा क्लब छाड्नसक्ने अनुमान गरिएको छ । यस्तोमा क्लब छाडेपनि सक्रिय फुटबल जीवनबाट सन्यास नलिने ओजिलले बताएका छन् । 

सन्यास लिनुअघि टर्की वा अमेरिकामध्ये एक देशबाट फुटबल खेल्न चाहेको उनले बताएका छन् । त्यस्तै टर्कीमा फेनरवाचेबाहेक अन्य क्लबबाट खेल्न नसक्ने पनि उनले बताएका छन् ।  यसअघि फेनरवाचेले ओजिललाई भित्र्याउने पक्का भइसकेको र जनवरीमा उनको सरुवा हुने दाबीसहितका समाचार पनि सार्वजनिक भएका थिए ।

यद्यपि, यसबारे केही पुष्टि भइसकेको भने छैन ।  तर ओजिलले फेनरवेचप्रति पटक–पटक सम्मान भने दर्शाउँदै आएका छन् । ‘म जर्मनीमा हुर्कदैं गर्दा फेचरवेचको फ्यान भएर हुर्किएँ । टर्किस मुलका जर्मनहरु जर्मनीमा हुँर्कदै गर्दा टर्किस् टिमकै समर्थन गर्छन् र मैले फेनरवेचको गरें’ केही समयअघि ओजिलले भनेका थिए, ‘स्पेनमा रियल म्याड्रिडजस्तै फेनरवेच टर्कीको सबैभन्दा ठूलो क्लब हो ।’

३२ वर्षीय ओजिलले साल्के फोरबाट करियर सूरु गरेका थिए । सन् २००८ मा ब्रेडर ब्रेमनमा आबद्ध भएपछि उनको करियरले नयाँ उचाई लियो । यी युवा मिडफिल्डरले तत्कालिन समय ७१ खेलमा १३ गोल गरेका थिए । सन् २०१० को विश्वकपमा जर्मनीलाई सेमिफाइनलसम्म पुुर्याउन उनको भूमिका महत्वपूूर्ण रह्यो । यसपछि रियल म्याड्रिडले उनलाई आबद्ध गर्यो ।

तीन वर्ष रियलमा बिताउने क्रममा १ सय ५ खेलमा १९ गोल गरेका ओजिल आर्सनल आएपछि थप उत्कृष्ट देखिए । उनले आर्सनलबाट १ सय ८४ खेल खेल्दै ३३ गोल गरेका छन् ।  जर्मनीका लागि ९२ खेलमा २३ गोल गरेका ओजिल सन् २०१४ को विश्वकप विजेता टोलीका सदस्य हुन् ।  
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.